• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

गौमुखीमा फर्किएको आशा

64x64
नेपाल लाइभ शनिबार, वैशाख २८, २०७६  १२:४५
1140x725

प्युठान- न गर्मी न जाडो। पहाडी भूभाग। चारैतिर हरियाली। पूर्वी रुकुममा सिस्ने हिमाल, रोल्पाको जलजला। अर्घाखाँचीको सुपादेउराली अनि गुल्मीको रिडी र रेसुंगा। काखमा धारापानी मन्दिर र ठूलो दाङ उपत्यका। 

यिनै पर्यटकीय गन्तव्यलाई काखी चाप्दै शिरमा स्वर्गद्वारीलाई राखेर प्युठानले आफ्नो चिनारी दिइरहेको छ।

झिमरुक र राप्ती नदी बाह्रै महिना कलकलाउँदै बगिरइरहन्छन्। झिमरुकको समथर भूमि साँच्चिकै लोभलाग्दो छ। अग्ला पहाडी शृंखला, सयौं मठमन्दिर, दह पोखरी र प्राकृतिक गुफाहरु रहेको प्युठानमा बाइसी चौबिसे राज्यका दरबारसमेत  छन्। 

बहुआयामले समृद्ध  यस क्षेत्रमा पर्यटकीय सर्किटको विकास गर्न सकिने पर्यटन सम्बद्ध सरोकारवाला बताँउछन्। पर्यापर्यटन र धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य मानिने लुम्बिनी–स्वर्गद्वारी तथा रेसुंगा–गौमुखी र मुक्तिनाथ समेतलाई समेटेर सर्किटको रुपमा विकास गर्न सके देशकै अब्बल गन्तव्य बनाउन सकिने उनीहरुको मत छ। पर्यटनमैत्री पूर्वाधार र दिगो प्रवर्द्धनको योजना बन्न सके यसलाई नयाँ गन्तव्यको रुपमा विश्व बजारसम्म पुराउन सकिने उनीहरुको भनाइ छ। 'पर्यटनका हिसाबले प्युठान समृद्ध भए पनि लगानी अभावले  फस्टाउन सकेन,' नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष महावीर राना भन्छन्, 'जिल्लाको आर्थिक समृद्धिका लागि कृषि, ऊर्जा र पर्यटनमा लगानी बढाएर लाभ लिनका लागि राज्यसँगै निजी क्षेत्र र स्थानीय सरकारले योजना बनाउनुपर्छ।'

मिडिया सम्मेलनको आशा
२०७६ को सुरुमै गौमुखीको अर्खा ठूलाचौरमा आयोजित ‘गौमुखी मिडिया सम्मेलन’मा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेय, स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकाय, गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरी र रेसुंगा नगरपालिकाका उपमेयर सीता भण्डारीले एक–अर्को केन्द्रलाई जोड्दै विकास र प्रवर्द्धन गर्ने सामूहिक प्रतिबद्धता जनाए। सोही अनुसार काम गर्न सकियो भने अब तराई–पहाड जोडेर नयाँ पर्यटकीय सर्किट बन्नेछ, जुन हिमालसम्म पुग्नेछ। यसले भविष्यमा कोइलाबास–कोरला त्रिदेशीय मार्ग व्यवस्थित भइसक्दा लुम्बिनी–स्वर्गद्वारी एवं रेसुंगा–गौमुखी हुँदै पर्यटकहरूलाई हिन्दु र बौद्ध धर्मावलम्बीको साझा र पवित्र तीर्थस्थल मुक्तिनाथसम्मको यात्रा तय गर्नेछ। 

यसका लागि अर्खामा सुविधासम्पन्न गुम्बा र ध्यानकेन्द्र निर्माण गरी भिक्षुहरूको यात्रा र बसाइलाई सहज बनाउनुपर्छ। विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, कपिल ऋषिको तपोभुमि कपिलवस्तु, श्रृंग ऋषिको तपोभुमि श्रृंगा, पाणिनी ऋषिको तपोभूमि पाणिनी, स्वामी शशिधरको जन्मभूमि–बामरुख (हंसपुर) र तपोभूमि रेसुंगा, बालतपस्वी महाप्रभुको जन्मस्थल रुम्टी र तपोस्थल स्वर्गद्वारी एवं सच्चिदानन्द गिरीको तपोस्थल सखी, रोल्पा जस्ता विभिन्न स्थलहरु प्रदेश नं ५ मा अवस्थित छन्। 

विशेषतः कालीगण्डकी नदी र रिडीमा प्रसिद्ध शालिग्रामको उपलब्धता समेतलाई बजारीकरण गर्न सकिन्छ। श्वामी, सन्त, महन्त, तपस्वी, ऋषि र महापुरुषहरुको जन्मस्थल यस भूमिलाई विकास गर्न खासै ध्यान दिइएको छैन। सुस्ता त्रिवेणीदेखि गौमुखी, ऐरावती–प्युठान, जुँगे महादेव–बागेश्वरी, नेपालगन्ज र ठाकुरद्वारा, बर्दियासम्मका यस्ता कैयौं गन्तव्यलाई पवित्र धार्मिक–सांस्कृतिक सर्किटअन्तर्गत जोडेर विकास, प्रवर्द्धन र बजारीकरण गर्नु जरुरी छ। 

