• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

छोराको अपुरो न्यायमा तड्पिरहेकी आमा 

64x64
नेपाल लाइभ आइतबार, माघ २७, २०७५  १७:४४
1140x725

काठमाडौं– सन्तान गुमाउँदाको असली पीडा आमाभन्दा अरु कसले पो महसुस गर्न सक्ला र?

८६ वर्षीया रामकुमारी श्रेष्ठलाई त्यही पीडामा दिन कटाउनु परेको छ। 

उ बेलाको समय त्यस्तै थियो-जसका धेरै सन्तान, गाउँका सम्पतिवाला उनै। बुढापाकाले आशिष दिन्थे- छोराछोरीले डाँडाकाँडै ढाकुन्। 

रामकुमारीले पनि ‘भगवानको प्रसाद’ भन्दै जन्माएकी थिइन्, ११ सन्तान। 

४ छोरा थिए, ३ छोरी। 

प्राकृतिक मृत्यु भएको भए चित्त बुझाउने ठाउँ हुन्थ्यो-यो संसारको रितै यस्तै। 

तर, उनका दुई छोरा उनीबाट जबरजस्ती छिनिएका थिए। हत्या भएको उनीहरूको।

ओखलढुंगा, पोकलीकी रामकुमारीका दुई छोरा देशमा चलेको सशस्त्र युद्धका सिकार भए। १६ वर्षअघि काँइलो छोरा गुमाएकी रामकुमारीले त्यसको चार वर्षपछि माइलो छोरा गुमाउनुपर्‍यो।

Ncell 2
Ncell 2
nimb
nimb

१० असार २०५५ मा उनका काँइला छोरा उज्जनकुमार श्रेष्ठको हत्या भयो। पूर्व माओवादी सांसद बालकृष्ण ढुंगेल र उनका राजनीतिक सहयात्री पुष्कर गौतमले हत्या गरेको शंका उज्जनको परिवारलाई थियो। 

पछि अदालतले यही कुरा प्रमाणित पनि गर्‍यो। 

भाइका निम्ति न्याय माग्न अदालतको ढोकामा पुगेपछि दाइ गणेशको पनि हत्या भयो, ६ मंसिर ०५९ मा।

उज्जनको हत्यामा दोषी प्रमाणित भएपछि ढुंगेल र गौतमले अदालतबाट जन्मकैदको सजाय पाए।  ढुंगेल ६ महिना मात्र जेल बसेर राजनीतिक पहुँच र शक्तिका आडमा बाहिर निस्किए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उज्जनको हत्यामा रामकुमारीले अपुरो न्याय पाइन्, गणेशको अझै मुद्दा चलिरहेको छ, जनकुपर उच्च अदालतमा। अधकल्चो न्यायले उनलाई सन्तोष होइन, बेचैनी दिइरहेको छ। छोराको अपुरो न्यायमा तड्पिरहेकी छन् रामकुमारी। 

उनी आफ्ना छोराहरूको कुनै गल्ती भएको भए पनि चित्त बुझाउने ठाउँ हुन्थ्यो भन्ने ठान्छिन्। ‘कुनै गल्ति गरेर मारेको भए मेरोे छोराले गल्ती गरेको थियो भन्नुहुन्थ्यो,’ उनको दुखेसो छ, ‘काँइलालाई बाटैमा मार्‍यो, माइलो छोरालाई खेतमा धान उठाउँदा उठाउँदै मारिदिए। यो भन्दा ठूलो अत्याचार के हुन्छ?’

छोराहरूको सम्झनाले पच्छ्याइरहन्छ उनलाई। अहिले १६ वर्ष भयो, छोरा गुमाएको। बाँचुञ्जेल छोरा गुमाउँदाको पीडाले नछाड्ने सुनाउँछिन् उनी।

‘आफ्ना छोराछोरीको सम्झना त आइहाल्छ नि,’ खस्नै आँटेको आँसु रोक्ने प्रयास गर्दै उनले भनिन्, ‘बाँचुञ्जेल सम्झना आइरहन्छ। मरेपछि मात्रै सम्झना हराउँछ होला।’

