• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

१२ वर्षमा यसरी पक्राउ पर्‍यो \'मोस्ट वान्टेड\' जहाज 

64x64
नेपाल लाइभ बिहीबार, फागुन २३, २०७५  ०७:०२
1140x725

बिबिसी- अप्रिल महिनाको समय थियो। दिन ढल्केर साँझ पर्न लागेको थियो। आकाश अध्यारो हुन थालेको थियो। त्यही अँध्यारोका फाइदा उठाउँदै जहाज 'आन्द्रे डोलगोब' भाग्यो। यसका लागि उसले निकै लामो समयसम्म अथक प्रयास गरेको थियो। सोही अवधिदेखि समुद्री छालमा पौंठेजोरी खेल्दै सो जहाजले १२ वर्ष बितायो। यो पूरै अवधि उसले समुद्रमा छलाङ मारिरह्यो। 

तर ऊ ढुक्कले रहन सकेन। उसलाई पक्राउ गर्न फुर्तिला नौसैनिकहरू पिछा लागेका थिए। यस्तो परिस्थितिमा पुरानो जहाज लिएर भाग्दै लुक्दै हिड्न आन्द्रे डोलगोबका लागि कठिन थियो। नौसैनिकका साथै उसलाई ड्रोनले समेत आकाशबाट पछ्याइरहेको थियो। त्यससँगै थप निगरानीका लागि अर्को एक जहाज पनि खटिएको थियो। यी सबै मिलेर आन्द्रे डोलगोबको खोजीनिति गरिरहेका थिए। यी चुनौती र अप्ठ्यारा हेर्दा कहिलेकाँही आत्मसर्मपण गरिदिउँ जस्तो लाग्थ्यो उसलाई। किनभने आत्मसमर्पणमा नै आफ्नो हित हुन्छ जस्तो लाग्थ्यो उसलाई।

तर यी विचार क्षणिक मात्र हुन्थे। सिधा हेर्दा कसैले पनि समुद्रमा घुम्ने उसको पानीजहाज 'मस्ट वान्टेड' हो भन्ने कसैले अनुमान गर्दैनथे। पछिल्ला केही वर्षमा यसको खोजी भने तीव्र रुपमा भइरहेको थियो। 

जहाजको खोजी गर्न खटिएको टिम। तस्बिरः ओसन माइन्ड


सो जहाजले समुद्रमा लुकामारी खेल्न थालेको एक दशक बितिसकेको थियो। कयौं देशसम्म यसको खोजी गरियो। कति देशमा यो जहाजको खोजी भयो त्यसको समेत कसैलाई यकिन छैन। आन्द्रे डोलगोब, एसटीएस–५०,सी ब्रीज–१ नाम रहेको यो जहाजमा विगत १० वर्षदेखि अवैध रूपमा समुन्द्री इलाकामा माछा मार्दै आएको थियो। घुमीघुमी लुकीछिपी।

आन्द्रे डोलगोबलाई पक्राउ गर्न कयौं मिसन खडा भए। थुप्रै महिनासम्म उसलाई यी मिसनमा संलग्न मानिसहरू समुद्रको किनारामा रात बिताएर पक्राउ गर्ने आशमा बसिरहे। तर पक्राउ गर्न नसकेपछि त्यसलाई अन्य बहाना बनाएर मिसन स्थगित गर्दै आए। यो प्रकरणमा कयौ देशका पुलिसहरू, समुन्द्री सुरक्षाका अधिकारी , जासुस र सेटलाइटवाट समेत निगरानी गर्ने एजेन्सी समेत सामेल भए। तर उनीहरुको मेहनत समेत वर्षौंसम्म उपलब्धिविहीन भइरहेको थियो। 

तर अन्ततः आन्द्रे डोलगोब इन्डोनेसियाको समुन्द्री सीमामा पक्राउ पर्यो। १२ वर्षपछि। इन्डोनेसियाका नौसैनिक र समुद्री सुरक्षा अधिकारीले यो जहाज पक्राउ गर्ने मिसनको अगुवाई गरेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

