• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २, २०८३ Wed, Apr 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

ग्रामीण स्कुलमा चार वर्ष

64x64
नेपाल लाइभ शनिबार, चैत २, २०७५  ११:०२
1140x725

शनिबार, अक्टोबर १० 
बालबालिकाको जीवन समृद्ध होस् र उनीहरूको समय पनि अर्थपूर्ण रूपमा व्यतीत होस् भनी सबै बालबालिका, त्यसमा पनि अवसर नपाएका बालबालिकामा पर्याप्त मात्रामा रूचिको विकास हुनु आवश्यक हुन्छ। हालसम्म मैले उनीहरूको वरिपरिको वातावरणलाई सुन्दर बनाएर त्यसप्रति उनीहरूको रूचिलाई बढावा दिने प्रयास गरेकी छु। पुस्तकालय घन्टीमा उनीहरू पढ्नमै रमाउन् र फरेस्ट्री क्लबको माध्यमबाट उनीहरूको प्राकृतिक वातावरणबारे थप जानकारी हासिल गरुन् भन्ने मेरो सोचाइ छ। यस समुदायको अर्को सम्पन्न स्रोत भनेको रेड इन्डियनहरूको लोकगाथा पनि हो। मैले यस्तो प्रकारको जीवन्त सङ्ग्रहालयलाई बालबालिकाका लागि खुला पनि गरेकी छु। 

आज मैले क्याथराइन, फ्य्राङ्क, रुथ र सोफियालाई लिएर गएँ। हामी चट्टान गुफातिर गयौँ। कुनै बेला रेड इन्डियनहरू पैदल हिँड्ने गरेको नदीको किनारै किनार अगाडि बढ््यौँ। मैले रेड इन्डियन हिँड्ने गरेको पुरानो बाटो, चिफ तामेनन्द, स्क्वा बस्ती, र काउन्सिल ट्रीबारे उनीहरूसँग कुराकानी गरें। कुनै बेला यस स्थानका आदिवासीका रूपमा रहेका मिन्सी कविलाबारे पनि छलफल गर्‍यौँ।

सोमबार, अक्टोबर १२
आज बिदाको दिन बिहानै मैले समूह ‘ए’ का बाँकी (राल्फ, अन्ना, ओल्गा र डोरिस) लाई लिएर रेड इन्डियनको गाउँतिरको यात्रामा निस्किएँ। पहिलो समूहको तुलनामा यिनीहरू अलिक शान्त मिजासका थिए। ओल्गाका लागि यस्तो यात्रा आफैँमा पहिलो अनुभव रहेछ। यति छोटो पनि यात्रा गरेकी रहिनछन्। हाम्रो कुराकानी प्रकृति र रेड इन्डियनबारे भयो। मैले फरेस्ट्री क्लबलाई हाम्रो पृथ्वीको यस भागको निर्माणसम्बन्धी कथा सुनाएपछि, राल्फले फोसिलको खोजीमा विशेष रुचि लिएको छ।

नदीको बाटो जाँदै गर्दा राल्फले चट्टानको तहहरूमा देखिने गरेको फोल्ड देखाएर यसबारे सोध्यो। मैले बालबालिकाले सोचेका कुरा बताउन प्रोत्साहित गरेँ र त्यस क्षेत्रको भौगर्भिक विकासबारे उनीहरूमा पनि जानकारी भएको पत्ता लगाएँ।  

बेलुकी फरेस्ट्री क्लबका २० जना पिकनिक खान गयौँ। रातीको खाना खाइसकेपछिको सरसफाइमा बालबालिकाको साथ सहयोग प्राप्त भयो। हामीले फोहोर पनि जलायौँ। राल्फ र फ्य्राङ्कले ठूलो मुढा ल्याएर आगोमा हालिदिए। हामीले त्यसको वरिपरि बसेर रमाइलो गर्‍यौँ। हामी केहीबेर शान्त रह्यौँ। सल्लाको वनको सुगन्ध पनि लियौँ। झरनाको झरझर आवाजको आनन्द पनि लियौँ।

माध्यमिक कक्षाकी एक बालिकाले हामीलाई धेरै रमाइला कथाहरू सुनाइन्। त्यसपछि मैले उक्त समूहलाई रेड इन्डियनको पौराणिक कथा र स्कनी उन्डी कथाहरू सुनाएँ। उनीहरूका लागि योभन्दा गजब त के हुन सक्थ्यो होला र ! मलाई रेड इन्डियनहरूको कथा भन्न निकै रमाइलो लाग्थ्यो र म यसमा निपुण पनि थिएँ। 

मैले भनेँ, ‘बालबालिका हो, मेरा कुरा सुन, म तिमीहरूलाई दलदले भूमिका बोक्सिनीलाई मारेर यिनीहरूलाई घाँसको पहाड बनाउने नायक स्कुनी उन्डीको बहादुरीबारे बताउँछु।’