गाउँमा खेतीपाती, सनोतिनो व्यापार थियो श्रेष्ठ परिवारको। सकेसम्म गाउँलेलाई सहयोगै गर्थे उनीहरू। उनीहरूलाई गाउँलेले पनि राम्रै मान्थे। 

तर, छोराको हत्यापछि काठमाडौं आएकी रामकुमारी १६ वर्षमा एक पटक पनि गाउँ फिरेकी छैनन्। फर्केर जान पनि मन लाग्दैन उनलाई। ‘जहिले त्यो घटना भयो त्यसपछि मलाई निद्रा पनि लागेन्, भोक पनि लागेन,’ उनी सम्झिन्छिन्, ‘मलाई बोकेर काठमाडौँ ल्याइएको थियो। त्यहाँदेखिन म फर्केर गएकी छैन। मलाई त्यो ठाउँमै फर्केर जान मन लाग्दैन।’ 

छोराका हत्याराले अदालतले तोकेको सजाय नपाउँदा घाउमा नुनचुक छर्केझैं भएको छ उनलाई। ‘एउटा निस्कियो, अर्को अझै जेलमा छ,’ उनी सुनाउँछिन्, ‘नियम पूरा गरिदिएन। जन्म कैदको सजाय थियो बीचमै छुटाए। उनीहरूले अदालतले भने बमोजिम पुर्‍याएनन्।’

पूरा न्याय पाइयोस् भन्ने उनको चाहाना छ। तर, त्यसो होला भन्ने आशा–भरोसा भने छैन। ‘बोलेको कुरा नपु¥याउने’ सरकारले आफूलाई पुरा न्याय देला भन्ने भरोसा नै नभएको बताउँछिन् उनी। भन्छिन्, ‘सरकारै बलियो छैन, के गर्नु? बोलेको कुरा पुर्‍याउँदैन सरकारले।’

छट्पटाइरहेका बुहारी
छोरा गुमाएको पीडामा जति रामकुमारी डुबेकी छन्, त्यतिकै पीडामा छन् उनका बुहारीहरू पनि। 

उज्जनकी श्रीमती हुन् लक्ष्मी श्रेष्ठ। उनी १८ वर्षकी छँदा उज्जनसँग विहे भयो। पतिको हत्या हुँदा उनी सिन्धुलीमा (माइती) थिइन्।

त्यतिबेला ससुरा बुवा बिरामी भएको भनेर उनलाई घर बोलाइएको थियो। जब उज्जनको हत्या भन्ने कुरा थाहा पाइन्– उनी ममार्हत बनिन्। 

उज्जनको माइला दाजु गणेशकी श्रीमती हुन् लक्ष्मीदेवी। अहिले ५३ वर्षकी भइन्। 

विगत १६ वर्षदेखि श्रीमान् गुमाउँदाको पीडामा पिल्सिरहेकी छन् उनी। 

आफ्ना प्रिय पति मारिदिएपछि जिन्दगीप्रतिको भरोसा उनीबाट उडेको थियो। तर, दुई छोराको खुसीको लागि पनि पीडा लुकाएर हाँस्न परिरहेको छ। 

उनी आफूले मात्रै नभई सबैले न्याय पाऊन् भन्ने कामना गर्छिन्। भन्छिन्, ‘हामीले मात्रै होइन सबैले न्याय पाइदिए हुन्थ्यो।’

पति गणेशको हत्या हुँदा लक्ष्मीदेवी काठमाडौंमा थिइन्। बिरामी भएर उनी उपचारका लागि यहाँ आएकी थिइन्। श्रीमानको हत्या भएको उनले पाँच दिनपछि मात्रै थाहा पाइन्। 

भाइको न्यायका निम्ति लड्दा लड्दै गणेशको पनि हत्या भएको थियो। जनकपुर उच्च अदालतमा पतिको न्यायका लागि अझै मुद्दा लडिरहेकी छिन् उनी।

पति वियोगको पीडा त छ छँदै थियो, अर्को पीडा थपियो उनलाई, जब छोरीले आत्महत्या गरिन्। बुवा गुमाउनु परेको पीडाले आत्महत्या गरेकी थिइन् छोरीले। 

न्याय पाइएला त?

