• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

निबन्ध : म ठिक हुनेछु

64x64
नेपाल लाइभ शनिबार, पुस २८, २०७५  ०६:१३
1140x725

कसैको याद आउनु बेठिक हुनु हैन। म ठिक छु।

जून हराएको रातमा अबेरसम्म सोचीबसें। म जसलाई सम्झिँदा संसार बिर्सिन्छु, उसैलाई संसारले नगनेका, समाजले नपत्याएका र समयले लत्याएका झिना चिजहरूले सम्झाउँदा रहेछन्, व्यर्थ कुराले अर्थ राख्दा रहेछन्।

सम्साँझैमा अँध्यारोले आफ्ना साथीहरू लिएर हिँड्ने सानो गल्लीले सम्झना दिलाउँदो रहेछ उसको, जसलाई सम्झिसकेपछि म संसार बिर्सन्छु। एउटा गरुंगो टाउको घाँटीमा अड्याएर अगाडि बढिरहेका दुई खुट्टा टक्क अडिन्छन्, नयाँ सडकको पुरानो गेटनेर पुगेपछि।

हो यही गेटमुनि भएथ्यो पहिलो भेट र सायद त्यही भेट अन्तिम पनि हो।

पहिलो नै अन्तिम कसरी हुनसक्छ?

म अत्तालिएथें। कसरी–कसरी म अँगालो हाल्न पुगेछु। पुग्दा–नपुग्दै अँगालोबाट छुट्टिएको पनि थिएँ। तर, यी सब मैले गरेको हैन, आफैं भएका हुन्।

आजकल त्यो गेटबाट भित्र जान मन लाग्दैन। अलिक तल झरेर संकटा बजारबाट सानो गल्ली हुँदै अगाडि बढ्छु। संकटा बजारबाट भित्र छिरेपछि मभित्र ‘संकटकाल’ लाग्छ। चारैतिरबाट यादहरुको आक्रमणमा पर्छु। अब कुनै हातलमा पनि मुक्त हुन सक्दिनँ। झन छिटोछिटो पाइला चाल्छु। कसो–कसो भूगोल पार्कनेर पुग्छु। एक भूगोल सम्झिन्छु उसलाई, जसको हृदयको भूगोलमा मेरा निम्ति कुनै ठाउँ छैन। जसको हृदयको दुर्गम खोँच, जहाँ मेरा सम्झनाहरू वर्षौं हिँडेर पनि पुग्न सक्दैनन्, बाट भिजेका गह्रौं परेला उठाएर हेर्दा पनि म आफूलाई भेट्टाउँदिन।

०००

Ncell 2
Ncell 2
nimb
nimb

हृदयमा शिशिरयाम पालेर उजाडिँदै वसन्तपुर पुगेपछि सम्झनाका झुन्डहरूले

–कतै भत्किएर छोडिएका इँटाबाट, जसको छातीमा अझै पनि टाँसिएको छ थोरै सिमेन्टको सम्झना

–कतै टुँडालबाट, जहाँ केही असली र अश्लिल सम्झनाहरू छन्

–कतै पेटीबाट

Xtrem

Xtrem

–कतै भत्किन नसकेका पर्खालबाट

–कतै भवन अड्याउन कस्सिएर लागि परेका टेकाहरूबाट

–कतै चारो टिपिरहेका परेवाका बथानबाट

–कतै हात समातेर बसेका नयाँ जोडीबाट

–कतै जिन्दगीको यात्रा गर्दा थाकेर च्यातिएका, खिइएका, पातलिएका पैताला लिएर उभिएका गोडाबाट मलाई लगातार आक्रमण गरिरहन्छन्।

तर, रत्तिभर कसैको सम्झनाको आक्रमणमा पर्नु बेठिक हुनु हैन, म ठिक छु।

०००

बादलका थुम्काहरुबाट छुट्टिएको एक झुप्पा बादलजस्तो सानो हावाको पछि लागेर उसले जता लैजान्छ पिछा गर्दै, कतै फैलिँदै, कतै खुम्चिँदै सालघारीको भित्र–भित्र सालका पात–पातमा पुगेर फेरि उकालो चढेर, भिरपाखाका ओढारहरू चहार्दै, आफू हुनुको आशा मार्दै आफू–आफूमै टुक्रिँदै, जोडिँदै, दुःखको देउरालीनिर पुगेर सम्झनाको पाती चुँडेर, तिम्रो मुटुजस्तो ढुङ्गा नबिउँझिनेगरि आडैमा चढाएर, काँपिरहेका हात जोडेर, एकपटक फेरि तिमीलाई माग्नु?