इन्डोनेसियाले समुद्रमा अवैध रुपमा माछा मार्नेहरुका विरुद्ध युद्ध घोषणा गरेको थियो। राष्ट्रपतिले यसका लागि अलग्गै 'टास्कफोर्स' समेत गठन गरेका थिए। यसका नायक थिए एड्रियास आदित्य सलीम। टास्कफोर्सका कमान्डरसमेत रहेका सलीम आन्द्रे डोलगोब खोजी गर्ने जहाजका कप्तान र त्यसमा रहेका दोस्रो व्यक्ति पक्राउ परेकोमा सचेत थिए। तर उनीहरुले हामीलाई माछा मार्ने नगरेको भनी भुलाउन खोजे। किनकी जहाजका केही भाग टुक्रेका थिए।

इन्डोनेसियाका अधिकारीले आन्द्रे डोलगोबलाई मलक्का जलसन्धिको छेउबाट पक्राउ गरेका थिए। पक्राउ परेको जहाजमा ६ सय वटा माछा मार्ने जाल थिए। यी जाल फैलाउने हो भने समुद्रमा २९ किलोमिटरसम्मको क्षेत्रफल ओगट्न सक्थ्यो।

यही जालको प्रयोग गरेर जहाजका मानिसले ६० लाख डलर बराबरका माछा मार्न सक्थे। ती माछा कानुनी रुपमा मारिएका माछासँग मिलाएर बेच्ने गर्दथे। आन्द्रे डोलगोब यी माछाहरु सुपरमार्केटदेखि मानिसका भान्सासम्म पुर्याउने काममा खटिएको थियो। 

ब्रिटेनका समुन्द्री जीव वैज्ञानिक केटो सेन्ट जोन ग्ल्यू भन्छन्, ‘ दुनियाँभरमा मारिने माछाको २० प्रतिशत हिस्सा अवैध रुपमा समुन्द्रमा मारिएका हुन्छन्, यसकारण माछाबजारमा असर परे दुयिाँभरमा माझीहरु र यससँग आश्रित रहेका परिवारहरु प्रभावित हुन्छन्।’

आन्द्रे डोलगोब पछिल्लो दस वर्षयता अवैध रुपमा माछा गर्ने काममा लागेको थियो। यसको अर्थ के भने यस अवधिमा उनले करिब ५ करोड डलर बराबरका माछा खुल्ला समुन्द्रबाट लुटेको थियो भन्न सकिन्छ। जब यो गैरकानुनी धन्दामा यत्रो पैसा हुन्छ भने कसलाई लोभ लाग्दैन?

अवैध माछा मार्नेविरुद्ध इन्टरपोलले निर्माण गरेको क्राइम टिमका एक सदस्य एलिष्टेयर म्याक्डोनाल्ड भन्छन्, ‘ धेरै जहाज कुनै देशको समुन्द्री सीमा बाहिर पुगेर माछा मार्ने गर्दछन्। कहिलेकाँही समुन्द्रमा सिमा हराउने पनि गर्छन्। समयको फाइदा उठाएर अवैध माछा मार्छन्। अवैध माछा मार्ने धन्दामा यो मात्र जहाज नभई पुलिस, सरकारी अधिकारी, अवैध कारोबारीहरुको ठूलो र पूर्ण नेटवर्क हुने गर्दछ। 

यस्ता अवैध जहाजमा अक्सर मानिसलाई जबरजस्ती काममा लगाउने गरिन्छ। आफ्नो घरभन्दा हजारौं माइल दुर समुद्रमा आएर फसेका मानिसलाई यीनिहरूको शोषण र अत्याचार सहनु बाहेकको अर्को विकल्प हुँदैन। 

