काठमाडौं– क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने आइतबार २१ गतेदेखि आलमको प्रतिबन्ध फुकुवा गरेको हो ।
२०७९ पुस ९ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुर, काठमाडौंमा क्यानले आयोजना गरेको नेपाल टी-२० क्रिकेट लिग प्रतियोगिता दौरान स्पट फिक्सिङको आरोप लागेका आलमलाई एन्टी करप्सन कोड अनुसार बमोजिम कुनैपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाइएको थियो।
उक्त मुद्दामा उनलाई जिल्ला अदालत काठमाडौंले सफाइ दिइसकेको छ । निलम्बन फुकुवा भएसँगै अब उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन् । यद्दपि अहिले नै राष्ट्रिय टिममा समावेश गर्ने वा नगर्ने भन्नेबारे भने क्यानले कुनै जानकारी दिएको छैन ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।