• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

संक्रमणकालीन न्याय : पीडितका लागि आकाशको फल बन्दै

64x64
नेपाल लाइभ बुधबार, मंसिर ५, २०७५  ११:१८
1140x725

काठमाडौं- काभ्रेकी पूर्णिमाया लामाले आफ्ना पति अर्जुन लामाको हत्यारा पत्ता लगाउन माग गर्दै जिल्ला प्रहरी कार्यालय, सिडिओ कार्यालय, जिल्ला अदालत काभ्रे हुँदै सर्वोच्च अदालतमा न्याय माग्दै धाउँदै आएकी छिन्। जिल्ला प्रहरी कार्यालयले जाहेरी लिन नमानेपछि उनी निरन्तर त्यस विरुद्ध संर्घषमा छिन्। 

_x000D_ _x000D_

०६२ बैसाख १७ देखि काभ्रेका अर्जुन लामा बेपत्ता भए। द्वन्द्वकालको समयमा अचानक पति हराएपछि पूर्णिमायाको होसहवास हरायो। 

_x000D_ _x000D_

तत्कालीन विद्रोही माओवादीले अपहरणपछि हत्या गरेको भन्दै उनकी श्रीमती पूर्णिमायाले एमाओवादी नेता अग्नि सापकोटा, सूर्यमान दोङ लगायतविरुद्ध किटानी जाहेरी दिइन्। 

_x000D_ _x000D_

लामाले ०६४ असार २९ गते दिएको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि सर्वोच्चको आदेशमा २०६५ फागुन २७ गते अर्को जाहेरी दर्ता भए पनि अनुसन्धान हुन सकेको छैन। प्रहरीले जाहेरीमा किटान गरिएका व्यक्तिलाई पक्राउ गर्न वारेन्ट समेत जारी गरेको थियो। तर, कसैलाई पनि पक्राउ गरेको छैन।   

_x000D_ _x000D_

राजधानीमा बसेर पत्रिका सञ्चालन गर्दै आएका कृष्ण सेन किन र कसले बेपत्ता पारेको थियो, उनकी श्रीमती तक्मा सेनले आजसम्म थाहा पाउन सकेकी छैनन्। १५ वर्षदेखि यही प्रश्नको उत्तर खोज्दाखोज्दै उनी थाकिसकेकी छिन्। 

_x000D_ _x000D_

सेनलाई ०५९ जेठ ६ मा काठमाडौंको ह्वाइटहाउस कलेज नजिकैबाट सेनाले पक्राउ गरेको थियो। पक्राउ परेका उनलाई सुरक्षाकर्मीले माओवादीको बारेमा जानकारी माग गरेका थिए। आफूलाई कुनै जानकारी नभएको र पत्रकार मात्र भएको बताएपछि सेनलाई यातना दिँदै पक्राउको एक सातापछि जेठ १३ मा हत्या गरिएको थियो। तर ‘मृत्यु’ भएको जानकारी एक महिनापछि असार १२ मा मात्र दिइयो। माओवादी समर्थनमा जनादेश पत्रिका प्रकाशन गरेको अभियोगमा प्रहरीले सेनलाई पक्राउ गरेको थियो।

_x000D_ _x000D_

यी दुई घटना जनयुद्धका समयमा भएका प्रतिनिधि घटना हुन्, जसले अहिलेसम्म न्याय पाएका छैनन्। न्यायका लागि पीडितहरुले अदालतदेखि अन्तर्राष्ट्रिय समुदायसम्म गुहारिरहेका छन् भने सरकारले आश देखाउँदै आएको छ। 

_x000D_ _x000D_

सरकारले ०७१ माघ २७ गते द्वन्द्वकालीन मुद्दाको सम्बोधन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेको थियो। पछिल्लो पटक माघ २० गते एक वर्षका लागि आयोगको म्याद थप भएको छ। यस अवधिमा सात प्रदेशमा कार्यालय खोल्ने र केही मुद्दाका अनुसन्धान थाल्ने तयारी बाहेक उल्लेख्य केही काम आयोगले गर्न सकेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा र अन्तरिम संविधानमा ६ महिनाभित्र संक्रमणकालीन न्याय सम्बन्धी मुद्दाको छानबिन गर्न आयोग गठन गर्ने भनिएको थियो। 

_x000D_ _x000D_

०६८ भदौ ११ मा बाबुराम भट्टराई नेतृत्वको सरकार गठन भएसँगै द्वन्द्वकालीन मुद्दा अदालत पुग्न र अन्तर्राष्ट्रियकरण हुन थालेपछि दलहरुले छानबिन आयोग गठनका लागि विधेयक मस्यौदाको तत्परता देखाए। तर, विधेयकले कानुनी रुप लिएसँगै सर्वोच्च अदालतमा मुद्दा पर्‍यो र अन्तर्राष्ट्रिय मानवअधिकारको मर्मअनुकूल नभएको भन्दै खारेज भयो। 