फेरि उकालो बगेर हावाको पछि–पछि, थकाइ लागेपनि हिँड्नु पर्दा, यो जिन्दगीको भारी यहीँनेर बिसाउँ लाग्दा पनि नपाएर, हावाले जबर्जस्ती पछाडिबाट धकेलिरहँदा, हावाको अघि–अघि धकेलिएर पहाडका टाकुरा हुँदै बगेर, यादको जङ्गलमा चिथोरिँदै, कोतरिँदै, खोँचहरूमा हराउँदै, पुनः भेटिँदै गरेर खै! कहाँ–कहाँ पुगिसकें म।

फेरि पनि बाटो बिराउनु बेठिक हुनु हैन, म ठिक छु।

आफ्ना गाला आफ्नै आँसुले पखालेर

मुटु चिरेर प्रत्येक भिन्दाभिन्दै टुक्रामा तिमीलाई खोज्दा

नभेट्टाउँदा रिसले भित्ताहरूमा टाउको ठोकेर

आफ्नै कपाल लुछेर

औंला टोकेर

यसै–यसै मुर्मुरिँदै

फेरि अनायास के सोचेर

आँखा पगालेर थोपा–थोपामा बगाएर

कहिले पो सकिन्छ र हृदयको भार

पीडाको महासागर

र पनि एउटा असफल प्रयास गरिरहन मन लाग्छ।

०००

आँसुको मुहानभन्दा धेरै माथिको गाउँबाट म तिमीलाई सम्झिन्छु।

सम्झनाको जराभन्दा धेरै भित्र कता हो कताबाट म तिमीलाई सम्झिन्छु। म तिमीलाई फूल फुल्दा सम्झिन्छु, उति नै सम्झिन्छु फूल ओइलिँदा पनि।

आँखामा आँसु अडिन नखोज्दा म तिमीलाई सम्झिन्छु। परेलीको डिल भत्किन नखोज्दा पनि म तिमीलाई सम्झिन्छु।

जाडोमा पानी छुँदा जसरी शरीरमा काँडा उम्रिन्छन्, त्यसैगरी एकान्तमा मैले मलाई नै छुँदा मेरो शरीरभरी तिम्रा याद उम्रिन्छन्।

मेरो हिउँजस्तो चिसो आत्मा किन छैन, हिमालजस्तो अडिग?

किन भड्की हिँड्छ आत्मा, सम्झनाका कुइनेटाहरूमा, खोल्साखाल्सीहरूमा?

म एक नारायणीजति रोएर आफूलाई पखाल्न खोज्छु, तर हरेक प्रयासको अन्त्यमा लाग्छ, मेरो अनुहारमा थप हिलो छ्यापिएको छ।

तर रुनु बेठिक हुनु हैन, म ठिक छु।

०००

बिहान निद्राबाट झल्यास्स बिउँझिएजस्तो एकदिन बिउँझिने छु प्रेमबाट। म अब ब्रह्ममूहुर्तमा त बिउँझिन सक्दिनँ, किनकी ब्रह्ममूहुर्त गइसक्यो र अझै पनि म निदाइरहेछु।

हुन सक्छ म पाँच बजेतिर बिउँझिने छु। खाटमुनिबाट तामाको बेलाको मुख छोपिरहेको स्टिलको सानो प्लेट निकालेर, पानी पिउने छु। सिरानी छेउमा मसँगै सुतिरहेको मोबाइल तानेर चलिरहेको समय हेर्नेछु। हुन सक्नेछन् मोबाइलमा केही मृत्युका मिसकलहरू। मोबाइल लक गरेर शौचालय पुग्नेछु। स्नान कक्षमा पुगेर पखाल्ने छु ऐठन हुँदा आएका पसिना। फेर्नेछु भित्री वस्त्र। केही थान जप्नेछु ईश्वरको नाम।

म यी सब कुरा मध्यम गतिमा गर्नेछु। त्यस्तो बाक्लो बेफुर्सद मसँग हुनेछैन। मलाई त्यही ५ः४५ बजेको कलेज भेट्नु त छ। खास हतार गर्नुपर्ने छैन। म मध्यम गतिमा चल्नेछु।

अथवा

म ५ः३० बजे बिउँझिने छु। घडी हेरिसक्दा थाहा हुनेछ मलाई कि म ढिलो गरेर बिउँझिएँ। र पनि मसँग अझै थोरै समय बाँकी छ। म यसैलाई फारु गरेर चलाउने छु। म हतार गर्नेछु। मलाई फुर्सद हुनेछैन, मोबाइलमा मृत्युको मिसकल चेक गर्ने।

