• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ २०, २०८२ Tue, Feb 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: लगानीकर्ताको घुर्कीपछि निर्माणमा छलाङ

64x64
नेपाल लाइभ आइतबार, फागुन १९, २०७५  १२:३२
1140x725

काठमाडौं– सरकारले २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन’ सँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता गर्‍यो। सम्झौताअनुसार ठेकदारले २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको ‘आइसिबी– जिरो एक’ अन्तर्गतका सबै काम सक्नुपर्ने थियो।

सरकारले ६ अर्ब २२ करोड रुपैयाँमा ‘आइसिबी– जिरो एक’ अन्तर्गत विमानस्थलको ३ हजार मिटरको रनवे, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवन र टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो। 

सम्झौतालगत्तै चिनियाँ ठकेदारले काम थालनी गर्‍यो। तर, निर्माण कम्पनीले तोकिएको समयसम्ममा २७ प्रतिशत मात्रै काम गरेको थियो। निर्माण कम्पनीले  २०१५ अप्रिल २५ मा आएको विनासकारी भूकम्प र भारतीय नाकाबन्दीका कारण निर्माणमा ढिलाइ भएको बताउँदै आएको थियो।

तर, भूकम्प र नाकाबन्दीको बहाना सतप्रतिशत सत्य थिएन। निर्माण कम्पनीले आफैंले पनि सम्भव भएका काम टारिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरवका आयोजना निर्देशक प्रदीप अधिकारी बताउँछन्। विमानस्थल निर्माणमा सरकारको तर्फबाट गर्नुपर्ने केही काममा बिलम्व देखिए पनि मूलतः निर्माण कम्पनीको व्यवस्थापन कमजोर हुँदा काममा ढिलाइ भएको अधिकारीको भनाइ छ।

‘हामीले विमानस्थल निर्माणको कामलाई दुई चरणका विभाजन गरेर अगाडि बढाएका थियौं’, उनले भने, ‘पहिलो चरणमा आइसिबी जिरो एक र दोस्रो चरणमा आइसिबी जिरो २ थियो।’ आइसबी जिरो १ मा भौतिक पूर्वाधार र आइसिबी जिरो २ मा विमानस्थल सञ्चालनका लागि आवश्यक सञ्चार उपकरण र सर्भिलेन्स जडान थियो।

लगानीकर्ताको चेतावनीपछि काममा छलाङ
सन् २०१७ को डिसेम्बरसम्ममा आइपुग्दा चिनियाँ निर्माण कम्पनी विमानस्थल निर्माणका करिब २७ प्रतिशत मात्रै काम सम्पन्न गरेको थियो। निर्माण कम्पनीको काममा प्रमुख लगानीकर्ता एसियाली विकास बैंक (एडिबी) खुसी थिएन।

सन् २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थल निर्माण सम्पन्न हुनुपर्ने सम्झौता थियो। सम्झौता समय सकिनैलाग्दा सरकारले विमानस्थ निर्माणमा चिनियाँ ठेकदारको समय थपको तयारी गरिरहेको थियो।

तत्कालीन सयममा सबै पक्षको छलफलबाट तत्काल निर्माण कम्पनीको ठेक्का रद्ध गर्नुभन्दा समय थप गर्नु नै उचित रहेको ठहर भएको अधिकारी बताउँछन्। सबै सरोकारवालाको छलफलपछि सन् २०१७ डिसेम्बेर ३१ सम्मको सयम अवधि बढाएर सन् २०१९ जुन २८ सम्मको समय थप गरेर विमानस्थल निर्माणको काम सक्ने निर्णय भएको थियो।

Ncell 2
Ncell 2

समय थपकै तयारी भइरहेको बेला एक्कासि प्रमुख लगानीकर्ता एडिबीले डिसेम्बर १९ मा अब हामी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि रकम उपलब्ध गराउन सक्दैनौं भन्दै पत्र लेखेको अधिकारी बताउँछन्।

एडिबीले लगानी गर्न सक्दैनाैं भन्दै पत्र लेख्नुको आसय अब निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्ध गर्नुपर्छ भन्ने मनसाय रहेको उनको भनाइ छ। ‘लगानीकर्ताले काममा ढिलासुस्ती गर्र्दैगर्दा पत्र लेख्नु पनि स्वभाविक नै थियो’, अधिकारीले भने, ‘निर्माण कम्पनीले पनि काम त्यति चासो देखाएको थिएन।’

त्यतिखेर भर्खरै मात्र नेपाल नागरिक उड्डयन प्राधिकरण, राष्ट्रिय गौरवको आयोजना प्रमुखको जिम्मेवारी समालेका थिए अधिकारीले। एडिबीको पत्र पाउनासाथ आफूले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई खबर गरेको उनी सम्झन्छन्।