त्यसपछि हामी सबै प्रकारका गीत, क्याम्प गीत, राउन्ड गीत, काउब्वाय गीत र पुराना लोकप्रिय गीत अनि धेरै प्रकारका लोकप्रिय लय गायौँ। यति गरिसकेपछि हामी सबैको घर जाने समय भयो। श्री थम्सन महोदय आफ्नो ठूलो ट्रकमा आए र सबै बालबालिकालाई भेला पारी आफ्नो घरतिर लिएर गए।   

nimb
nimb
Ncell 2
Ncell 2

मङ्गलबार, अक्टोबर १३
कुराकानीको हरेक मोडमा मैले ‘पिकनिक जाऔँ’ भनेको मात्रै सुनेँ। हरेकले एक आपसलाई प्रेम गरे। आ–आफ्नै तरिकाले अगाडि बढिसकेपछि हामीले निकै प्रगतिसमेत गरेका थियौँ।   

मध्यम श्रेणीका बालबालिकाले आफ्ना इतिहासका पुस्तकमा अर्को एकाइ सुरु गरेका छन्। हामीले समस्याको अर्थमाथि छलफल गर्‍यौँ। यस एकाइमा आदिवासीमध्ये प्रमुख तीनवटाबारे जानकारी दिइएको थियो। प्रमुख समस्या समाधानका लागि तीनवटा विस्तृत प्रश्न पनि त्यहाँ थिए। यी प्रश्नको जवाफ दिइसकेपछि उनीहरू समस्या समाधानार्थ कथाको सारांश लेख्नका लागि उत्तरको उपयोग गर्थे। दिइएको कामको रूपमा प्रश्नको जवाफ लेख्ने विशेष प्रश्नको सम्बन्धमा भन्दा पनि समस्या समाधानका रूपमा मैले बालबालिकालाई सहयोग गरिरहेकी थिएँ। बालबालिकाका लागि यो मेरातर्फबाट दोस्रो कदम थियो। 

बुधबार, अक्टोबर १४
कामबाट वरिपरि हेर्दा सिटहरू खाली देखेँ। हामीले बिहान बनाएको योजनाअनुसार नै विद्यालय भवनअगाडि अडिएर सुन्तलाको टोकरीको काठबाट बालबालिकाले खेलौना घर बनाइरहेका थिए। साना बालिकाहरूले आफ्ना गुडियाका लागि कपडा बनाउँदै थिए। केही ठूला बालबालिका आफ्ना खस्रा कपडा प्रयोग गरेर मनोरञ्जनका साधनका लागि विज्ञापनको पोस्टर बनाउने काममा जुटेका थिए। अरू आ–आफ्ना डेस्कमा अङ्कगणित, हिज्जे र पठनका लागि व्यस्त थिए।

स्वास्थ्य शिक्षा निकै राम्रो छ। हामीले दैनिकभन्दा पनि साप्ताहिक मूल्याङ्कन गर्‍यौँ। हार्नेहरूलाई तयारीका लागि एक हप्ताको समय हुन्थ्यो। हिजो बेस–बल हार्ने समूहले आज लङबल जित्यो। त्यसले गर्दा केवल एक अङ्कको मात्रै फरक पर्थ्यो।  
बिहीबार, अक्टोबर १५ 
दिनहरू कति व्यस्त हुन्थे भने हामीले खेलको अभ्यासको लागि थोरै मात्र समय दिन भ्याउँदथ्यौँ। बालबालिका खुसीसाथ दिउँसोे यसमा संलग्न हुने गर्थे। तयारी कमजोर खालको हुन्थ्यो। बालबालिकाले रेड इन्डियनको नाच निकै रमाइलो मान्दथे।  यस्तो जीवन्त दृश्यप्रति उनी निकै रमाइलो मानेर हाँस्ने गर्थे। त्यस्तो बेला हामी रोकिएर पर्खंदै, एकोहोरो हेर्ने गर्दथ्यौँ। मनोरञ्जनात्मक रातमा के हुने हो भन्ने कुराप्रति मलाई डर रहिरहन्थ्यो।  

(अमेरिकी शिक्षाविद् जुलिया वेबर गर्डनको पुस्तकको नेपाली अनुवाद 'ग्रामीण स्कुलमा चार वर्ष' पुस्तकको अंश। यो पुस्तक इन्डिगो इन्कले छापेको हो।)

 

प्रकाशित मिति: शनिबार, चैत २, २०७५  ११:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान बुधबार, वैशाख २, २०८३
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन बुधबार, वैशाख २, २०८३
प्रधानमन्त्री बालेनद्वारा समानुपातिक सांसदहरूसँग छलफल बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने मंगलबार, वैशाख १, २०८३
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु मंगलबार, वैशाख १, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्