मलाई फुर्सद हुनेछैन, खाटमुनि बेलामा राखेको पानीले रुद्रघन्टीलाई भित्र–बाहिर, भित्र–बाहिर गराउँदै ठाडो घाँटी पारेर पिउने पनि छैन। म केवल पुग्नेछु शौचालय, फाल्नेछु पिसाब।

हतारमै धुनेछु अनुहार या आँखाका कापमा जमेका कचेरा गम्छाले पुछेर यत्तिकै ड्रेस लगाउन पनि सकुलाँ। जे भए पनि म हतार गरेर समय फारु गर्नेछु। म कमिजको टाँक लगाउँदै जानेछु कलेज। हुनसक्छ ढिलो हुँदा मसँग होस हुनेछैन। म टाँक नलगाइकनै पुग्न सक्नेछु लाइन कभरमा।

हतारमा मेरो पाइन्टको फस्नर खुल्ला हुनसक्नेछ। मेरो कमिजको कलर बिग्रिएको हुन सक्नेछ। म कलर उडेको जिन्दगीलाई ठिङ्ग उभ्याउने छु लाइनमा।

हेर्नेछु द्रुत गतिमा अगाडि लाइनमा को–को साथी आएछन् भनेर। हुनसक्छ मसँग त्यो समय पनि हुनेछैन। म लाइनमा पुग्दा बित्तिकै सुरु हुनेछ प्रार्थना।

शिरो नमयित्वा,
हस्तौ बद्ध्वा
सरस्वतीं प्राथयामस्,
एकम् द्वे त्रिणी,
ॐ रविरुद्रपिता...

सयौं थुङ्गा फूलका हामी ...

श्रीमान् गम्भीर नेपाली ...

अथवा

म अझै अबेर बिउँझिनेछु।

प्रार्थना गरेर साथीहरू कलेजका कक्षा कोठामा गइसकेका हुनेछन्। झ्यालबाट बाहिर मधुरो नजर फाल्नेछु एकपटक। थुक्क गर्नेछु! केही डराउने छु। फेरि उतिबेलै मेरो डर हराई जानेछ। म एकपटक आफैंले आफैंलाई सुन्ने गरेर बेस्वादिलो आवाज गरेर भन्नेछु – ह्या....!

मलाई केही गर्ने जाँगर चल्नेछैन। लाग्नेछ, म ढिलो बिउँझिएँ। तर, केवल लाग्नेछ, अरु केही हुनेछैन। मलाई थाहा हुनेछ कि अब लागेर केही हुनेवाला छैन। त्यसपछि मलाई झ्याउ लाग्नेछ।

फेरि ज्यानलाई अकस्मात छोडिदिने छु। बिस्तारामा पल्टिने छु। सिरक तानेर भित्तापट्टि फर्किएर मुख ढाकेर सुत्नेछु म।

फेरि पनि अबेर गरेर ब्युझिँनु बेठिक हुनु हैन, म ठिक छु।

म होस्टेलमा छु। मलाई कसैले सोध्नेछैन– खाना खाइस्? भनेर। कसैको चिसो हातले छाम्नेछैन मेरो तातो निधार। कसैले भन्ने छैनन् मलाई– तँलाई त ज्वरो आएको छ भनेर। म अब कुन बेला बिउँझिने छु भन्ने पत्तो राख्नेछैन। खाना खाने समयतिर पनि बिउँझिन सक्नेछु। म बिउँझिएर पनि आँखा नखोली अबेरसम्म ब्ल्याङ्केटको छेउ तान्दै सुत्न पनि सक्नेछु। बिस्तारै मलाई लागेको पछुतो सेलाएर जानेछ। मलाई कुनै बिउँझिने रहरको हावाले छुने कोसिस गर्नेछैन। सम्झनाका पातहरू हल्लाउने छैन, बिउँझिने रहरको हावाले। दिनभर म यस्सै लडिरहने छु आँखा चिम्लिएर।

साँझ परेपछि जल्नेछ एउटा क्यान्डिल, मेरो शिरको नजिकै। उ रोइरहेको हुनेछ पग्लिँदै, तर म पग्लिने छैन। म त जमिसकेको हुनेछु अनन्तमा। म त पुगिसकेको हुनेछु अन्त्यमा। मसँग एउटा सिङ्गो अन्त्य रहने छ। मेरो अन्त्य हुने छैन, मसँग सिङ्गो अन्त्य रहने छ।

फेरि पनि अन्त्य हुनु बेठीक हुनु हैन, म ठिक हुनेछु।

प्रकाशित मिति: शनिबार, पुस २८, २०७५  ०६:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज बिहीबार, असोज १५, २०८३
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु बिहीबार, असोज १५, २०८३
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा बिहीबार, असोज १५, २०८३
फिजी भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल बिहीबार, असोज १५, २०८३
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्