• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ २४, २०८३ Sun, Jun 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

खुसी रहने यस्ता छन् उपाय

64x64
नेपाल लाइभ सोमबार, फागुन २७, २०७५  १८:१४
1140x725

काठमाडौं- भर्खरै सार्वजनिक एक अध्ययनले विश्वको सबैभन्दा बढी खुसी देश फिनल्याण्डलाई ठहर्‍यायो। फिनल्याण्ड विश्वकै खुसी देश हो तर धनी होइन। विश्वकै धनी त अमेरिका हो तर त्यहाँ मान्छे किन खुसी छैनन्? किन अमेरिका खुसी देश भएन? यसको अर्थ हो खुसीको स्रोत धन मात्रै होइन रहेछ।

हामी भित्र सकरात्मक र नकारात्मक गरी दुई प्रकारका भावनाहरु छन्। सकारात्मक भावनामा भावनामा प्रेम, आदर, अनुग्रह, आनन्द पर्छन्। नकरात्मकमा घृणा, रिस, इर्श्या, इख, गुनासो आदि पर्छन्। सकरात्मक भावनले हामीमा ऊर्जा बढाउँछ। खुसीको सञ्चार गराउँछ भने नकरात्मकले दुःखी बनाउँछ। त्यसैले हामी अभावका कारण दुःखी होइन, हामीमा रहेका नकरात्मक भावनालाई बढवा दिएर दुःखी भइरहेका छौं।

शाररिक रुपमा रोग लाग्यो वा समस्या आयो भने हामी आफैं थाहा पाउँछौं तर मनमा समस्या आयो भने थाहा हुँदैन। विस्तारै गाँज्दै लगेर डिप्रेशनतिर धकेल्छ। मान्छेमा नकरात्मक भावना बढी आउन थाल्यो भने मन समस्यामा छ भन्ने बुझ्नुपर्छ। समस्या आउन नदिन तिनलाइ नियन्त्रणमा राख्नुपर्छ।

हाम्रा धर्म संस्कृतिमा मनलाई स्वस्थ राख्नकै लागि केही अभ्यास गर्ने गरिएका छन्। तर, हामीले तिनलाई पनि छाडेपछि मन अस्वस्थ हुँदै गयो। मन बिगारेर डिप्रेशनसम्म धकेल्ने केही तत्व यसप्रकार छन्ः

अहम् 
अहम् खुसी रोक्ने सबभन्दा ठूलो शत्रु हो। अहमका कारण मान्छे फस्दै जान्छ र डिप्रेशनमा पुग्छ। अहम् म  मात्रै यस्तो, म मात्रै उस्तो भन्ने एउटा प्रकारको भयो। अर्को मैले यसो गर्न सकिनँ,  त्यसो गर्न सकिनँ भन्ने हुन्छ। यसले आत्मग्लानी महशुस गराउँछ। त्यसपछि ऊ विस्तारै अरु र आफैंसँग झिँझिँन थाल्छ। मनमा अनेक कुरा खेल्न थाल्छन्। त्यसपछि आफूलाई दोषी ठहर्‍याउँछ।  यसरी डिप्रेशनको शिकार भइन्छ।

गुनासो
जब मान्छेमा गुनासो गर्ने बानी बढ्दै जान्छ। यसले पनि मनलाई अस्वस्थ बनाउँछ। उसमा फलानो यसो गरिदिएन वा यसो भएन भन्ने खालका भावना आउँछन्। यसले मन दुखाउँछ। आत्मबल कमजोर बनाउँछ। फलानाले यसो गरेन किन त्योसँग बोल्ने भन्ने खालका भावना आउँछन्। यसले उसलाई एक्लोपनतिर धकेल्छ। विस्तारै मनमा कुरा खेलिरहने, टाउका दुख्ने, लगायत हुँदै जाँदा डिप्रेशन हुन्छ।

इख
इखले पनि आफैंलाई समस्यामा पार्ने हो। त्यसले आफूमाथि भएका खराब व्यवहार वा आफूलाई भएको हानी सम्झाइरहन्छ। यसो हुँदा मन दुखिइरहन्छ। उसले यस्तो गरेको थियो, त्यसलाई यस्तो गर्छु खालका भावना आइरहन्छन्। यसले रिस बढाउँछ। अन्तमा हानी मनलाई नै गर्ने हो। 