महानिर्देशक सँगसँगै आयोजना प्रमुखको हैसियतले आफूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्चपदमा बसेर काम गरिरहेका कर्मचारी र तत्कालीन मन्त्री तथा सचिवलाई जानकारी गराएको उनको भनाइ छ। ‘एडीबीको चेतावनी पत्रको विषयमा सबै जानकार भइसकेको थियौ’, अधिकारीले भने, ‘अब विषय थियो कसरी विमानस्थल निर्माणका कामलाई अगाडि बढाउने।’

‘सरोकारवाला सबैबीच विभिन्न चरणमा छलफल चल्दै गयो। छलफलको एउटै निष्कर्ष थियो, यो प्रोजेक्टका काम गरिरहेको निर्माण कम्पनीसँगको ठेक्का रद्ध गर्नु हुँदैन।  निर्माण कम्पनीसँगको रद्ध गर्दा केही फाइदा छैन। ‘ठिक छ, एक वर्ष अगाडि विमानस्थल सञ्चालनमा आउनुपर्ने ठाउँमा एक वर्ष पछाडि जान्छ तर ठेक्का सम्झौता रद्ध गर्नु भने हुन्न’, एडीबीको चेतावनी पत्रपछिको छलफलमा भएको विषय अधिकारीले हामीलाई यसरी सुनाए।

यति लामो समय त नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थलले काम चलेको छ।  फेरि ६ अर्बको ठेक्का तोडेर पुनः स्टेटमेन्ट तथा टेन्डर प्रक्रियामा लाग्ने हो भने समय पनि थप हुने र लागत १० देखि १२ अर्ब पुग्छ भन्ने निस्कर्षमा सबै सरोकारवाला एकमत भएका थिए।

तत्कालीन समयमा आयोजनाको कार्यालय, प्राधिकरण र मन्त्रालयले लगानीकर्ताले हात झिके पनि ठेक्का रद्ध नगर्ने निर्णय गरेको उनी बताउँछन्।

उनका अनुसार लगानीको विषयमा प्राधिकरणले आफ्नै आन्तरिक स्रोत र साधनबाट काम अगाडि बढाउने निर्णयसहित काम अगाडि बढाएको थियो।

लगानीकर्ता आओस् वा नआओस् यो त हाम्रो राष्ट्रको गौरवको प्रोजेक्ट हो भन्दै काम सुरु गरेको अधिकारी बताउँछन्।

‘पुस महिनामा एडिबीसँग यस्तो घटना घटेको थियो’, उनले भने, ‘तर, वैशाख महिनामै हामीले कामलाई ५० प्रतिशतको हाराहारीमा पुर्‍याउन सफल भएका थियौं।’

काम आश्चर्यचकित थियो। तीन वर्षमा २६/२७ प्रतिशत मात्रै काम भएको थियो। तर, हामीले ६ महिनामा कामलाई ५० प्रतिशत पुर्‍याउन सफल भएको उनले बताए। 

‘काममा सफल हुनमा पछाडि कोही एक्लैको प्रयासले भएको छैन’, उनले भने, ‘काममा सफलता पाउनुमा तत्कालीन जिप्रका प्रमुख, स्थानीय विकास प्रमुख, पर्यटन मन्त्रालय, तत्कालीन मन्त्री, सचिव, महानिर्देशक सबैको प्रयास र सहयोगबाट काममा सफलता पाएका हौं। प्रमुख लगानीकर्ताले हात झिक्ने चेतावनी दिँदासम्म विमानस्थल निर्माणका लागि आवश्यक कच्चा पदार्थ सहज अवस्थामा पाउनसक्न अवस्था थिएन।’

जिप्रका र स्थानीय विकास प्रमुखको सहयोगबाट वातावरण प्रभाव मूल्यांक गर्न लगाएर तुरुन्तै कच्चा पदार्थ सहज रुपमा लिने अवस्था आएको उनले बताए। विमानस्थल निर्माणका लागि आवश्यक रकममा प्राधिकरणले कहिल्यै पनि नरोक्दा समस्या सहज गर्न सकिएको उनको भनाइ छ।

‘तत्काल नै कुनै निर्णय गर्नुपरेको अवस्थामा पनि प्राधिकरणले  फाइल रोक्ने काम गरेन’, अधिकारी सम्झन्छन्, ‘कामका लागि आवश्यक सबैले गर्नुपर्ने काममा सहज रुपमा निर्णय हुँदै गयो। सरकारले पनि प्राथमिकताका साथ काम अगाडि बढाएको थियो। जसका कारण वैशाखसम्ममा हामीले विमानस्थल भौतिक निर्माणको काम ५० प्रतिशत पु¥याउन सफल भएका थियौं।’ काममा तिब्रता देखेपछि प्रमुख लगानीकर्ता पनि पुनः लगानी गर्न तत्पर भएको थियो।

कहाँ पुग्यो काम
विमानस्थल निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ। विमानस्थल सञ्चालनका लागि चाहिने पूर्वाधार र उपकरण हो। आइसिबी जिरो १ (पूर्वाधार निर्माण) को काम ६२ देखि ६५ प्रतिशत सम्पन्न भइसकेको छ।

