काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नेपाली कांग्रेसको तेस्रो धारले दियो आफ्नो शक्ति कमजोर नभएको सन्देश, नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा अबको महाधिवेशनमा अघि बढ्ने समूहको प्रतिबद्धता।
२) कोरोना भाइरसको आशंकामा ६ सहरबाट पठाइएका ११ जनाकै रिपोर्ट नेगेटिभ, कोरोना आशंकामा परीक्षण गरिएको नमुनाको संख्या ४ सय ७८ पुग्यो ।
३) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका जयलाल र उनकी श्रीमती धनादेवीको हत्या छोराबाटै भएको खुलासा, हेडफोनले खोल्यो रहस्य, हत्याराले लुगासमेत जलाएको पुष्टि ।
४) कोरोना भाइरसका कारण विभिन्न खेल कार्यक्रम स्थगित हुने क्रम जारी, पाकिस्तान र बंगलादेशबीचको टेष्ट र एकदिवसीय सिरिज पनि रोकियो ।
५) र, कोरोना भाइरस संक्रमणबाट युरोपेली मुलुक इटाली, स्पेन र फ्रान्समा एकैदिन उच्च मृत्यु रेकर्ड, इटालीमा एकैदिन ३ सय ६८ जनाको मृत्यु, कोरोनाको भ्याक्सिन परीक्षण सुरु ।