जहाजसँगै पक्राउ परेका मानिस। तस्बिरः गेट्टी इमेज


अवैध माछा मार्दा पर्यावरणमा पनि असर पर्छ। विश्व खाद्य संगठनका म्याथ्यु कैमिलेरी भन्छन्, ‘अवैध माछा मार्नेभन्दा खतरनाक त त्यसको व्यापार गर्नेहरु हुने गर्दछन्। यीनिहरू अपराधी जसरी माछा मार्न जेसुकै वस्तुको पनि प्रयोग गर्न तयार हुन्छन्।’

आन्द्रे डोलगोबको जहाजको इतिहास रोचक छ। यो जहाज अवैध धन्दामा आउनु भन्दा पहिले थुप्रै चुनौती पार गरिसकेको थियो। जहाज १९८५ मा जापानको जोसेन शिपयार्डमा बनाइएको थियो। यसलाई शुरुमा माछा मार्न प्रयोगमा ल्याउने गरिएको थियो। उक्त समयमा यसको नाम शिनसेई मारु नम्वर २ रहेको थियो।

यो जहाज प्रशान्त र हिन्द महासागरमा माछा मार्न प्रयोग गरिन्थ्यो। यसको सञ्चालक कम्पनी मारुहा निचिरो कर्पोरेसन थियो। 

१९९५ पछि यो जहाजका धेरै मालिक बदलिए। २००८ मा यो जहाज फिलिपिन्समा सुन ताई-२ का नाममा रजिष्ट्रर भयो। यसलाई दक्षिण कोरियाको कम्पनी एसटीडि फिसरीज कर्पोरेसनले आन्द्रे डोलगोबलाई खटाई माछा मार्ने काममा लगायो। यसपछि पनि यो जहाज चार मालिक बदलिए।

२००८ देखि २०१५ को बीचमा यसलाई अन्टार्टिकामा माछाकै विशेष प्रजाति टुथफिसलाई जालमा पार्न प्रयोग गरियो। टुथफिसको माग विश्वभरका रेस्टुरेन्टमा अत्यधिक रहेको छ। यसको मूल्य यति महङ्गो छ कि यसलाई सेतो सुन ‘ह्वाइट गोल्ड’ समेत भनेर चिनिन्छ। यो माछा मार्न विशेष लाइसेन्स आवश्यक हुने गर्दछ।

यो जहाज पहिलो पटक अधिकारीहरुले अक्टुबर २०१६ मा देखेका थिए। चीनका अधिकारीहरुले अवैध रुपमा टुथफिस समाउँदै गर्दा यसलाई समाएका थिए। तर त्यस समयमा यो जहाजमा कम्बोडियाँको झन्डा टाँगिएको थियो। यसको मालिक कम्पनी ल्याटिन अमेरिकी देश बैल्जियममा रजिष्ट्रर भएको थियो। एक वर्ष पहिले  जहाज चिलिको दक्षिणी तटमा देखिएको थियो। 

चीनका अधिकारीले कारबाही शुरु गर्नुभन्दा पहिले नै आन्द्रे डोलगोब त्यहाँबाट फरार भयो। लगत्तै यो जहाजको अवैध घोषणा गरियो। यही कारण यो जहाजका पाइलटले मरिससको बन्दरगाहमा घुस्न गरेको प्रयास समेत असफल भयो। त्यहाँका अधिकारीले त्यसलाई रोक लगाए।

नाम फेर्दै भाग्दै
जनबरी २०१७ सुरु हुँदै गर्दा आन्द्रे डोलगोवको नाम परिर्वतन गरियो। नयाँ नाम 'सी ब्रीज-१' राखियो। यस टोगोको झन्डा राखियो। तर टोगोले यसलाई आफ्नो जहाज भएको स्वीकार गरेन। 

त्यसपछि यस जहाजको नाम आयडा राखियो। जब यो जहाज नयाँ बन्दरगाहमा जान्थ्यो। त्यहाँ फर्जि डकुमेन्ट देखाएर नाम बताउने गर्दथ्यो। यो जहाज टोगो, नाइजेरिया र बोलीभियालगायत ८ देशको नाम दुरुपयोग गरेको थियो।

