• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सहकारी दिवसकै दिन सिंहदरबारमा न्यायको भिख माग्दै सहकारीपीडित 

कीर्ते गरेर बचत रकम अर्कैलाई दिन खोजिँदै
64x64
नेपाल लाइभ मंगलबार, चैत १९, २०७५  २२:०८
1140x725

काठमाडौं– राष्ट्रिय सभागृह भृकुटीमण्डपमा ६३औं सहकारी दिवसको कार्यक्रम चलिरहँदा सहकारीबाटै पीडित बनेका एक जना सिंहदरबारमा न्याय माग्न भन्दै भौंतारिरहेका भेटिए। 

आफ्ना बुबा दिलिपबहादुर गौतम क्षेत्रीले स्युचाटार बचत तथा ऋण सहकारी संस्थामा राखेको बचत रकम संस्थाले अर्कै व्यक्तिलाई दिन खोजेको भन्दै रवि क्षेत्री न्याय पाइने आशामा सिंहदरबार आएका थिए।

‘आफ्ना बुबाले बचतमा राखेको रकम पाउन ७ वर्षदेखि सहकारी विभाग, डिभिजन कार्यालय, र तालुखवाला मन्त्रालय मात्र नभई गृह मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्म निवेदन दिइसकेको छु। तर, समस्या ज्युँका त्युँ छ। सहकारीले सँधै आलटाल मात्र गर्छ। कीर्ते प्रमाण देखाउँदै सहकारी भन्छ, आधा रकम लैजानू। आधा तिम्रो होइन,’ उनले भने।   
 
यसरी सुनाए क्षेत्रीले ७ वर्षे अनुभव
काठमाडौं जिल्ला, साविक स्युचाटार गाविस वडा नं ६ बस्ने रवि क्षेत्रीका बुबा दिलिप बहादुर क्षेत्री गौतमका नाममा स्युचाटारमै केही जग्गा थियो। बुबाले २०६३ सालमा जग्गा बेचे। जग्गा बेचेको रकम स्युचाटार बचत तथा ऋण सहकारी संस्थामा बचतका रुपमा राखे। उनले राखेको सो रकम ब्याजसहित गरी अहिले करिब ७ लाखभन्दा बढी पुगेको रवि बताउँछन्। 

रविका बुबा दिलिपको कालगतिले २०६९ जेठ ३ गते निधन भयो।

बाबुको मृत्युपछि छोरा रवि सामाजिक संस्कारअनुसार १३ दिन काजक्रियामा बसे। बाबुको काजक्रिया सकेको केही दिनमा नै बाबुका नाममा भएको सम्पत्ति खोजीमा लागे। बुबाको नाममा भएको केही सम्पत्ति स्युचाटार सहकारीमा रहेको जानकारी पाए। उनी सहकारीको कार्यालयमा बुबाका नाममा भएको सम्पत्ति खोज्दै पुगे। पहिलो पटकको भेटमा सहकारी प्रशासनले दिलिपका नाममा भएको सम्पत्ति विवरण देखायो। तर नामसारी गर्नका लागि आवश्यक प्रमाण जुटाउन भन्दे केही समय माग्यो। समय बित्दै गयो।

सहकारीले रविलाई कुनै खबर गरेन। रवि फेरि सहकारी कार्यालय पुगे। रकमको हिसाबकिताब फेरि खोजे। तर उनलाई सहकारी प्रशासनले भन्यो, 'दिलिपका नाममा भएको सम्पति तपाईका नाममा नामसारी गर्न मिल्दैन।' रवि छाँगाबाट खसेजस्तै भए। उनलाई प्रशासन भन्यो, 'दिलिपका नाममा भएको सम्पत्तिको हकवालामा वहाँको श्रीमतीको नाम छ।' कीर्ते ठगीमा सहकारी प्रशासनले नयाँ पात्र छिरायो। 

रविले प्रशासनसमक्ष भने, 'मेरो आमा त ०५२ सालमा नै बित्नु भएको हो। को आयो बुबाको अर्को श्रीमती?' सहकारीले भन्यो, 'वहाँको श्रीमतीको नाम रमा क्षेत्री छ। वहाँकै हक लाग्ने भनिएको छ। रविले रमा क्षेत्री बुबाको श्रीमती भएको प्रमाण माग्न थाले। सहकारीले देखायो रविको नाम काटी केरमेट गरी थपिएको श्रीमतीको नाम र नाता। साथमा लेखिएको थियो, 'आजका मितिबाट एक मात्र हकदार रमा क्षेत्री हुनेछिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कसरी हुन आयो रमा क्षेत्री हकवाला?
सहकारी संस्थाले दिलिप बहादुर क्षेत्रीको मृत्युपछि उनको सम्पत्ति पाउने मनोनितको नाममा रमा क्षेत्री नामको महिला रहेको थाहा पाएसँगै रवी फेरि तनावमा परे। उनले सहकारी प्रसासनसँग रमाको प्रमाण सूचनाको हक प्रयोग गरेर उनले रमा क्षेत्रीको नागरिता पाए।

