• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

गौमुखीमा फर्किएको आशा

64x64
नेपाल लाइभ शनिबार, वैशाख २८, २०७६  १२:४५
1140x725

प्युठान- न गर्मी न जाडो। पहाडी भूभाग। चारैतिर हरियाली। पूर्वी रुकुममा सिस्ने हिमाल, रोल्पाको जलजला। अर्घाखाँचीको सुपादेउराली अनि गुल्मीको रिडी र रेसुंगा। काखमा धारापानी मन्दिर र ठूलो दाङ उपत्यका। 

यिनै पर्यटकीय गन्तव्यलाई काखी चाप्दै शिरमा स्वर्गद्वारीलाई राखेर प्युठानले आफ्नो चिनारी दिइरहेको छ।

झिमरुक र राप्ती नदी बाह्रै महिना कलकलाउँदै बगिरइरहन्छन्। झिमरुकको समथर भूमि साँच्चिकै लोभलाग्दो छ। अग्ला पहाडी शृंखला, सयौं मठमन्दिर, दह पोखरी र प्राकृतिक गुफाहरु रहेको प्युठानमा बाइसी चौबिसे राज्यका दरबारसमेत  छन्। 

बहुआयामले समृद्ध  यस क्षेत्रमा पर्यटकीय सर्किटको विकास गर्न सकिने पर्यटन सम्बद्ध सरोकारवाला बताँउछन्। पर्यापर्यटन र धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य मानिने लुम्बिनी–स्वर्गद्वारी तथा रेसुंगा–गौमुखी र मुक्तिनाथ समेतलाई समेटेर सर्किटको रुपमा विकास गर्न सके देशकै अब्बल गन्तव्य बनाउन सकिने उनीहरुको मत छ। पर्यटनमैत्री पूर्वाधार र दिगो प्रवर्द्धनको योजना बन्न सके यसलाई नयाँ गन्तव्यको रुपमा विश्व बजारसम्म पुराउन सकिने उनीहरुको भनाइ छ। 'पर्यटनका हिसाबले प्युठान समृद्ध भए पनि लगानी अभावले  फस्टाउन सकेन,' नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष महावीर राना भन्छन्, 'जिल्लाको आर्थिक समृद्धिका लागि कृषि, ऊर्जा र पर्यटनमा लगानी बढाएर लाभ लिनका लागि राज्यसँगै निजी क्षेत्र र स्थानीय सरकारले योजना बनाउनुपर्छ।'

मिडिया सम्मेलनको आशा
२०७६ को सुरुमै गौमुखीको अर्खा ठूलाचौरमा आयोजित ‘गौमुखी मिडिया सम्मेलन’मा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेय, स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकाय, गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरी र रेसुंगा नगरपालिकाका उपमेयर सीता भण्डारीले एक–अर्को केन्द्रलाई जोड्दै विकास र प्रवर्द्धन गर्ने सामूहिक प्रतिबद्धता जनाए। सोही अनुसार काम गर्न सकियो भने अब तराई–पहाड जोडेर नयाँ पर्यटकीय सर्किट बन्नेछ, जुन हिमालसम्म पुग्नेछ। यसले भविष्यमा कोइलाबास–कोरला त्रिदेशीय मार्ग व्यवस्थित भइसक्दा लुम्बिनी–स्वर्गद्वारी एवं रेसुंगा–गौमुखी हुँदै पर्यटकहरूलाई हिन्दु र बौद्ध धर्मावलम्बीको साझा र पवित्र तीर्थस्थल मुक्तिनाथसम्मको यात्रा तय गर्नेछ। 

यसका लागि अर्खामा सुविधासम्पन्न गुम्बा र ध्यानकेन्द्र निर्माण गरी भिक्षुहरूको यात्रा र बसाइलाई सहज बनाउनुपर्छ। विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, कपिल ऋषिको तपोभुमि कपिलवस्तु, श्रृंग ऋषिको तपोभुमि श्रृंगा, पाणिनी ऋषिको तपोभूमि पाणिनी, स्वामी शशिधरको जन्मभूमि–बामरुख (हंसपुर) र तपोभूमि रेसुंगा, बालतपस्वी महाप्रभुको जन्मस्थल रुम्टी र तपोस्थल स्वर्गद्वारी एवं सच्चिदानन्द गिरीको तपोस्थल सखी, रोल्पा जस्ता विभिन्न स्थलहरु प्रदेश नं ५ मा अवस्थित छन्। 

विशेषतः कालीगण्डकी नदी र रिडीमा प्रसिद्ध शालिग्रामको उपलब्धता समेतलाई बजारीकरण गर्न सकिन्छ। श्वामी, सन्त, महन्त, तपस्वी, ऋषि र महापुरुषहरुको जन्मस्थल यस भूमिलाई विकास गर्न खासै ध्यान दिइएको छैन। सुस्ता त्रिवेणीदेखि गौमुखी, ऐरावती–प्युठान, जुँगे महादेव–बागेश्वरी, नेपालगन्ज र ठाकुरद्वारा, बर्दियासम्मका यस्ता कैयौं गन्तव्यलाई पवित्र धार्मिक–सांस्कृतिक सर्किटअन्तर्गत जोडेर विकास, प्रवर्द्धन र बजारीकरण गर्नु जरुरी छ। 

