• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

ग्रेस अंक निरुत्साहित गर्दै सामुदायिक विद्यालय

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १०, २०७६  १५:२३
1140x725

रोल्पा- बैसाख २ गतेदेखि देशव्यापी भर्ना अभियान सुरु भएको छ। विद्यार्थीहरु भर्नासँगै नयाँ कक्षा प्रवेशको तयारीमा छन्। बाबुआमा राम्रा विद्यालय खोजीमा भौंतारिइरहेका बेला रोल्पाको एक विद्यालयका विद्यार्थी भने पुरक परीक्षामा व्यस्त देखिएका छन्। 

जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण माविका विद्यार्थीले पुरक परीक्षा दिएका हुन्। एसइई तथा उच्च शिक्षामा पुरक परीक्षा दिने प्रचलन भए पनि नर्सरीदेखि कक्षा ९ सम्म पुरक परीक्षाको व्यवस्था नौलो हो। खस्कँदो शैक्षिक सुधारका लागि भन्दै सामुदायको अग्रसरतामा जिल्लामा सामुदायिक विद्यालयले पहिलो पटक यस्तो प्रयासको थालनी गरेको हो। जिल्लाको जेठो विद्यालयको रुपमा रहेको सो विद्यालयले ग्रेस अंक दिएर कक्षा उत्तीर्ण गराउने परम्पराको अन्त्य गर्दै यसै वर्षबाट शिशु कक्षादेखि ९ कक्षासम्म पुरक परीक्षाको व्यवस्था गरेको हो। भारी मात्रामा ग्रेस अंक दिएर कक्षा चढाउने परम्पराले शिक्षाको गुणस्तर कायम हुन नसकेको विद्यालयको दाबी छ। 

निरन्तर मूल्यांकन, प्रयोगात्मक र वार्षिक परीक्षाको कुल अंकमा 'डी' भन्दा कम अंक ल्याउने विद्यार्थीलाई मौका परीक्षाको रुपमा पुरक परीक्षाको व्यवस्था गरेको बालकल्याण माविका प्रधानाध्यापक मधुसुदन पोख्रेलले जानकारी दिए। सबै कक्षाको अन्तिम नतिजा प्रकाशनपछि डी ग्रेडभन्दा कम ल्याउनेको अभिभावकसँग छलफल गर्दा पुरक परीक्षाको लागि एक पटक मौका दिनुपर्ने सुझाव पछि यस्तो व्यवस्था गरेको उनले बताए।

विद्यालयले अघिल्ला वर्ष ५० अंक सम्म ग्रेस दिने गरेको थियो। ५० अंक ग्रेस दिँदा अयोग्य विद्यार्थी समेत कक्षा चढ्दै जाँदा समग्र शैक्षिक सुधारमा असर गरेको विद्यालयले जनाएको छ। ग्रेस अंक दिएर कक्षा चढाउने परम्पराले विद्यार्थीमाथि नै अन्याय भएको महसुस गरी नयाँ प्रणालीको सुरुवात गरेको  प्रअ पोख्रेल बताउँछन्।

'तल्ला कक्षाको परीक्षा मूल्यांकनमा कडाइ गरे माथिल्लो तहमा समेत यसको सकारात्मक प्रभाव हुने देखियो,' विद्यालय व्यवस्थापन समितिका सदस्य जितबहादुर डाँगीले भने, 'शिक्षकको कृपाले कक्षा चढ्ने प्रवृत्ति बढ्दै जाँदा विद्यार्थीमा मेहनत गर्ने बानी घट्दै जान थालेका कारण नलेखेर पास नहुने परम्पराको सुरुवात गर्न थालेका हौं।'

तल्ला कक्षामा पनि पुरक परीक्षाको व्यवस्थाले शैक्षिक सुधारमा मद्दत पुग्ने सो विद्यालयका अभिभावक कुलबहादुर डाँगीको दाबी छ। 'भारी मात्रामा ग्रेस दिएर कक्षा चढाउने विगतको परम्पराले विद्यार्थीलाई न्याय गरेको थिएन,' डाँगीले भने, 'पुरक प्रणालीसँगै मेहनत गरे मात्रै सफल भइन्छ भन्ने मान्यता स्थापित गर्छ।'

अघिल्लो वर्ष ६ वटा विषयमा अनुत्तिर्ण आफ्नो छोरा ग्रेस अंक पाएर पास भएको एक अभिभावकले बताए। ग्रेस मार्क दिने चलनले नपढे पनि पास भइन्छ भन्ने मान्यता स्थापित गर्दा शैक्षिक अवस्था ओरालो लागको ती अभिभावकको बुझाइ छ। जिल्लामा पहिलो पटक ग्रेस मार्क दिएर पास गराउने परम्पराको अन्त्य गर्दै मौका परीक्षाको व्यवस्था गरेर विद्यालयले विद्यार्थी माथि न्याय गरेको उनी बताउँछन्।

