१. सन् १९६१ मा पहिलो पटक वीर अस्पतालमा मानसिक रोगीलाई जाँच्ने बहिरंग विभाग सुरु भयो।
२. सन् १९६५ मा बेलायतबाट एकजना डाक्टर साइक्याट्री पढेर आएपछि वीर अस्पतालमा परीक्षण र उपचारका लागि छुट्टै पाँच शैय्याको विभाग सुरु भयो।
३. सन् १९७२ मा सैनिक अस्पतालमा १० शैय्याको न्युरो साइक्याट्रिक विभाग सुरु भयो।
४. सन् १९६७ मा फादर थोमस ग्याफ्नीले लागूपदार्थ दुर्व्यसनीहरुका लागि पुनर्स्थापना केन्द्र सुरु गरे।
५. सन् १९८३ र सन् १९८४ मा गैह्रसरकारी संस्थाहरुबाट लागूपदार्थको दुर्व्यसनी र सुस्त मनस्थिति भएका बच्चाहरुका लागि पुनर्स्थापना केन्द्रहरु सुरु भए भने युनाइटेड मिसन टु नेपालले सन् १९८३ मा सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रमको सुरुवात गर्यो।
६ .सन् १९८४ मा वीर अस्पतालमा भएको मानसिक वार्ड छुट्टिएर मानसिक अस्पतालको रुपमा स्थापना भयो।
७. सन् १९८५ मा ललितपुरको लगनखेलमा मानसिक अस्पताल स्थानान्तरण गरी २५ बेडको अस्पताल सुरुवात गरियो।
८. त्यसपछि ३९ बेडको र हाल ५० बेडको मानसिक अस्पताल सञ्चालनमा छ। यो नेपालको एक मात्र सरकारी मानसिक अस्पताल हो।
९. सन् १९८६ मा शिक्षण अस्पतालमा मानसिक बहिरंग सेवा सुरुवात भयो र १२ बेडको मानसिक वार्ड स्थापना भयो।
१०. सन् १९८७ मा शिक्षण अस्पतालमै २२ बेडको मानसिक वार्ड र डी–एडिक्सन वार्डको सुरुवात भयो।
११. सन् १९९७ देखि क्लिनिकल साइकोलोजिकल सर्भिस सुरु भयो।
१२. सन् २००० मा साइक्याट्रिक एमडी तथा विह्याभिएर इन साइक्याट्रिक एमडी र साइक्याट्रिक नर्सिङको सुरुवात भयो।
स्रोतः जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौं
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।