म्याकडोनाल्ड भन्छन्, ‘अवैध जहाज अक्सर यही गर्ने गर्दछन्। आफ्नो वास्तविकता लुकाउन 'फर्जि डकुमेन्ट' पेस गर्दै जुन देशमा गयो अर्को देशको झन्डा राख्ने गर्दछन्।  झन्डा राख्नाले यसबारेमा थप खोजतलास नहुने व्यवस्था यस्ता जहाजहरुले फाइल उठाउने गर्दछन्।’  अवैध रुपमा माछा मार्ने जहाजले यही काम गर्दै आएका छन्। 

२०१८ मे मा अफ्रिकाको मैडागास्करमा आन्द्रे डोलगोब पुन देखा पर्यो। यस जहाजको पाइलट(चालक)ले यसको नाम एसटीएस–५० बताए। केही अपवाद बाहेक  जहाजको अन्तराष्ट्रिय 'मरिन टाइम नम्बर' उपलब्ध गराइएको हुन्छ। दक्षिणी समुन्द्रमा माछा मार्नेहरुका लागि यसको अनिवार्य व्यवस्था गरिएको हुन्छ।

जहाजमा रहेको अटोमेटिक लोकेसन पहिचान गर्ने पद्धतिले यसको स्थान सेटलाइटका बताउने गर्दथ्यो। जहाजले अधिकारीलाई यसमा पनि झुक्काउने प्रयास गरेका थिए। सिस्टममा गडबडी भएका कारण एकै समयमा यो जहाज फिजी, फोकल्यान्ड र नर्वेका समुद्री किनारामा देखाउने गर्दथ्यो। जबकि, यी देशको दुरी एक अर्काको बीचमा हजार माइल टाढा पर्दथ्यो। 

समुद्रको रेखदेख गर्ने संस्था ओनमाइन्डका चार्ल्स किलगोरले एआइएसबाट प्राप्त भएको विवरणमा जहाजले आफ्नो सिस्टममा गडबडी गरेको खुलासा भएको थियो।  मैडागास्करपछि आन्द्रे डोलगोब मोजाम्बिकको बन्दरगाहामा मा छिरेको थियो। 

अधिकारीले जहाजको खोजी गर्दा फर्जी दस्तावेज र माछा समात्ने औजार फेला परे। उनीहरु जहाज नियन्त्रणमा लिन सफल भए। अनुसन्धान चलिरहेकै समयमा जहाज त्यहाँवाट अधिकारीहरुलाई चक्मा दिँदै फरार भयो। तर जहाजलाई स्याटलाइटका माध्यमबाट अनुगमन गर्न सक्थ्यो।

गुगलका मद्दतले चल्ने संस्था ग्लोबल फिसिङ वाचको क्यामेराले यस्ता जहाजको स्याटलाईटबाट निगरानी गर्ने गर्दछ। त्यसलाई पछ्याउने काम समेत गर्दछ। यही प्रविधिलाई उपयोग गर्दै फरार जहाजको पनि निगरानी थालिएको थियो।

यस बीचमा अफ्रिकी देश तान्जानियाको एक जहाजले आन्द्रे डोलगोब पछ्याउन थाल्यो। तान्जानियाका अधिकारीले आन्द्रे डोलगोब हिन्दमहासागरको सेशेल्ससम्म पछ्याए। ड्रोनबाट खिचिएको तस्बिर समेत खोजी गरिरहेका अधिकारीलाई पठाइयो। यसले पनि यो जहाजको खोजी गरी समाउन सहज भएको थियो।  