Ncell 2
Ncell 2
nimb
nimb

जगदीशपुर ताल–कपिलवस्तु, सुनछहारी झरना र थवाङ–रोल्पा, नारीकोट–प्युठान अरु कैयौं यस्ता संघर्षभूमि, अनि बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा ढोरपाटन सिकार आरक्षको महत्वपूर्ण हिस्सा ओगटेको यस प्रदेशलाई दिगो पर्यापर्यटकीय पूर्वाधार विकास गरेर अघि बढाउन सकिने पर्यटन विज्ञ सूर्य थापाले कार्यपत्रमा खाका नै प्रस्तुत गरेका छन्। यसका लागि सरकारले व्यापक र दीर्घकालीन गुरुयोजना तयार गर्नुपर्ने उनी बताउँछन्।

स्वर्गद्वारी
प्युठानको महत्व स्वर्गद्वारीले बताउँछ। यसको चर्चा नेपालमा भन्दा भारतमा बढी छ। 

पाँच पाण्डवहरु प्युठानको स्वर्गद्वारी हुँदै स्वर्ग गएको जनविश्वासका आधारमा त्यसलाई स्वर्गद्वारी भन्ने गरिएको हो। यहाँ नेपालीभन्दा भारतीय धार्मिक पर्यटकहरु बढी आउँछन्। ताल, गुफा र नजिकबाट देखिने हिमाल यहाँका आकर्षण हुन्। 

Xtrem

Xtrem

बर्सेनि एक लाखभन्दा बढी भारतीय भक्तजनहरु स्वर्गद्वारी भित्रिन्छन्। स्वर्गद्वारी आश्रम महाप्रभुसँग जोडिएको छ। महाप्रभु अर्थात् रोल्पा रुन्टीका हंशानन्द गिरी। जसले विश्व कल्याणका लागि भन्दै अखण्ड धुनी सुरु गरेको स्थल हो स्वर्गद्वारी। १९५२ मा सुरु भएको त्यो अखण्ड धुनीको आगो अहिलेसम्म बलिरहेको विश्वास स्वर्गद्वारीसँग छ।

अग्निकुण्ड यहाँको मुख्य विशेषता हो। महाप्रभुले सुरु गरेको त्यो अखण्ड धुनीको आगोको दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास छ। 

स्वर्गद्वारीको अर्को विशेषता गाईपालन। यही आश्रममा संस्कृत शिक्षालय छ जहाँ देशका विभिन्न स्थानबाट आउने ‘बटुक’हरुलाई अध्यापन गराइन्छ। 

स्वर्गद्वारी आउने हिन्दुहरु र लुम्बिनी आउने बौद्धमार्गीलाई सडक र हवाई यातायातमार्फत मुक्तिनाथ पुग्न, दर्शन गर्न, खानबस्न र यातायातको सहज एवं व्यवस्थित प्रबन्ध मिलाउने हो भने यो विशेष सांस्कृतिक र धार्मिक आकर्षणको गन्तव्य हुन सक्छ।

गौमुखी
प्युठान जाँदा घुम्न बिर्सनै नहुने ठाउँ हो गौमुखी। सरकारले प्रस्ताव गर्न लागेको ‘मदाने–पञ्चासे संरक्षण क्षेत्रअन्तर्गत गौमुखी पर्दछ झिमरुक नदीको उद्गमस्थल गौमुखीमा माघ १ मा नुहाउन ठूलो मेला लाग्ने गर्छ। 

गौमुखी क्षेत्र प्राकृतिक सौन्दर्यले धनी छ। करिब डेढ सय वर्षअघि बाग्लुङ, निसीका तगारा बुढामगर (निसेल) ले भैंसी चराउँदा गौमुखीको १२ मिटर लम्बाइ, ६ फिट चौडाइ र ७ मिटर उचाइ क्षेत्रफल रहेको गुफा भेटेका थिए। त्यसलाई उनले गाईको मुखजस्तो पत्थरको आकारबाट पानी आएको दृश्यको आधारमा गौमुखी नामाकरण गरेको भनिन्छ। त्यही गुफाबाट पानी निस्केपछि झिमरुक नदीका रूपमा प्रवाह सुरु हुन्छ। त्यसकै बाहिर सामान्य मन्दिर  छ। मन्दिरमा सन्तानको प्रगति र ऐश्वर्य वृद्धि आदि मनोकामना पूरा गर्न दूधको धार, पशुपक्षीको दाम्लो चढाउने र परेवा उडाउने गरिन्छ। 

ओखरकोटको सूर्योदय, टापुबाट देखिने हिमशृंखलाको अवलोकन, मगर समुदायको सांस्कृतिक जीवनशैली र जीवन कलाले पाहुनाहरुलाई सजिलै आकर्षित गर्छन्। ओखरकोटको रक गार्डेन, ऐतिहासिक कोटघर, झिमरुक आसपासका साना खोचबेँसी, बाढीकोटको गढीकोट, पूजाको तामाखानी, लिवाङको स्नाथान, दियाल्नाचौर, तुसाराकोट, खुंका गुफाहरु रजवाराको मगर संस्कृति, बांगेमरोठको कौछेको राजनीतिक स्थानको महत्व उस्तै छ। 