Ncell 2
Ncell 2

जगदीशपुर ताल–कपिलवस्तु, सुनछहारी झरना र थवाङ–रोल्पा, नारीकोट–प्युठान अरु कैयौं यस्ता संघर्षभूमि, अनि बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा ढोरपाटन सिकार आरक्षको महत्वपूर्ण हिस्सा ओगटेको यस प्रदेशलाई दिगो पर्यापर्यटकीय पूर्वाधार विकास गरेर अघि बढाउन सकिने पर्यटन विज्ञ सूर्य थापाले कार्यपत्रमा खाका नै प्रस्तुत गरेका छन्। यसका लागि सरकारले व्यापक र दीर्घकालीन गुरुयोजना तयार गर्नुपर्ने उनी बताउँछन्।

स्वर्गद्वारी
प्युठानको महत्व स्वर्गद्वारीले बताउँछ। यसको चर्चा नेपालमा भन्दा भारतमा बढी छ। 

पाँच पाण्डवहरु प्युठानको स्वर्गद्वारी हुँदै स्वर्ग गएको जनविश्वासका आधारमा त्यसलाई स्वर्गद्वारी भन्ने गरिएको हो। यहाँ नेपालीभन्दा भारतीय धार्मिक पर्यटकहरु बढी आउँछन्। ताल, गुफा र नजिकबाट देखिने हिमाल यहाँका आकर्षण हुन्। 

बर्सेनि एक लाखभन्दा बढी भारतीय भक्तजनहरु स्वर्गद्वारी भित्रिन्छन्। स्वर्गद्वारी आश्रम महाप्रभुसँग जोडिएको छ। महाप्रभु अर्थात् रोल्पा रुन्टीका हंशानन्द गिरी। जसले विश्व कल्याणका लागि भन्दै अखण्ड धुनी सुरु गरेको स्थल हो स्वर्गद्वारी। १९५२ मा सुरु भएको त्यो अखण्ड धुनीको आगो अहिलेसम्म बलिरहेको विश्वास स्वर्गद्वारीसँग छ।

अग्निकुण्ड यहाँको मुख्य विशेषता हो। महाप्रभुले सुरु गरेको त्यो अखण्ड धुनीको आगोको दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास छ। 

स्वर्गद्वारीको अर्को विशेषता गाईपालन। यही आश्रममा संस्कृत शिक्षालय छ जहाँ देशका विभिन्न स्थानबाट आउने ‘बटुक’हरुलाई अध्यापन गराइन्छ। 

स्वर्गद्वारी आउने हिन्दुहरु र लुम्बिनी आउने बौद्धमार्गीलाई सडक र हवाई यातायातमार्फत मुक्तिनाथ पुग्न, दर्शन गर्न, खानबस्न र यातायातको सहज एवं व्यवस्थित प्रबन्ध मिलाउने हो भने यो विशेष सांस्कृतिक र धार्मिक आकर्षणको गन्तव्य हुन सक्छ।

गौमुखी
प्युठान जाँदा घुम्न बिर्सनै नहुने ठाउँ हो गौमुखी। सरकारले प्रस्ताव गर्न लागेको ‘मदाने–पञ्चासे संरक्षण क्षेत्रअन्तर्गत गौमुखी पर्दछ झिमरुक नदीको उद्गमस्थल गौमुखीमा माघ १ मा नुहाउन ठूलो मेला लाग्ने गर्छ। 

गौमुखी क्षेत्र प्राकृतिक सौन्दर्यले धनी छ। करिब डेढ सय वर्षअघि बाग्लुङ, निसीका तगारा बुढामगर (निसेल) ले भैंसी चराउँदा गौमुखीको १२ मिटर लम्बाइ, ६ फिट चौडाइ र ७ मिटर उचाइ क्षेत्रफल रहेको गुफा भेटेका थिए। त्यसलाई उनले गाईको मुखजस्तो पत्थरको आकारबाट पानी आएको दृश्यको आधारमा गौमुखी नामाकरण गरेको भनिन्छ। त्यही गुफाबाट पानी निस्केपछि झिमरुक नदीका रूपमा प्रवाह सुरु हुन्छ। त्यसकै बाहिर सामान्य मन्दिर  छ। मन्दिरमा सन्तानको प्रगति र ऐश्वर्य वृद्धि आदि मनोकामना पूरा गर्न दूधको धार, पशुपक्षीको दाम्लो चढाउने र परेवा उडाउने गरिन्छ। 

