• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

\'विहार लक्षित\' मदिरा पसल खुल्न थालेपछि सखडेश्वरी मन्दिर परिसर असुरक्षित

एउटै वडामा २ सय १६ मदिरा पसल, लाचार स्थानीय सरकार
64x64
नेपाल लाइभ सोमबार, फागुन २०, २०७५  १४:३६
1140x725

राजविराज– मदिरा र लागुऔषध व्यवसाय फस्टाएपछि सप्तरीको प्रसिद्ध शक्तिपीठ सखडेश्वरी भगवती मन्दिर र आसपासका क्षेत्रमा असुरक्षा बढेको छ। छिन्नमस्ता गाउँपालिका ३ मा रहेको मन्दिर आसपासमा निर्बाध रुपमा मदिरा र लागुऔषधको बिक्री-वितरण हुने गरेको छ। विद्यालय, मन्दिर लगायतका सार्वजनिक महत्वका स्थलमा मदिरा बिक्रीवितरण गर्न नपाउने व्यवस्था भए पनि मन्दिर आसपासमा २ दर्जनभन्दा बढी मदिरा पसल सञ्चालनमा छन्।

अनुमति लिई/नलिई बग्रेल्ती खुलेका पसलबाहेक किराना पसलमा पनि मदिरा बिक्रीवितरण हुन थालेको स्थानीयले बताए। उनीहरुका अनुसार भारतको विहार राज्यमा मदिरा निषेध गरिएपछि सोही क्षेत्रका मानिसलाई लक्षित गरी मदिरा पसल खुल्ने क्रम बढेको हो। तर, त्यसको असर भने आफनै गाउँ–समाज र मन्दिरमा पूजापाठका लागि आउने भक्तजनमा परेको छ।

नेपाल–भारतको खुल्ला सिमानाका कारण पछिल्लो समय भारतीय क्षेत्रबाट मदिरा सेवनका लागि नेपाल आउने र नेपालबाट लागुऔषध प्रयोगका लागि भारत जाने प्रवृत्ति बढेको हो। यही प्रवृत्तिका कारण चोरी, तस्करी, हत्या, हिंसा लगायतका आपराधिक घटना बढेको स्थानीय बताउँछन्।

केही दिनअघि मात्रै मन्दिर प्रांगणबाट दुई जनाको नगद चोरी भएको थियो। मन्दिर दर्शनका लागि आएका एक भारतीय नागरिकको १० हजार भारु र अर्का नेपाली नागरिकको ७ हजार रुपैयाँ पाकेटमारले निकालेको मन्दिरका पीठाधीश महाकान्त ठाकुरले जानकारी दिए। मन्दिर र मन्दिर प्रांगणभित्र पछिल्लो समय पकेटमारी र चोरीका घट्ना बढेको उनले बताए। ‘सानातिना चोरीका घटना निरन्तर भइरहेका छन्,’ ठाकुरले भने, 'घटनाको प्रकृति हेर्दा यसमा मदिरा र लागुऔषध प्रयोगकर्ताकै संलग्नता देखिन्छ।’

इलाका प्रहरी कार्यालय सखडाका सई सुरेश यादवले मन्दिर आसपासमा मदिराका पसल भए पनि धेरैजसो पसल अनुमति लिएरै खुलेकाले तत्काल हटाउन र नियन्त्रण गर्न नसकिएको बताए। नयाँ ऐनको मस्यौदामा सार्वजनिक स्थलभन्दा ३ किलोमिटरको दुरीभित्र मदिरा पसल सञ्चालन गर्न नपाउने व्यस्था रहेकाले त्यसपछि भने मदिरा नियन्त्रण गर्न सहज हुने उनको भनाइ छ।

के गर्दैछ स्थानीय सरकार?
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले सुर्ती, मदिरा र लागुपदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धिको जिम्मा स्थानीय तहलाई दिएको छ। तर, स्थानीय तहमै देखिएको अलमलका कारण छिन्नमस्ता गाउँपालिकाले हालसम्म पनि यसको नियन्त्रणमा ध्यान पुर्याउन सकेको छैन।

आन्तरिक कलह, असहमति र अलमलका कारण छिन्नमस्ता गाउँपालिकाको गाउँसभा समेत हुन सकेको छैन। सोच अनुसार काम गर्न नसक्दा आफूलाई जनप्रतिनिधि भन्न पनि लाज लाग्न थालेको वडाध्यक्षहरु वताउँछन्। ‘जुन उद्देश्यले चुनाव जितेर आइयो, त्यो अनुसार एक प्रतिशत पनि काम गर्न सकिएको छैन,’ वडा नं ३ का अध्यक्ष दिपेन्द्र यादव भन्छन्, ‘आँखाअगाडि असुरक्षा, अव्यवस्था र अराजकता बढेर गएको छ, हामी केही गर्न सक्दैनौं।’

