• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ १५, २०८३ Fri, May 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

निबन्ध : च्यावादी हजुरबा

64x64
नेपाल लाइभ शनिबार, पुस १४, २०७५  ०८:३९
1140x725

हजुरबा हाम्रो घरमा बिपी कोइराला जस्तो हुनुहुन्थ्यो। बा अहिलेका नेताजस्तो भैजानु भो। म कार्यकर्ता जस्तो छु। घर देशजस्तो छ। अन्ततः भाँडभैलो छ।

हजुरलाई लाग्न सक्छ, यो कांग्रेस रहेछ। तर त्यस्तो हैन। म ‘कम निष्ठ’ हुँ। मलाई राजनीतिमा कुनै निष्ठा छैन।

OOO

‘हिन्, च्या खान जाम्’, भन्छ राजु।

मेरो उहाँसँग लामो समयदेखि ‘गृह’युद्ध चलिरहेछ। हुन त ‘गृह’युद्ध हैन, ऊ घरवाली हुन युद्ध नै गर्दिनँ मसँग। गर्दथी भने म आफ्नो सरकार आफैं ढलाइदिन्थेँ। सरकार सुम्पन तयार थेँ। विडम्बना, ऊ वार्तामा आउनै चाहन्ने। ममाथि आतंककारी हमला भैरहन्छ। तर, ऊ आतंककारीभन्दा नि खतरनाक छे। हमला गर्छे, तर हमलाको जिम्मा लिन्ने।

प्रिय,
तिमीभन्दा त ‘बोको हराम’का कार्यकता नै ठिक! कम्तीमा हमलाको जिम्मा त लिन्छन्।

OOO

जाडो छ। घामले आफूलाई तातो बनाउन एक बिहान लगाउँछ। अल्छी घाम अचेल अलिक अबेर गरी उठ्छ। हुस्सुको ब्लाङ्केट ओढेर डाँडामाथि आइइपुग्छ। आँखा मिच्छ। कचेरा फाल्छ। आङ तान्छ। हाई काढ्छ। उसलाई पनि त जाडो हुँदो हो।

nimb
nimb
Ncell 2
Ncell 2

विचरा घाम!

मसँग पुरानो सिरक छ। डल्लाडल्ला परेको छ उसको छाती। पुरानो सिरक घामलाई दिउँ पनि लाग्छ। तर म दिन्न!

राजुले चिया खान जाम् भनेको छ।

म भन्छु, 'छोड्दे यार! जाडो छ। मुटु चिसो हुन्छ बाहिर निस्किँदा।'

ऊ भन्छ, 'च्याको पैसा म तिर्छु। मुटु चिसो नबनाइहाल्।'

फिस्स हाँस्छु। मेरो लागि त्यतिबेला हाँस्नु नै एक मात्र विकल्प थियो।

आङमा स्वेटर टाँस्छु। धोती मिलाउँदै खाटबाट निस्किन्छु र चियापानका लागि तयार हुन्छु।

प्यारो स्वेटर थियो मेरो। कुन्नि कता हरायो। तर, स्वेटरसँगै सम्झना भने हराएको छैन। हराएको धेरै दिनसम्म म पिरमा परेँ। सुनाइहालूँ क्यारे।

कुनै बिहान उहाँ सोध्नुहुन्छ, ‘तिम्रो फेबरेट कलर कुन हो?’

मलाई ‘फेबरेट–सेबरेट’ केही थाहा थिएन। भनेँ, ‘जुन देख्यो त्यही मन पर्छ।’

फेरि भन्नुहुन्छ, ‘भन न कुन कलर मन पर्छ?’

सवालजवाफ पालो पुनः मैतर्फ फर्किन्छ। भन्छु, ‘भनिसकेँ त। जून देख्यो त्यही मन पर्छ, घाम देख्यो त्यही मन पर्छ।’

अबको पालो मेरो थियो, ‘हजुरलाई कुन कलर मन पर्छ?’

–कलेजी कलर।
–कलेजी कलर कस्तो हुन्छ?
–तिम्रो स्वेटरजस्तो।

म आङको स्वेटर हेर्छु। मलाई कलेजी कलर थाहा हुन्छ। साच्चिँकै जिन्दगीमा एकथान मायालु हुने हो भने धेरै कुरा थाहा हुँदो रहेछ।

उहाँ फेरि भन्नुहुन्छ, ‘आजबाट तिम्रो फेवरेट कलर नि कलेजी है।’

मलाई मेरो ‘फेवरेट कलर’ कलेजी हो भन्ने पनि थाहा हुन्छ।

म ङिच्च परेको इमो पठाउँछु।

(तपाईंलाई यतिबेला थाहा भइसक्यो कि हामीबीचको संवाद कुनै सामाजिक सञ्जालको भित्तामा सीमित छ, न कि आमने–सामने।)