आन्द्रे डोलगोबको समुद्री सवारी। तस्बिरः गेट्टी इमेज


ओशनमाइन्डका किलगोर र उनको टिम इन्टरपोलको लगातारको सहयोगमा जहाजको लोकेसन बारेमा जानकारी दिँदै आएका थिए। खुला समुन्द्रमा जहाज पछ्याउनु महंगो सावित हुने गर्दछ। धनी देशहरु यसो गर्ने गदैनन्। तर यो वातावरणका लागि नोक्सान हो। अवैध रुपमा माछा मार्ने जहाज राम्रा र ठीक सन्तुलनमा हुदैनन्। 

यसमा काम गर्नेहरु समेत अवैध हुने भएकाले उनीहरुलाई देश फर्काउने काम समेत पक्राउ गर्ने देशले गर्नुपर्ने हुन्छ। 

जहाज खोजी गर्नेहरुलाई यसपटक साथ दिएको थियो। आन्द्रै डोलगोब एक यस्तो देशको तर्फ अघि वढ्दै थियो जसले अवैध माछा मार्ने धन्धाको विरुद्धमा युद्ध घोषणा गरेको थियो। इन्डोनेसियाका सुसी पुडजिआस्तुतिको अगुवाईमा ४ सय ८८ यस्ता जहाज २०१४ मा पक्राउ परेका थिए। 

जब आन्द्रे डोलगोब मलक्का जलसन्धिमा छिर्यो यस इलाकाको स्याटलाइट सिग्नल हरायो। अन्य जहाजको संकेतमा आन्द्रे डोलगोबको सिग्नल हराएको थियो।  इन्डोनेसियाका नौसैनिकले आन्द्रे डोलगोब पछ्याए। उनीहरुले एक जहाज आन्द्रे डोलगोब पछ्याउनका लागि तैनाथ गरे।

जहाज समाउनुभन्दा ७२ घन्टा पहिले सबैको निन्द्रा हराइसकेको थियो। मिसनमा सहभागीका लागि यस पटक आन्द्रे डोलगोबलाई कुनै पनि हालतमा उम्कन नदिनु थियो। आखिर उ उम्कन सकेन। आन्द्रे डोलगोब इन्डोनेसियाको वेह द्वीपमा घेराबन्दीमा पर्‍यो। 

यसरी पक्राउ परेका जहाजका चालक र सहचालक रुस र युक्रेनका नागरिक थिए। 

यस बाहेक जहाजमा इन्डोनेसियाका २० नागरिक समेत थिए। जहाज अवैध रहेको र १२ वर्षदेखि खोजीको सूचीमा रहेको जहाज हो भनेर उनीहरुलाई थाहा थिएन। यसले विभिन्न देशका समुद्रमा अवैध माछा मार्दै आएको थियो। 

जहाजका चालक र सहचालकलाई मानव तस्करीको आरोपमा समेत मुद्दा दायर भएको छ। आन्द्रे डोलगोबका कप्तान थिए अल्केजेन्डर म्याटविव। उनी उक्त अभियोगमा दोषी ठहर भएर चार महिनाका लागि जेल पुगे। उनलाई ११ हजार पाउन्ड जरिवाना हुने फैसला सुनाइयो।

रुस र युक्रेनका नागरिकहरुको उनीहरुको देश फिर्ता गरियो। तर अनुसन्धानको काम अझै समाप्त भएको छैन। यसको अध्ययन गरेर अवैध माछा तस्करी गर्नेहरुको सञ्जाल पत्ता लगाउने काममा अधिकारीहरुले अनुसन्धान केन्द्रित गराएका छन्। आन्द्रे डोलगोबका मालीक रुसी नागरिक भएकाले रुसी माफियासँग सम्बन्ध रहेको बताइन्छ। इन्डोनेसिया सरकारले पक्राउ गरेको आन्द्रे डोलगोबको मर्मत गरेर अवैध जहाज पक्राउ गर्ने काममा लगाउने तयारी गरेको छ।

(दुर्गा दुलालले बिबिसीबाट गरेको भावानुवाद)

प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्