रिस
हामी धेरैपल्ट यत्तिकै रिसाइरहेका हुन्छौं, रिसाउनुपर्ने कारण हुँदैन। तुरुन्तै आवेशमा आएर बाझिहाल्छौ। किनभने हामी भित्रभित्रै तातिरहेका हुन्छौं, केही कुरामा ठोक्किनै हुँदैन रिसाइहाल्छौं। हामी कोही रिसाउँदा मसँग रिसायो भन्ने ठान्छौं। तर, ऊ आफैंसँग रिसाएको हो। ऊ भित्र पीडा, तनाव, आवेग आदिको बोझ छ। त्यो उतारेको हो। बाटोमा गाडीमा हिँड्दा कसैले थोरै छोयो भने ‘मार्न खोजेको?’ भन्दै कराउँछौं। उसले तपाईंलाई चिनेको त छैन, किन मार्न खोज्थ्यो। अन्जानमा भयो। तपाईंले पनि कहिँ ठोक्काउनु भएको थियो होला अन्जानमा। हामी मात्रै सही, हामीले गरे जे पनि ठीक भन्ने खालका भावनाले रिस पैदा गर्छै। रिसलाई दबाउनु पनि डिप्रेशनबाट जागिने सही उपाय हो। 

nimb
nimb
Ncell 2
Ncell 2

के गर्ने?

सहयोगी बन्ने
सहयोग पाउनेलाई भन्दा दिनेलाई फाइदा पुग्छ। तपाईंले कसैलाई पाँच रुपैयाँ दिँदा त्यो पैसाले उसले के गर्ला? कति फाइदा होला? तर, तपाईंलाई भने त्यति दान गर्दा पनि धेरै खुसी मिलिरहेको हुन्छ। जुन हजारौं खर्च गर्दा नमिल्न सक्छ। यसैगरी कोही अशक्त, असहायलाई बाटो कटाएपछि आफ्नो मनमा पैदा हुने सन्तोषका तरंग हेर्नुहोस् फाइदा आफैंलाई भएको हुन्छ। हाम्रो धर्म संस्कृतिमा यही कारणले सहयोगलाई जोड दिइएको हो। सहयोगमाथि अध्ययन पनि भएका छन्। त्यसले आत्मबल बढाउने र खुसी तुल्याउने निष्कर्ष निस्किएका छन्।

माफ गर्ने 
माफी आफू र अर्काे दुबैलाई गर्नुपर्छ। कहिलेकाहिँ आफूले भुलवश वा आवेशमा आएर केही बिगार गरिएको हुन्छ। आफूले गरेको उक्त गल्तीका कारण पिरोलिरहने समस्या हुन्छ कतिमा। तर, आफूले अरु कसैको केही बिगारेको भए उससँग माफी माग्ने र आफूले आफैंलाई पनि गल्ती नदोहो¥याउने गरी माफी दिने गर्नुपर्छ। यसैगरी कसैले अन्जानमा गरेको गल्तीमा पनि माफ दिन सक्नुपर्छ। यसले मनलाई हल्का बनाउँछ। त्यसो गर्न सकिएन भने मनमा बोझ बढ्छ र बोझ बोकेर हिँड्दा समस्या त आउँछ नै।

धन्य हुने
मानवमा जति भए पनि नपुग्ने स्वभावको विकास हुँदै गएको छ। तर, आफूले प्राप्त गरेका कुरामा धन्य हुनु पनि मनलाई आराम दिन महत्वपूर्ण तत्व हो। जस्तोः एक गिलास पानी  पिउन पाइयो भने पनि धन्य हुनुपर्छ। मैले यति त पाएँ भन्ने खालको महशुस गर्न सक्नुपर्छ। कसैले गरेको सानो सहयोगमा पनि कृतज्ञ हुनुपर्छ। केही प्राप्त गर्दा धन्यवाद भन्नुको अर्थ त्यही हो। हामी अहिले मुखले धन्यवाद त भन्छौं होला मनैदेखि धन्य हुन भने छाडेका छौं। हाम्रो संस्कृतिमा प्रकृति (जस्तै हावा, पानी, रुख, पहाड, सूर्य आदि)लाई पुज्ने चलन छ। यसको अर्थ  घाम, पानी, हावा प्राप्त गरेकोमा धन्य हुने हो।