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नो वडामा मात्रै २ सय १६ वटा मदिरा पसल सञ्चालनमा रहेको अध्यक्ष यादवले जानकारी दिए। ‘मदिराकै कारण चोरी, तस्करी र महिला हिंसाका घटना बढेका छन्,’ उनले थपे, ‘न्यायिक समितिमा आउने ८० प्रतिशत उजुरी मदिरा सेवनका कारण हुने कुटपिटसँग सम्बन्धित छन्।’

सुरक्षाका लागि सिसी क्यामेरा 
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द चौधरी भने पदाधिकारीको असमझदारीका कारण कुनै पनि गतिविधि गर्न नसकिएको बताउँछन्। ‘मदिराको नियन्त्रण र व्यवस्थापनका लागि कार्यविधि चाहिन्छ, गाउँसभा नै नभएकाले कार्यविधि ल्याउन सकिएको छैन,’ उनले भने, ‘फागुनभित्रै गाउँसभा सम्पन्न गराउने प्रयास गरिरहेका छौं, कार्यविधि बनाएर त्यसलाई नियन्त्रण गर्ने योजनामा छौं।’

मन्दिर र भक्तजनको सुरक्षाका लागि गाउँपालिकाले सिसी क्यामेरा जडान गर्ने योजना बनाएको उनले जानकारी दिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सदरमुकाम राजविराजबाट १० किलोमिटर दक्षिण तथा भारतीय सीमा नजिकै रहेको छिन्नमस्ता भगवती मन्दिर मुलुकका प्रसिद्ध शक्तिपीठहरु मध्ये एक हो। भगवतीको पूजा गरे मनोकामना पूरा हुने जनविश्वास छ। मन्दिरमा नेपालका अतिरिक्त भारतको दिल्ली, कलकत्ता लगायतका स्थानबाट समेत दर्शनार्थीहरु दर्शन तथा पूजापाठका लागि आउने गरेका छन्। मनोकामना पूरा भएपछि बलि दिन आउनेहरुको पनि यस मन्दिरमा बर्सेनि भिड लाग्ने गरेको छ। यस मन्दिरमा बोका, भेडा, परेवा, हाँस, माछा लगायतको बलि दिने गरिन्छ।

मन्दिरको इतिहास
करिब सवा सय वर्षअघि सखडाको भगवती मन्दिर एउटा गुफाको रूपमा थियो। त्यहाँ स्थानीय बासिन्दा च्याखुरी नानी र चुनीलाल ठाकुरले सफा गरी भीक्षाटनबाट संकलित रकमबाट सानो मन्दिर निर्माण गरेका थिए। तर विसं १९९० सालको भूकम्पमा भत्किएकाले त्यस बेलाका पुजारी अनिरुद्ध ठाकुरले समाजको सहयोगमा टिनको छाना भएको मन्दिर बनाएका थिए। त्यसपछि २०२८ सालमा तत्कालीन भारतीय रेलमन्त्री ललित नारायण मिश्रले पक्की मन्दिरको साथै तीनकोठे धर्मशाला पनि बनाउन लगाएका थिए।

यसैगरी, २०४४ सालमा तत्कालीन राजा वीरेन्द्रले मन्दिर निर्माणको लागि ५ लाख रुपैयाँ सहयोग गर्दै भगवतीको प्यागोडा शैलीको भव्य मन्दिरको निर्माण गराएको पीठाधीश ठाकुर बताउँछन्।

प्राचीन इतिहास र किंवदन्तिअनुसार, सन् १०९७ मा मुसलमानले आक्रमण गर्दा कर्नाटकका कर्नाटवंशी राजा नान्यदेव भागेर पाटलीपुत्र हुँदै मिथिला आइपुगेका थिए। उनले सिम्रौनगढ (बारा) मा राजधानी कायम गरे। यिनै नान्यदेव वंशको पाँचौं पुस्तामा शक्रसिंह देव राजा भएका थिए। उनी नाबालक छोरा हरिसिंह देवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी आए।

त्यसबेला जंगलले ढाकिएको यस स्थानमा जंगल सफा गर्दा भेटिएको भगवती मूर्तिलाई उनले आफ्नो कुलदेवीको रूपमा स्थापना गरी आफ्नो नामबाट देवीको नाम शक्रेश्वरी राखे भन्ने भनाइ छ। देवीको शिर नभएकोले केही समयपछि छिन्नमस्ता भगवती भन्न थालिएको हो। 

प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५  १४:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्