‘आशा त गनुपर्‍यो,’ यत्ति छ, यसमा उनको जवाफ।

यसरी भएको थियो त्यो घटना 

पोकली गाउँका व्यापारी जगतदास श्रेष्ठका छोरा थिए, उज्जन र गणेश। उज्जनमाथि बहुविवाह र युवतीलाई दुव्र्यवहार गरेका अरोप लागेका थिए।

यसैलाई देखाउँदै गाउँ नछाडे ‘जनकारबाही’ गर्ने धम्कीसमेत आएको थियो भूमिगत माओवादीबाट। 
गाउँमा जगतदासको पारिवारिक पानीघट्ट थियो।

त्यसको समान बिग्रिएपछि दुई भरिया लिएर उज्जन घट्ट मर्मतका लागि छिमेकी जिल्ला रामेछापको धोबीहाट जाँदै थिए। 

१० असार ०५५ को बिहानै ४ बजे उनलाई माओवादीले गोलि हाने। परिवारले शव भेट्टाएनन्, तर रगतले लत्पतिएको घटनास्थल देखे। प्रत्यक्षदर्शीले बिभत्स ढंगले उज्जनको हत्या गरेर खोलामा बगाइदिएको बताएका थिए। 

भाइको हत्याविरुद्ध दाइ गणेशकुमारले बालकृष्ण ढुंगेल, पुष्कर गौतम लगायत १५ जना विरुद्ध प्रहरीमा जाहेरी दिए। धानखेतमै काम गरिरहेका बेला ६ मंसिर ०५९ मा गणेशको पनि हत्या भयो।

त्यो घटनापछि प्रहरीबाट गाउँमा पक्राउ र धरपकडका धेरै घटना भए। 

उज्जन हत्याको मुख्य अभियुक्तका रुपमा २१ वैशाख ०६१ मा ढुंगेल र गौतमलाई जिल्ला अदालत ओखलढुंगाले सर्वस्वसहित जन्म कैदको फैसला सुनायो। 

तत्कालीन समयमा माओवादीका जिल्ला सदस्य भनिएका गौतमले टर्च देखाउने र कृष्ण ढुंगेलले गोली हानेको अभियोग थियो।

गौतम बालकृष्णका राजनीतिक सहयात्री थिए। पुष्करले बालकृष्णसँगै जनमोर्चा नेपालबाट राजनीति प्रवेश गरेका थिए।

जिल्ला अदालत ओखलढुंगाको फैसलापछि पक्राउ परेका ढुंगेल पुनरावेदन अदालत राजविराजले ११ असार ०६३ मा फैसला उल्टाएपछि रिहा  भए। 

तर, सर्वाेच्च अदालतले १९ पुस ०६६ मा जिल्ला अदालतकै फैसला सदर गर्‍यो। ढुंगेलले आफूविरुद्ध फैसला गर्ने ‘न्यायाधीशको तिघ्रा चिर्ने’ धम्कीसमेत थिए। त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अबहेलना मुद्दा दर्ता गराए। 

३१ चैतमा सात दिनभित्र पक्राउ गरी प्रतिवेदन दिन प्रहरी महानिरीक्षकको नाममा सर्वोच्चबाट आदेश भएपछि उनी १५ कार्तिक ०७४ मा पक्राउ परेका थिए। 

त्यसको ६ महिनापछि सकारले  ‘असल चालचलन’ भएको भन्दै १५ जेठ २०७५ मा गणतन्त्र दिवसका दिन ढुंगेललाई आममाफी दियो। माफी नपाएको भए ढुंगेल ५ वैशाख ०८७ सम्म जेलमै रहनुपर्दथ्यो। 

तर, एउटै मुद्दामा कैदमा रहेका अर्का पूर्वमाओवादी नेता गौतमलाई भने सरकारले आममाफी दिएन। उनी भने अहिले पनि केन्द्रीय कारागारमै सजाय काटिरहेका छन्। 

सबै तस्बिरः निमेषजंग राई/नेपाल लाइभ

प्रकाशित मिति: आइतबार, माघ २७, २०७५  १७:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी बुधबार, असोज २८, २०८३
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्