काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रामकृष्ण ताम्राकारको निधन भएको छ। मंगलबार उनको राजधानीको अल्का अस्पतालमा निधन भएको हो।
रगत सम्बन्धी रोगबाट पीडित उनलाई थप समस्या भएपछि केही दिनअघि अस्पताल भर्ना भएको र उनको मंगलबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ।
उनको उपचारमा चिकित्सक डा विशेष पौडेललगायतको टिम खटिएको थियो।
नेपाली कांग्रेस केन्द्रीय समितिको पूर्व कोषाध्यक्षसमेत रहेका ताम्राकार संविधानसभाको दोस्रो निर्वाचनमा तत्कालीन रुपन्देही-२ बाट चुनाव लडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।