आइसिबी जिरो २ (सञ्चार उपकरण तथा सर्भिलेन्स जडान) को लागि मार्चको पहिलो सातामा खरिद तथा जडानका लागि कम्पनीसँग सम्झौता हुने अधिकारी बताउँछन्।

यो काम सम्झौता भएको ६ देखि ७ महिनामा सम्पन्न गर्ने तयारीका साथ अगाडि बढेको उनको भनाइ छ। पूर्वाधार निर्माणतर्फ फिनिसिङको काम बाँकी रहेकै अवस्थामा विमानस्थल यही दिनबाट सञ्चालनमा ल्याउँछौं र यही दिन परीक्षण उडान गर्छौं भन्नसक्ने अवस्था भने नरेहको अधिकारी बताउँछन्।

तर, छिटोभन्दा छिटो तोकिएको समयमै निर्माणको काम सम्पन्न गरी विमानस्थल सञ्चालनमा आउने उनको भनाइ छ।

‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कस्टम, अध्यागमन, क्वारेन्टाइन, एयरलाइन्सहरुलाई उडान अनुमति लगायतका थुपै काम हुन्छ। विमानस्थल निर्माण सम्पन्न हुनेवित्तिकै सञ्चालन हुने होइन। हामीले आउँदो भदौ–असोजसम्म सक्नेगरी कामलाई तिब्रता दिएका छौं,’ अधिकारीले भने।

‘विमानस्थल निर्माणअन्तर्गत रन वेको पिच गर्ने काम अबको एक महिनाभित्रै सम्पन्न हुनसक्छ,’ उनले भने, ‘त्यसपछि नयाँ रन वेमा परीक्षण उडान गर्न सकिन्छ। अझै भिएफआरमा पनि हामीले प्रोसुडर मिलाउन सकेको अवस्थामा अन्तर्राष्ट्रिय उडान पनि गर्न सक्छौं।’

तर, साच्चिकै अन्तर्राष्ट्रिय विमानस्थल अपरेसन गर्ने कुरा भनेजस्तो सहज छैन। यसमा विमानस्थल निर्माण सम्पन्न हुँदैमा सम्भव छैन। तर, आज नै यही दिनमा विमानस्थलबाट उडान सुरु हुन्छ भन्न सकिने अवस्था भने नरहेको उनको तर्क छ। विमानस्थल निर्माणमा भन्दा जग्गामा बढी रकम खर्च भएको छ। जग्गा मुआब्जामा मात्रै २३ अर्ब खर्च भएको छ। अहिले प्राधिकरणले कार्गो भवन निर्माण गर्न समेत थालिसकेको छ।

रवीन्द्र अधिकारीको त्यो निर्णय
आज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमनस्थल निर्माणमा छलाङ देखिनुको पछाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको योगदान ठूलो छ। अधिकारीको एउटै लक्ष्य थियो, आउँदो अगस्टमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्ने। तर, अगस्टमा विमानस्थलमा परीक्षण उडान भए पनि अधिकारीले देख्न पाउने छैनन्।

अधिकारीको फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भइसकेको छ। उनै अधिकारीले अघिल्लो पटक विकास समितिको सभापति हुुँदा नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ विमानस्थललाई हेर्नेगरी राष्ट्रिय गौरबको आयोजनाको छुट्टै युनिट गठन गर्न निर्देशन दिएका थिए।

अधिकारीको यही निर्णयले पछिल्लो समय विमानस्थल निर्माणको काममा सफलता पाउन सकिएको आयोजनका प्रमुख (निर्देशक) अधिकारी बताउँछन्। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पिच र कार्गो भवन उद्घाटन पनि स्वर्गीय मन्त्री अधिकारीले नै गरेका थिए। 

प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५  १२:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालले आज युएईविरुद्ध टी-२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै
अमेरिका–भारत व्यापार सम्झौता, भारतीय वस्तुमा अमेरिकी भन्सार दर घट्ने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ससुराली पुगेर श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या मंगलबार, माघ २०, २०८२
नेपालले आज युएईविरुद्ध टी-२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै मंगलबार, माघ २०, २०८२
अमेरिका–भारत व्यापार सम्झौता, भारतीय वस्तुमा अमेरिकी भन्सार दर घट्ने मंगलबार, माघ २०, २०८२
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर मंगलबार, माघ २०, २०८२
आज उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना मंगलबार, माघ २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्री कार्कीको दाबी सोमबार, माघ १९, २०८२
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु सोमबार, माघ १९, २०८२
समानुपातिकको बन्दसूचीबाट आयोगले हटायो ७६ जनाको नाम सोमबार, माघ १९, २०८२
ओपिडी सेवा २५ हजारसम्मको मात्र उपलब्ध गराउने स्वास्थ्य बीमा बोर्डको निर्णय सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्