तर, रमा क्षेत्री भनेर हकवालामा राखेको उनको नागरिकतामा त रमादेबी बुढाथोकी रहेको फेला पारे। रमादेबी क्षेत्री बुढाथोकीको श्रीमानको नाम भने दिलबहादुर बढाथोकी थियो। सहकारी प्रसासनले भने उनैलार्इ दिलिप क्षेत्री गौतमको श्रीमती बनाएर रकम हिनामिना गर्ने प्रपञ्च रहेको थियो।

दिलिप बहादुर क्षेत्रीका छोरा रबि क्षेत्री आफ्ना बुबाले जम्मा गरेको सम्पत्तिमा अरु असैले हक दावी गरेको र न्याय पाउन भन्दै विगत ७ वर्षदेखि कहिले सहकारी विभाग, कहिले डिभिजन कार्यालय त कहिले मन्त्रालय गुहारिरहेको सुनाउँछन । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मृत्युको भोलिपल्ट नै ५० हजार निकालियो
मृत्युदर्ताको प्रमाणपत्रले भन्छ, दिलीप बहादुर क्षेत्रीको २०६९ जेठ ३ गते नै मृत्यु भयो। तर उनको मृत्यु भएको भोलिपल्ट नै स्युचाटार सहकारी संस्थाबाट दिलिप क्षेत्रीले नै ५० हजार रुपैयाँ झिकेको देखिन्छ।

उनको कारोबार सम्बन्धी विवरण हेर्दा जेठ ४ गते अर्थात् दिलिपको मृत्युको भोलिपल्ट आफैँ(सेल्फ) भनेर पैसा झिकेको विवरण देखिन्छ। 

कीर्ते गरेको पुष्टि हुने प्रमाण 
नेपाल लाइभलाई प्राप्त विवरणअनुसार स्युचाटार बचत तथा ऋण सहकारीले बचतको पैसा पचाउन किर्ते र जालसाँजि गरेको पर्याप्त आधार भेटिएका छन्।

बचतकर्ता दिलिप बहादुर क्षेत्रीले मनोनित हकवालाको नाममा पहिले रवि क्षेत्री नै भनेर लेखिएको भएपनि पछि त्यसलाई केरमेट गरेर रमा क्षत्रीको नाम राखेको प्रश्टै देखिन्छ।
 
बचत खाता खोल्दा प्रयोग हुने आवेदन फारममा खाता संचालन गर्ने व्यक्तिको संख्या खुलाउँदा एकल भनेर राखिएको छ। त्यसको तलपट्टी ‘आजका मितिमा प्रस्तुत सा.व १२१, चा.व २४ महिने ११० तथा शेयर पुँजीमा समेत म लगायत मेरा एकाघरको श्रीमती रमाक्षेत्रीको शेषपछि कायम रहने तथा खाता सञ्चालन दुई मध्ये कुनै एकले गर्ने भनिएको छ। उक्त आवेदनमा मिति खुलाउँदा २०६१–९–९ लाई केरमेट गरेर २०६३–९–९ बनाइएको छ।’ यसकारण पनि सहकारी संस्थाले नै बदमासी गरेको हो भन्ने आधार देखिएको छ। 

रमा क्षत्री नै दिलिप क्षेत्रीको श्रीमती रहेको भन्दै संस्थाले मनोनितमा राखेपनि कानुनी रुपमा भने रमा र दिलिपको कुनै सम्बन्ध रहेको देखिँदैन। रमा क्षेत्री नभई रमादेवी बुढाथोकीको नाम राखिएको छ। 

रमा क्षेत्रीको नागरिकतामा पतिको नाम दिल बहादुर बुढाथोकी भनेर उल्लेख गरिएको छ भने उनको वास्तविक नाम पनि रमादेवी बुढाथोकी उल्लेख गरिएको छ। ललितपुर जिल्लाबाट जारी भएको उक्त नागरितामा उल्लेख भएको विवरणअनुसार रमा क्षेत्री दिलिप बहादुर क्षेत्रीको पत्नी हो भन्ने कुनै प्रमाण भेटिदैन। 

