• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

‘यति धेरै हिरो भएको देश किन जिरो छ?’

64x64
नेपाल लाइभ मंगलबार, पुस १०, २०७५  १३:१४
1140x725

पोखरा– स्वदेशी तथा विदेशी लेखकको उपस्थितिले साहित्यप्रेमीको ध्यान यतिबेला पोखरामा केन्द्रित छ। बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीले आयोजना गरेको ‘नेपाल लिटरेचर फेस्टिबल’मा भइरहेका विभिन्न संवाद तथा ‘सेसन’मा लेखक, विज्ञ, साहित्यप्रेमी तथा पाठकको उल्लेख्य उपस्थिति देख्न सकिन्छ।

महोत्सवको तेस्रो दिन सोमबार दोस्रो सेसनका रुपमा ‘संस्मरण विस्मरण’ संवाद सम्पन्न भयो।

संस्मरण लेखनीका क्रममा लेखकले देखाउने इमानदारिता र त्यसले पार्ने प्रभावबारे पत्रकार दीपक सापकोटासँग अन्तरसंवादमा जोडिए अग्रज पत्रकार युवराज घिमिरे, लेखक तथा पटकथाकार ब्रजेश र समीक्षक अर्चना थापा।

महोत्सवको सुरुवाती विद्धत प्रवचन दिँदै पूर्वप्रधान्यायाधीश सुशीला कार्कीले नेपालको न्यायिक शासन प्रणाली नै गलत भएको तर्क राखेकी थिइन्। त्यस कुरालाई खण्डन गर्दै पत्रकार घिमिरेले न्यायिक शासन प्रणाली गलत हुनुमा मुख्य व्यक्तिनै पहिलो जिम्मेवार हुने दाबी गरे। उनले भने, ‘तपाईं जुन संस्थाको हेड हुनुहुन्छ। त्यसको सम्पूर्ण जिम्मा तपाईं आफै‌ लिनुपर्छ।’

उनी कुनै पनि संस्थामा जागिरे भइसकेर पछि कार्यभारबाट हट्दा त्यसबारे लेख्ने कि नलेख्ने भन्ने कुरा संस्थाकै गोप्यताका हिसाबले चल्नुपर्ने बताउँछन्। ‘गोप्य कुरा बाहिर ल्याउँदा त्यसले देशको अवस्था र बाह्य मुलुकसँगको सम्बन्धलाई कत्तिको प्रभाव पार्छ। त्यसलाई पनि ध्यान दिनुपर्छ,’ घिमिरेको बुझाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

लेखक अर्चना थापा संस्मरण लेख्दा ‘म छु र त ब्रह्माण्ड छ’ भन्ने अहम पालेर लेखिने गरेको आरोप लगाउँछिन्। लेखक ब्रजेश संस्मरण लेख्दा अरु न्यायाधीश र आफू वकिल बनेर लेखिने गरेको बताउँछन्।

संस्मरण लेख्नु आफ्नै विगतलाई हुवहु वर्तमान समयमा आएर सम्झनु पनि हो। आफू र नजिकका पात्रहरुले भोगेका र देखेका कुरा लेखिनु हो। तर, पत्रकार घिमिरेले नेपाली संस्मरण लेखनीमा लेखकले इमान्दारिता नदेखाएको टिप्पणी राखे। उनी प्रश्न गर्छन्, ‘जम्मै आएका संस्मरणमा लेखक हिरो हुन्छ। यति धेरै हिरो भएको देश किन जिरो छ?’ लेखकले आफूलाई उत्कृष्टताको मानक भिराएरमात्रै संस्मरण लेख्ने गलत परिपाटी बसेको उनको आरोप थियो।

अर्की वक्ता अर्चना थापाले पनि घिमिरेकै कुरामा सहमति जनाइन्। ‘अहिले आत्मकथा लेख्ने बाढी नै आएको छ। सबैमा आफूलाई हिरोका रुपमा प्रस्तुत गरिन्छ,’ उनी भन्छिन्, ‘त्यसमा पनि धनी र एकदमै सफल व्यक्तिका मात्रै आत्मकथा आउँछन्।’ संस्मरण अनुभूति भएकाले जसले पनि लेख्नसक्ने उनको मत छ।

Xtrem
Xtrem

‘बाटोदेखि राष्ट्रपति र जिरोदेखि बिलिनियर्ससम्म पुगेको पात्रहरुको मात्रै संस्मरण हुँदैन। अनुभूति सामान्य मान्छेको पनि हुन्छ। उनीहरुले पनि लेख्न सक्छन्,’ थापाले भनिन्। उनले सामान्य मान्छेले आफूले भोगेको भोगाइलाई सामान्य रुपमै हेर्दा संस्मरणमा समेट्न नसकेको तर्क राखिन्।

संस्मरणमा लेखकले आफूलाई हिरो देखाउने बहस भइरहँदा अर्का वक्ता ब्रजेशले आफूले ‘साइड हिरो’ कै कुरा लेखेको दाबी गरे। भने, ‘म अरुका कारण हिरो नभएको होइन। आफ्नै कारणले हो। त्यसक्रममा मेरा के–के कमजोरी छन्। तिनै कुरा केलाउन संस्मरण लेखेको हुँ।’ उनले संस्मरण आफैंलाई प्रस्तुत गर्ने भएकाले अरुको कमजोरी देखाउन र केलाउन लेख्न नहुने बताए।

‘स्व–अस्तित्व’ पुस्तक कि लेखिका अर्चना थापाले संस्मरणमा महिलाको उपस्थिति कम भएकोमा चिन्ता व्यक्त गरिन् । ‘म को ठाउँमा म चिनिने गरी महिलाहरु अझै संस्मरणमा आएकै छैनन्,’ उनले भनिन्। थापा नेपाली साहित्य इतिहासमा महिला साहित्यको उदय नै धेरै ढिलो भएकोले पनि यो समस्या हुनसक्ने तर्क राख्छिन्।
 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०७५  १३:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज बिहीबार, असोज १५, २०८३
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु बिहीबार, असोज १५, २०८३
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा बिहीबार, असोज १५, २०८३
फिजी भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल बिहीबार, असोज १५, २०८३
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्