गौमुखी रुट
गौमुखी मगर समुदायहरुको थातथलो हो। स्थानीय कला संस्कृति र खानपानमा रमाउँदै अध्यन अवलोलन गर्ने रुचाउनेहरु यहाँ पुग्छन्।

प्युठानको बाग्दुलाबाट ४० किमि, अर्घाखाँचीको सन्धिखर्कबाट ५२ किमि दुरीमा गौमुखी छ। गुल्मीको तम्घासबाट पनि यहाँ पुग्न सकिन्छ। अहिले अर्खा, अर्तुवाङबाट गाडीमा ठूलाचौर र पैदल हिँडेर गौमुखी पुग्न सकिन्छ। बाग्दुला–ठूलाबेंसी–भीमगिठे ७२ किमि त्रिदेशीय सडक निर्माण पूरा गरी यसलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ। काठमाडौंबाट दाङको भालुवाङ हुँदै प्युठानको बाग्दुला ठूलाबेँसी पुगिन्छ। यहाँबाट करिब ४० किलोमिटर दुरीको गाडीको यात्रापछि अर्खाको ठूलाचौर पुग्न सकिन्छ। ठूलाचौरबाट झन्डै पौने एक घन्टा पैदल यात्रापछि गौमुखी मन्दिर।

प्युठानको स्वर्गद्वारी दर्शन गरेर पनि गौमुखी पुग्न सकिन्छ। ढाँडबाट इस्नाथान, मुर्चुललेक र लाँलीगुरास रंगशाला हेरेर दहीहाल्नाबाट डाँडैडाँड हिमाल हेर्दै पूजा–डाडाँकटेरी हुँदै दलित होमस्टे बाग्लिबाङ पुगिन्छ। पूजा तामाखानी हुँदै रजबारा कालेपुनको घाँटी, झाँक्री ढुंगा तिखाचुली लेकको भेडीगोठसम्मको पदमार्गबाट गौमुखी पुग्न सकिन्छ। अर्खा ठूलाचौर मगर होमस्टेमा बास बसेपछि एक साताको प्याकेजमा यो पदमार्गमा यात्रा पूरा गर्न सकिने रतिमान राना बताउँछन्।

ऐरावती
प्युठान र अर्घाखाँचीको सिमानामा पर्ने ऐरावती धार्मीक पर्यटकीयस्थल हो। अमरेश्वर महादेवको मन्दिर ऐतिहासिक हो। यहाँ सतीदेवीको अंग पतन भएको मानिन्छ। 

झिमरुक र माडी नदी मिसिएको ऐरावतीको दोभानमा स्नान गर्नाले पुण्य कमाइने बैकुण्ठ धाम जान सकिने जनविश्वास छ। हिन्दुहरुको धार्मिक ग्रन्थ अनुसार सत्य युगमा इन्द्र ऐरावत नामको हात्तीमा चढेर झिमरुक र माडीको संगम स्थलमा आएकोले त्यस ठाउँको नाम ऐरावती राखिएको विश्वास छ। ऐरावती पर्यटकका लागि जैविक विविधता अध्ययनको गन्तव्य बनेको छ। 

भालुवाङ–प्युठान सडक खण्डको २४ किमिमा पर्ने बडडाँडादेखि ऐरावती करिब १८ किलोमिटरको दुरीमा पर्दछ। बडडाँडादेखि जिपमा १ घन्टाको यात्रामा ऐरावती पुग्न सकिन्छ। भालुवाङ–प्युठान सडकको १२ किमिमा पर्ने दर्भानबाट बागेंसाल –लामाताल–कालीवन हुँदै झिलिवाङसम्म मोटरमा र त्यहाँबाट करिब २ घन्टाको पैदल यात्रामा ऐरावती पुगिन्छ। 

हिजोआज अर्घाखाँची र प्युठान पनि सडक सञ्जाल जोडिएकाले बुटवल तीरबाट सुपादेउराली दर्शन गर्न जाने धार्मिक पर्यटकहरु मोटरबाटै ऐरावती पुग्न सक्छन्।

प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६  १२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासमा कांग्रेस, नेपाली कांग्रेस : एउटा आह्वानबाट बनेको पार्टी
भाडाको कार्यालय छाडेर आफ्नै भवन खोज्दै रास्वपा
देशका अधिकांश भू–भागमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
इतिहासमा कांग्रेस, नेपाली कांग्रेस : एउटा आह्वानबाट बनेको पार्टी आइतबार, असोज १८, २०८३
भाडाको कार्यालय छाडेर आफ्नै भवन खोज्दै रास्वपा आइतबार, असोज १८, २०८३
देशका अधिकांश भू–भागमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना आइतबार, असोज १८, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर आइतबार, असोज १८, २०८३
रास्वपाले देशभर ‘हामी आउँदै छौँ’ अभियान चलाउने शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्