स्वीकार्य 
जे भयो भइहाल्यो भनेर स्वीकार्नुपर्छ। किनभने अस्वीकार गर्दा असन्तोष मात्रै बढ्छ फाइदा हुँदैन। मान्छेहरु अचेल असन्तोषी बन्दै गएका छन्। लामो नाक हुनेलाई लामो भएको मन पर्दैन, छोटो हुनेलाई छोटो। कालो भएँ, गोरो भएँ, होचो भएँ, अग्लो भएँ जस्ता कुरामा असन्तोष देखिन्छ। यो भनेको आफूलाई नस्वीकार्नु हो। आफूसँग्ग भएको कुरामा चित्त नबुझाउनु हो। यसले ‘बडी डिस्मर्फिक डिसअर्डर’ भन्ने रोग पनि लाग्छ। यसैगरी आफू गरिबीमा जन्मे, पहाडमा जन्में, तराईमा जन्में लगायत खालका अस्वीकार्यरता पनि भेटिन्छन्। जहाँ जन्में पनि जन्में भन्ने कुरामा धन्य हुनुपर्छ। यसैगरी अर्को अस्वीकार्यरता चाहिँ त्यो मान्छेले यसो गरेन, उसो गरेन, यसो भएन, उसो भएन भन्ने खालको हो। यो पनि मानसिक समस्याको कारण हो। 

उदारता
समान्य उदाहरण प्रस्तुत गरौं, लट्ठी अलिकति बंग्याउने खोज्यो भने भाँचिन्छ तर रबर जति बंग्याए पनि हुन्छ र छाड्ने बित्तिकै आफ्नै स्थितिमा आइपुग्छ।  यसको अर्थ मन पनि जति कडा बनाइयो, त्यति नै भाँचिने सम्भावना अधिक रहन्छ। त्यसैले हामीले मन स्वस्थ राख्न वा भाँचिन नदिन उदार हुन जरुरी हुन्छ। ‘म झुक्दै नझुक्ने नेपालीको छोरो’ मानसिक स्वास्थ्यका लागि हानिकारक छ बरु ‘फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र’ सही हुन्छ।

सारांशमा यो संसारमा केही पूर्ण छैन  र कोही पूर्ण छैनौं। त्यसैले हामीले आफूलाई जे छ त्यही रुपमा अँगाल्ने बानीको विकास गर्नुपर्छ। तपाईं आफू पूर्ण हुनुहुन्न भने अरुबाट त्यस्तो अपेक्षा किन राख्नुहुन्छ? यसैगरी नियमित ध्यान गर्नेको अनुहारमा हेर्नुहोस् सदा चमक हुन्छ। यसको अर्थ उनीहरुको मन स्वस्थ छ। हामीले पनि ध्यान गर्ने बानी बसाल्नुपर्छ। यसले गहिरो सोचमा पुर्‍याउँछ। आत्मैदेखि सोच्ने बानी बसाल्छ। मन शान्त हुन्छ। डिप्रेशन हुनबाट जोगाउँछ।

(एजेन्सीहरुको सहयोमा डिबी खड्काद्वारा संकलन गरिएको)

प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५  १८:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
कार्यव्यवस्था नभएपछि सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
साउनदेखि स्वास्थ्य बीमामा कर्मचारीलाई आवद्ध गर्ने तर्फ ध्यान केन्द्रित छ: स्वास्थ्य सचिव डा देवकोटा
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
कार्यव्यवस्था नभएपछि सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक आइतबार, जेठ २४, २०८३
साउनदेखि स्वास्थ्य बीमामा कर्मचारीलाई आवद्ध गर्ने तर्फ ध्यान केन्द्रित छ: स्वास्थ्य सचिव डा देवकोटा आइतबार, जेठ २४, २०८३
पदबाट बिदा हुने भन्ने विषयमा कुनै आधिकारिक निर्देशन छैन : मन्त्री मेहता आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्