मेरो ‘फेवरेट कलर’ घोषणा हुन्छ। त्यही दिनबाट त्यो स्वेटर खुब मन पर्छ मलाई।

कलेजी कलर मन पर्छ भन्नेले कलेजीमा ठाउँ पाइसकेकी हुन्छे। तर, अचानक एकदिन स्वेटर हराउँछ। मेरो कलेजी कलरको स्वेटर हराउनु, मेरो कलेजीमा बसेकी मान्छे हराउनु, अनि मेरो कलेजी नै हराउनु एकैपटक जस्तो हुन्छ।

फेरि पछि कुनै दिन कलेजी कलर मन पर्ने मान्छे भेटिन्छे। मेरो कलेजी पनि भेटिन्छ अलिक पुरानो भएर। तर, मेरो कलेजी कलरको स्वेटर भेटिन्न।

प्रिय स्वेटर, आई मिस यू। कलेजीमा बस्नेलाई जस्तो, कलेजीमा बस्नेले जस्तो झुठ बोल्दिन म तिमीसँग। प्यारी स्वेटर, साच्चिँकै मिस यू। सत्य।

लुकाउनैपर्‍यो च्यातिएको मन लगायो हिँड्यो।

अरु के सकियो र? कमिजका बटन लगायो हिँड्यो।

तिमीले दिएको गलबन्दी देखे मुटु चिसो हुन्छ, आमाले उनिदिएका स्वेटर छन् लगायो हिँड्यो।

OOO

म खासमा चियाको विकासवादबारे केही लेख्छु भनिरहेछु। तर, दिमागभरि मायालु भरिएर म उता जान सकिरहेको छैन। म अब जान्छु। शुभयात्रा भनिदिनुस् त।

ट्राभलिङ टू चियावाद।

सोध्नुहोला– चियावाद कहाँ पर्छ? 

ठाउँ चाहिएको हो भने चियावाद जिन्दावादभन्दा अलिक उता र धन्यवादभन्दा अलिक अगाडि पर्छ।

दिनभर कसैको पछि लागेर जिन्दावाद भनिसकेपछि चियावाद आउँछ र अन्त्यमा धन्यवादमा पुगेर सकिन्छ यात्रा।

चियासँग मेरो लगाबबारे म केही भन्छु अब।

हजुरबा बिपी जस्तै हुनुहुन्थ्यो। जसरी कांग्रेसले बिपीको नाम बेच्छ। आजसम्म पनि बेची नै रहेको छ।

(यो मेरो व्यक्तिगत बुझाइ हो।)

उसै गरेर मैले चिया पसलमा हजुरबाको नाम बेच्छु। साउनी चिया बेच्छिन्। हामी हरेक कुरा बेचिरहेका हुन्छौं। यहाँ जे पनि बिक्छ। मरेका मान्छेका कपडादेखि ज्युँदा मान्छेका अस्मितासम्म बिक्छ।

बस्, बेच्न जान्नुपर्छ।

आँसु बिक्छ सस्तोमा। म बेच्छु। प्रेम कहानी बिक्छ। म बेच्छु। तर, बेचिरहँदा आफूले किनेको चीज पुरानो भैसक्दो रहेछ। चिसो  भैसक्दो रहेछ।

एकछिन ल। मेरो चिया चिसो  भो।

OOO

हजुरबा बितेको वर्ष दिन पूरा भो अस्ति दसैंताका। बाल्यकालमा हजुरबाको खास प्यारो मान्छे हैन म। हुन त अन्तिम समयमा पनि खासै प्यारोमा परिन। 

खैर, दौरा सुरवालमाथि सेतो, मैलो खास्टो ओढेर खाटमाथि बसेका हजुरबा सम्झिन्छु म। अचेल पनि आकासमा हेर्दा बादलको खास्टो ओढेर बसिरहेको आकाश हजुरबा जस्तै लाग्छ मलाई। हजुरबा तगारोबाट भित्र पसेपछि मेरो सातो जान्थ्यो। चकचक गर्दा कैयौंपटक जिम्मालको घरमाथिसम्म हजुरबाले लखेटेको याद छ। म बाटोमै चप्पल छोडेर भाग्थें। फर्किंदा चप्पल खोज्नको हैरान।

म अचानक गुरुकुलमा पढ्न आएँ। अनि त घर जाँदा हजुरबाको उधुम प्यारो नातिमा परेँ। तर, भाइ जति प्यारो भने हैन। गुरुकुल फर्किंदा खुसुक्क पैसा दिनुहुन्थ्यो। म खुसी भैजान्थेँ। एक्कासी खुसीको बाक्लोपनको तह बढ्थ्यो। बिहान अबेरसम्म हजुरबा गीता पाठ गर्नुहुन्थ्यो, मृगको छालामाथि बसेर।