नागरिकतामा रमादेवी बुढाथोकी भएपनि अधिकांश ठाउँमा रमा क्षेत्री भनेर खुलाईएको छ भने उनले दिलिप बहादुर क्षेत्रीको नाममा बचत भएको रकमको मागदाबी गर्न आउँदा आफनो नाम रमा क्षेत्री लेखेर कोष्ठकमा बुढाथोकी लेखिएको छ। 

जताततै केरमेट 
दिलिप बहादुर क्षेत्रीसँग सम्बन्धित हरेक कागजातमा केरमेट गरेर सच्याईएको देखिन्छ। सदस्यता आवदेन फारम देखी व्यक्तिगत विवरण खुलाईएका अन्य कागजातमापनि जताजतै केरमेट गरेर सच्याईएको देखिन्छ।

रविको नाममा रमाको नाम राख्ने मात्र नभई त्यस्ता कागजपत्रमा उल्लेख गरेको मितिसमेत केरमेट गरेर सच्याईएको देखिन्छ। 

के भन्छ सहकारी संस्था? 
रवि क्षेत्रीका बारेमा जानकारी लिएपछि हामीले स्युचाटार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष साधुराम गौतमलाई सम्पर्क गर्‍यौं। गौतमले भने संस्थाको कुनै बदमासी नभई दीलिप क्षेत्रीले नै रमालाई ईच्छाइएको व्यक्तिमा राखेको दाबी गर्छन्। ‘रमा र दीलिप लामो समयसम्म लिभिङ टुगेदरमा बसे। आफ्ना छोरा रविले हेरचाह नगरेपछि उनले आफ्नो सम्पत्तिको हकदार पनि रमालाई नै बनाए,’ उनले भने। 

आफूहरुले पहिलेकै आवेदनमा रविको नाम काटेर रमाको नाम राख्नु प्राविधिक त्रुटि भएको उनको भनाइ छ। ‘हामीलाई यस्तो हुन्छ भन्ने थाहा भएन। ईच्छाईएको व्यक्तिको नाममा रविको नाम काटेर रमाको लेख्यौं। अर्को निवेदन प्रयोग गर्न पर्थ्यो। हामीले पुरानैमा सच्यायौं, यही गलत भयो,’ उनले भने।  

बचतकर्ता दिलिप बहादुर क्षत्रीको मृत्यु भएपछि उनको खाताबाट ५० हजार रुपैयाँ दिलिपले नै कसरी झिके भन्ने प्रश्नमा त्यहाँ पनि प्राविधिक त्रुटी भएको अध्यक्ष गौतमले बताए। गौतमका अनुसार उक्त पैसा रविले नै आफ्ना बुबाको काजक्रिया गर्नका लागि लगेका थिए। ‘रवि आफैं आएर ५० हजार रुपैयाँ लगेर गएको हो। त्यसका साक्षीहरु पनि छन्। अहिले उसले होईन भन्दै हिडेको छ,’ गौतम भन्छन्। 
आधा–आधा रकम लिने गरी रवि क्षत्री र रमा क्षत्री मिलेर आए सहकारीले सहजै भुक्तानी दिनेसमेत उनको भनाई थियो। 

सहकारीको ढिपी– दिलिपको आग्रहपछि नाम परिवर्तन भएको हो
सहकारीले आफ्ना बुबाको पैसा किर्ते गरेर अर्कोलाई दिन खोजेपछि रवि त्यही विषयलाई लिएर विभिन्न सरकारी निकायमा धाईरहेका छन्। ती सरकारी निकायहरुले स्युचाटार बचत तथा ऋण सहकारी संस्थासँग सो विषयमा जानकारी पनि लिएको छ। तर सहकारीले भने सधैं एकै खालको ढिपी दोहोर्‍याईरहेको देखिन्छ। 

दिलिप बहादुर गौतम क्षेत्रीले खाता सञ्चालनका क्रममा मनोनित हकवालामा उनका छोरा रबि क्षेत्रीको नाम उल्लेख गरेकोमा पछि खातावाल दिलिप बहादुर गौतम क्षेत्री यस संस्थामा उपस्थित भई अनुरोध गरेकाले खातावालाको अनुरोधमा मनोनित हकवाला रवि क्षेत्रीको नाम संशोधन गरी रमा क्षेत्रीलाई ईच्छाईएकोमा राखिएको उसको भनाई छ। 

खातावालाको मृत्युपश्चात उनका छोरा रवि क्षेत्री समेतलले सो निक्षेप उपर दावी गरेका थिए। सहकारी विभागबाट उल्लेखित निक्षेप रकम कानुन बमोजिम निरुपण नभएसम्म सहकारी संस्थाको जिम्मामा राख्ने निर्णय भएको स्युचाटार बचत तथा ऋण सहकारीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५  २२:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्