ओखरकोटको सूर्योदय, टापुबाट देखिने हिमशृंखलाको अवलोकन, मगर समुदायको सांस्कृतिक जीवनशैली र जीवन कलाले पाहुनाहरुलाई सजिलै आकर्षित गर्छन्। ओखरकोटको रक गार्डेन, ऐतिहासिक कोटघर, झिमरुक आसपासका साना खोचबेँसी, बाढीकोटको गढीकोट, पूजाको तामाखानी, लिवाङको स्नाथान, दियाल्नाचौर, तुसाराकोट, खुंका गुफाहरु रजवाराको मगर संस्कृति, बांगेमरोठको कौछेको राजनीतिक स्थानको महत्व उस्तै छ। 

गौमुखी रुट
गौमुखी मगर समुदायहरुको थातथलो हो। स्थानीय कला संस्कृति र खानपानमा रमाउँदै अध्यन अवलोलन गर्ने रुचाउनेहरु यहाँ पुग्छन्।

प्युठानको बाग्दुलाबाट ४० किमि, अर्घाखाँचीको सन्धिखर्कबाट ५२ किमि दुरीमा गौमुखी छ। गुल्मीको तम्घासबाट पनि यहाँ पुग्न सकिन्छ। अहिले अर्खा, अर्तुवाङबाट गाडीमा ठूलाचौर र पैदल हिँडेर गौमुखी पुग्न सकिन्छ। बाग्दुला–ठूलाबेंसी–भीमगिठे ७२ किमि त्रिदेशीय सडक निर्माण पूरा गरी यसलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ। काठमाडौंबाट दाङको भालुवाङ हुँदै प्युठानको बाग्दुला ठूलाबेँसी पुगिन्छ। यहाँबाट करिब ४० किलोमिटर दुरीको गाडीको यात्रापछि अर्खाको ठूलाचौर पुग्न सकिन्छ। ठूलाचौरबाट झन्डै पौने एक घन्टा पैदल यात्रापछि गौमुखी मन्दिर।

प्युठानको स्वर्गद्वारी दर्शन गरेर पनि गौमुखी पुग्न सकिन्छ। ढाँडबाट इस्नाथान, मुर्चुललेक र लाँलीगुरास रंगशाला हेरेर दहीहाल्नाबाट डाँडैडाँड हिमाल हेर्दै पूजा–डाडाँकटेरी हुँदै दलित होमस्टे बाग्लिबाङ पुगिन्छ। पूजा तामाखानी हुँदै रजबारा कालेपुनको घाँटी, झाँक्री ढुंगा तिखाचुली लेकको भेडीगोठसम्मको पदमार्गबाट गौमुखी पुग्न सकिन्छ। अर्खा ठूलाचौर मगर होमस्टेमा बास बसेपछि एक साताको प्याकेजमा यो पदमार्गमा यात्रा पूरा गर्न सकिने रतिमान राना बताउँछन्।

ऐरावती
प्युठान र अर्घाखाँचीको सिमानामा पर्ने ऐरावती धार्मीक पर्यटकीयस्थल हो। अमरेश्वर महादेवको मन्दिर ऐतिहासिक हो। यहाँ सतीदेवीको अंग पतन भएको मानिन्छ। 

झिमरुक र माडी नदी मिसिएको ऐरावतीको दोभानमा स्नान गर्नाले पुण्य कमाइने बैकुण्ठ धाम जान सकिने जनविश्वास छ। हिन्दुहरुको धार्मिक ग्रन्थ अनुसार सत्य युगमा इन्द्र ऐरावत नामको हात्तीमा चढेर झिमरुक र माडीको संगम स्थलमा आएकोले त्यस ठाउँको नाम ऐरावती राखिएको विश्वास छ। ऐरावती पर्यटकका लागि जैविक विविधता अध्ययनको गन्तव्य बनेको छ। 

भालुवाङ–प्युठान सडक खण्डको २४ किमिमा पर्ने बडडाँडादेखि ऐरावती करिब १८ किलोमिटरको दुरीमा पर्दछ। बडडाँडादेखि जिपमा १ घन्टाको यात्रामा ऐरावती पुग्न सकिन्छ। भालुवाङ–प्युठान सडकको १२ किमिमा पर्ने दर्भानबाट बागेंसाल –लामाताल–कालीवन हुँदै झिलिवाङसम्म मोटरमा र त्यहाँबाट करिब २ घन्टाको पैदल यात्रामा ऐरावती पुगिन्छ। 

हिजोआज अर्घाखाँची र प्युठान पनि सडक सञ्जाल जोडिएकाले बुटवल तीरबाट सुपादेउराली दर्शन गर्न जाने धार्मिक पर्यटकहरु मोटरबाटै ऐरावती पुग्न सक्छन्।

प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६  १२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ सोमबार, माघ १२, २०८२
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन सोमबार, माघ १२, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
पूर्वराजा साहले गरे जानकी मन्दिरमा पूजा-अर्चना सोमबार, माघ १२, २०८२
४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने सरकारको निर्णय सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्