आँखा कम देख्न थालेपछि अलिक ठूलो अक्षर भएको गीता किनेर लगिदिएँ। यही नै हो मैले नाति भएर किन्न सकेको हजुरबाको नाममा। अब पनि खासै ठूलो लक्ष्य छैन, आफ्नै पैसाले बालाई एक प्याकेट देउराली चुरोट किनदिन सक्ने हुनु छ।

तर, हजुरबाले मेरा लागि एउटा परिचय नै किनिदिनुभएको रहेछ। कतै जाँदा मान्छेहरू सोध्ने गर्छन्- कसको छोरो होस्?

भन्न त मन लाग्छ हजुरबाको नाति हुँ।

फेरि उनैसँग प्रश्न गर्न मन लाग्छ- कसको नाति होस् भनेर किन सोध्नुहुन्न?

बाको नाम भन्छु (फलानोको छोरो हुँ। चिने पो। फेरि भन्छु-अग्निधरको नाति हुँ।
–ए हो र! खुब रसिला छन् बा।

फलानाको छोरो हुँ भन्दा ‘ए’ भन्दा अरु केही शब्द बोल्दैनन्। तर जब ‘अग्निधरको नाति हुँ’ भन्छु, त्यसपछि थप १०/१२ ओटा प्रश्न बढी सोधिन्छन् ममाथि, केही समय लम्बिन्छ वार्तालाप। लाग्छ, यी प्रश्न मेरा बलबुताले पाएको हैन, हजुरबाका प्रश्न हुन्।
अनि मलाई हम्मेहम्मे पर्छ हजुरबाको साख जोगाउन।

कसैले ‘तँ को होस्?’ भनेर प्रश्न गर्दा ‘म फलानोको नाति हुँ’ भनेर उत्तर दिँदा कसैले चिन्छ भने यो भन्दा ठूलो कुरा अरु के हुन सक्छ?

मलाई मेरो परिचय पनि हजुरबाले बनाइदिनुभएको रहेछ। म नाति जसले एउटा गीताको पौस्तक (हजुरबा पुस्तकलाई पौस्तक भन्नुहुन्थ्यो) बाहेक केही किनिदिन सकिनँ।

OOO

पहिले काँसको कचौरामा अगाडि चिया राखेर खाटमा बस्नुभएको हजुरबा सम्झिन्छु, जब म चिया देख्छु, भेट्छु, खान्छु कतै।
म सानै हुँदा गाउँ डुलेर जब हजुरबा घर आउनुहुन्थ्यो, छोइछिटा गरिदिनुपर्थ्यो। पानी छर्किदिनुपर्थ्यो। गाउँमा सबै हजुरबाहरू कांग्रेस थिए, तर हजुरबा हुनुहुन्थेन। सूचीकार, ताम्राकार सबैसँग छोइने हुनाले कांग्रेसीहरू हजुरबालाई खास मान्दैनथे। जो साना मान्छे थिए उनीहरू सबैले हजुरबालाई मान्थे। तर पनि हजुरबा बिपीजस्तै हुनुहुन्थ्यो।

उहाँ कांग्रेसी हुनुहुन्थेन, कम्युनिस्टप्रति उहाँको कम निष्ठा थियो। माओवाद त हजुरबाका निम्ति ‘चल्ला’ थियो। उहाँको निष्ठा केवल चियामा थियो। खुब पिउनुहुन्थ्यो चिया। त्यसैले उहाँ ‘च्यावादी’ हुनुहुन्थ्यो।

गाउँ डुलेर आएपछि ढोकानेरको भित्तामा घँगारुको लौरो अड्याएर दाइने खुट्टाले देब्रे खुट्टाको जुत्ता फुकाल्दै भन्नुहुन्थ्यो- बुढी च्या बना त।

OOO

मैले जान्दा हाम्रो घरमा घोडा थियो। रातो मैलो रङको घोडा। घाँटीमा एउटा सानो घन्टी थियो। पुच्छर ‘मङ्गोलियन’ हरफको कविताजस्तो ‘सिल्की’ थियो। पुच्छर हल्लाइरहन्थ्यो। कहिल्यै नहल्लिएको देखिन मैले पुच्छर।

आमा भन्नुहुन्थ्यो, ‘घोडा कहिल्यै बस्दैन। बस्यो भने अलच्छिन हुन्च।’

चौरमा चर्न जाँदा नि कहिल्यै बसेको देखिन मैले। पल्टिएर ढाड कन्याउथ्यो चौरमा। तर गाई गोरुजस्तो बसेको कहिल्यै देखिन।

म सोध्थेँ, ‘राति पनि सुत्दैन आमा घोडा?