नगर तथा गाउँपालिका स्तरीय परिक्षामा भने ९० अंक ग्रेस 
जिल्लाको सो विद्यालयले ग्रेस दिएर उत्तिर्ण गराउने परम्पराको अन्त्य गर्न लागे पनि स्थानीय तह स्तरीय परीक्षा सञ्चालन गराउँदै आएका गाउँ तथा नगर शिक्षा समितिले भने ग्रेस दिने परम्परालाई निरन्तरता दिएका छन्। जिल्ला सदमुकाममा अवस्थित रोल्पा नगरपालिकाले कक्षा ८ को परीक्षामा ६० अंक ग्रेसको प्रावधान लागू गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

 

नगरभित्रका विद्यालयबाट ७ सय ९७ सहभागी उक्त परीक्षामा अधिकांश ग्रेस मार्कको आधारमा कक्षा चढेका हुन्। थवाङ गाउँपालिकाले विद्यार्थीको मूल्यांकन गर्ने सबै जिम्मा सम्बन्धित विद्यालयलाई दियो। जसको कारण थियो विद्यालयको आवश्यकता अनुसार विद्यार्थीलाई कक्षा चढाउने काम गरोस्। जिल्लाका अन्य स्थानीय तहले समेत न्यूनतम ५० देखि अधिकतम ९० अंकसम्म ग्रेस दिएर कक्षा चढाएका छन्। 'ग्रेस नदिँदा सबै विद्यार्थी अनुत्तीर्ण हुन्छन त्यस कारण ग्रेस दिनुको विकल्प छैन,' सुनछहरी गाउँपालिकाका शिक्षा संयोजक नारायण गिरीले भने। 

जिल्लाबाट ८ हजार बढी विद्यार्थी कक्षा ८ को परीक्षामा सहभागी थिए। जसमध्ये ए प्लस ल्याउने विद्यार्थीको संख्या १ मात्र देखिएको छ। सदरमुकाममा रहेको बालकल्याण माविका १ विद्यार्थीले मात्र ए प्लस ग्रेड ल्याउन सफल भएको बताइन्छ। कक्षा ८ को परीक्षमा आफ्नो विद्यालयका एक विद्यार्थीले मात्रै ए प्लस ल्याउन सफल भएको बालकल्याण माविका प्रधानाध्यापक मधुसुदन पोख्रेलको दाबी छ। जिल्लाभरबाट १२ जना मात्र ए ग्रेडमा पास भएका छन्। 

धेरै विद्यालयको नतिजा शून्य आउने भएपछि ग्रेस मार्क थपेर कक्षा चढाउने निर्णय भएको सम्बन्धित गाउँ तथा नगर शिक्षा समितिका प्रतिनिधिहरुको भनाइ छ। 'सरकारी मात्र हैन निजी विद्यालयको समेत नतिजा अत्यासलाग्दो छ,' नगर शिक्षा समितिका सदस्य खिमवहादुर घर्तीले भने, 'नतिजा अत्यासलाग्दो देखिएसँगै अभिभावकहरुमा भने चिन्ता थपिएको छ।'

Xtrem

Xtrem

ठूलो आर्थिक व्ययभारसहित निजी विद्यालय अध्यापन गराएका अभिभावकहरुले नतिजा राम्रो नआउनुको कारण विद्यालयसँग मागिरहेका छन्। 'नजिता अन्यन्तै निराशाजनक भयो,' अभिभावक कमला रिजालले भनिन, 'अघिल्लो वर्ष शैक्षिक सुधारका ठूलठूला भाषण दिने विद्यालयले समेत शैक्षिक सुधार गर्न सकेनन्।' 

रोल्पा नगरपालिका शिक्षा शाखा प्रमुख राजेश धितालका अनुसार अघिल्लो वर्षको तुलनामा नतिजा राम्रो भए पनि सुधार गर्नुपर्ने धेरै छ। 'सबै स्थानीय तह शैक्षिक सुधारका लागि निकै संवेदनशील देखिए पनि अपेक्षाकृत सुधारको संकेत देखिएन,' धितालले भने।

कक्षा ८ को नतिजाले जिल्लाको शैक्षिक अवस्था निकै कमजोर रहेको देखाउने शिक्षा पत्रकार दिनेश सुवेदीको भनाइ छ। शैक्षिक सुधारका लागि स्थानीय सरकारहरु मन वचन र कर्मले नलाग्दासम्म भाषणले मात्रै सुधार सम्भव नहुने उनी बताउँछन्।

स्थानीय तहका शिक्षा शाखाहरु बेवारिसे वन्नु , शिक्षामा पर्यायाप्त लगानी नहुनु जस्ता कारणले जिल्लाको शैक्षिक अवस्था कमजोर बन्दै गएको जानकारहरु बताउँछन्। विद्यालय शिक्षक, कर्मचारी नियुक्ति राजनीतिक आधारमा हुनु, विद्यालय व्यवस्थापन समितिलाई राजनैतिक भर्ती केन्द्र बनाउने जस्ता कार्यले समेत जिल्लाको शैक्षिक विकास उँभो लाग्न नसकेको उनीहरुको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  १५:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्