आमा भन्नुहुन्थ्यो, ‘नाइँ, सुत्दैन।’

म राति सुत्नुअघि सुसु गर्न आमासँग निक्लिदा हेर्थें। घोडा उभिएकै हुन्थ्यो। बिहान म उठ्दा पनि घोडा उभिएकै हुन्थ्यो।

हाम्रो घरमा दुहुनो भैंसी थिएन। बाहिरबाट ल्याएको दूधले पुर्याउनुपर्थ्यो। खानामा पनि दूध थोरै पाइन्थ्यो। दूधका निम्ति म बिरालोजस्तै थिएँ। दूध नभए भातै नखाने।

एकदिन साँझ हजुरबाले अर्को घोडा लिएर आउनु भो। घोडा सेतो थियो। पहिलेको भन्दा अझै ठूलो पनि। बिहान जाँदा त हजुरबाले हाम्रो घोडा लिएर जानु भएको थियो। हजुरबा घोडाबाट ओर्लेपछि नजिकै पुगेर सोधें मैले, ‘हजुल बा! हजुल बा!! यल्ले दुत दिन्च?’

मेरो कुरा सुनेपछि घोडाको लगाम छोडेर मेरो टाउकोमा हजुरबाले मुसार्नु भो। मैले दौराको फेद समातेर हजुरबाको मुखमा हेरिरहेँ।

अर्को दिन बिहानै घोडा चढेर निस्किनु भएको हजुरबा साँझ भैंसी लिएर आउनु भो। अगाडि–अगाडि चार जना मान्छेले भैंसी लिएर आएका थिए। साथमा सानो पाडी पनि थियो। भैंसी पछाडि फर्किँदै पाडीलाई हेर्दै अगाडि बढ्दै हाम्रो घरको आगँन पुग्ने तगारोबाट भित्र पस्यो। पछिपछि हिंड्दै हजुरबा पनि आउनु भो। मैले फेरि हजुरबा आँगनमा पुगेपछि दौराको फेद समातेर सोधेँ, ‘हजुल बा! हजुल बा! घोला खै?

हजुरबाले केही उत्तर दिनुभएन।

साँझबाट घरमा दूध प्रशस्त भो। मैले चाहेजति दूध खान पाउन थालेँ। तर, त्यसदिनपछि हजुरबाले घोडा चढेको मैले कहिल्यै देखिनँ।

OOO

अघिल्लो दसैंमा हजुरबा नराम्रोसँग बिरामी पर्नु भो। द्वादशीको दिन साँझ हजुरबालाई तुलसी मठमा सारियो। मैले हजुरबाको मृत्यु सहज होस् भनेर सिराननिर बसी गीता पढ्न थालें। म गीता पाठ गर्दै सोह्रौं अध्यायमा पुगिसकेको थिएँ। आमाले भन्नु भो, ‘हजुरबालाई पानी ख्वा!’

मैले ख्वाएँ पानी। हजुरबाले घुटुक्क निल्नु भो। त्यसपछि अरुले ख्वाएको पानी भने निल्नुभएन। म गीताको श्लोक पढिरहेको थिएँ, अल्मलिरहेको थिएँ, पढेछु- ‘सर्वस्य चायं हृदिसन्निविष्टो!’

तर पुस्तकमा रहेछ- ‘सर्वस्य चाहं हृदिसन्निविष्टो।’

हजुरबा,

हो हजुर सबैको हृदयमा नै बस्नुभएको छ।

प्रकाशित मिति: शनिबार, पुस १४, २०७५  ०८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा
सडकको भाषणले समाधान नआउने चन्द्र भण्डारीको टिप्पणी, काँग्रेसभित्र सुधारको आह्वान
पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
सडकको भाषणले समाधान नआउने चन्द्र भण्डारीको टिप्पणी, काँग्रेसभित्र सुधारको आह्वान बिहीबार, जेठ १४, २०८३
पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति बिहीबार, जेठ १४, २०८३
सिक्री लुटपाटमा संलग्न चार जना पक्राउ बिहीबार, जेठ १४, २०८३
राप्रपाले जेठ १५ मा स्थापना दिवस मनाउने बिहीबार, जेठ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
नेपाल प्रहरीका १४ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित) बिहीबार, जेठ १४, २०८३
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
दुग्ध विकास संस्थानमा सीआईबीको छापा, पाँच कर्मचारीको मोबाइल र कागजात नियन्त्रणमा बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्