_x000D_ _x000D_

सर्वोच्चको आदेश अनुरुप २०७० मा नयाँ विधेयक निर्माण भयो, ऐन पनि जारी गरियो। सोही ऐनअनुरुप ०७१ माघ २७ मा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरुको अवस्था छानबिन गर्न दुई बेग्लाबेग्लै आयोग गठन भयो। त्यसअघिको कानुनमा यी दुवैलाई मिसाएर एउटै आयोग प्रस्तावित थियो। 

_x000D_ _x000D_

राजनीतिक खिचातानीका कारण आयोग गठनको प्रक्रिया अवरुद्ध बनेपछि ८ वर्षमा आयोग गठन भएको थियो। आयोग त गठन भयो तर नियम नबनाइदिएर सरकारले १४ महिना दुवै आयोगलाई निस्क्रिय बनायो। 

Xtrem

Xtrem
_x000D_ _x000D_

ऐनमा आयोगको समयावधि दुई वर्ष तोकिए पनि नियमावलीको अभावमा एक वर्षभन्दा बढी समय त्यत्तिकै बित्यो। १४ महिनापछि मात्र नियमावली बन्यो। २०७३ बैशाखदेखि उजुरी संकलन थालेको आयोगको म्याद ०७३ माघमै सकियो। त्यसपछि एक वर्षको अवधि थप भएको छ। 

_x000D_ _x000D_

आयोगहरुले पीडितको उजुरी लियो। यसक्रममा सत्य निरुपण आयोगमा ५८ हजार र बेपत्तामा ३ हजारको उजुरी दर्ता भएको छ। 

_x000D_ _x000D_

आयोगको क्षेत्राधिकारलाई लिएर पुनः विवाद उत्पन्न भयो। अधिकारकर्मी तथा पीडितहरुले दोस्रो मुद्दा सर्वोच्च पुर्‍याए। सर्वोच्चले कानुन संशोधन गरेर मात्र प्रक्रिया अगाडि बढाउन आदेश दियो। सरकारले सर्वोच्चको आदेशअनुरुप कानुन संशोधन नगरेका कारण शान्ति प्रक्रियाको यो महत्वपूर्ण कार्यभार पुनः अवरुद्ध भएको छ। 

_x000D_ _x000D_

२०७१ फागुन १४ मा सर्वोच्चले ऐनका केही व्यवस्था निस्क्रिय हुने आदेश दिएपछि संशोधन हुनुपर्ने ऐन सरकारले त्यत्तिकै थन्क्याएर राखेको छ। हरेक नयाँ सरकार गठनसँगै यो विषय उठे पनि कानुन संशोधन हुन सकेको छैन। सरकारले ऐन संशोधन नगर्दा आयोगलाई काम गर्न समस्या भइरहेको छ भने पीडितहरु निराश बन्दै गएका छन्।

_x000D_ _x000D_

कानुन मन्त्रालयका प्रवक्ता डिल्लीराज घिमिरेले सत्य निरुपण तथा मेलमिलाप ऐन सर्वोच्च अदालतको आदेशअनुरुप संशोधनका लागि विधेयक निर्माण कार्य अन्तिम चरणमा रहेको बताए। शान्ति मन्त्रालयले तयार गरेको मस्यौदा कानुनमा आइपुगेको र प्रारुप निर्माणको कार्य भइरहेकाले अनुमोदनका लागि केही दिनमै मन्त्रिपरिषद्मा जाने घिमिरेको भनाइ छ। 

_x000D_ _x000D_

सर्वोच्चको आदेश अनुसार ऐन संशोधनका लागि दुवै आयोगले सरकारलाई दबाब दिने कार्य जारी राखेको बेपत्ता आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक बताउँछन्। ‘हामीले सरकार र सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्तालाई भेटेरै कानुन संशोधन हुनुपर्‍यो भनिरहेका छौं,’ अध्यक्ष मल्लिकले भने, ‘हामीसँगको भेटमा उहाँहरुले छिट्टै हुन्छ भन्नुहुन्छ तर किन भइरहेको छैन, आश्चर्य लागेको छ।’ मल्लिकसँग सहमत हुँदै सत्य निरुपण आयोगका सदस्य श्रीकृष्ण सुवेदीले आयोगका तर्फबाट सक्दो दबाव सिर्जना गरिरहेको बताए।

_x000D_ _x000D_

‘नयाँ सरकार गठनसँगै ऐन संशोधनका लागि आयोगका तर्फबाट लबिङ भइरहेको छ,’  सुवेदीले भने, ‘छिटै संशोधन हुन्छ भन्ने हाम्रो आश छ।’ दुवै आयोगलाई उजुरीमाथि अनुसन्धान गर्न बाधा नपरेको र सिफारिस हुने समयमा ऐन आउने उनको भनाइ छ।

_x000D_ _x000D_

२०७३ असोजमै सरकारले ऐन संशोधनका लागि कानुन मन्त्रालय पठाएको थियो। 

_x000D_ _x000D_

कानुनले ‘सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्ति छानबिनसम्बन्धी ऐन, २०७२’ संशोधन विधेयक मस्यौदा गरी गृह मन्त्रालय पठाएको थियो। उक्त विधेयकलाई राय, सुझाव र परमार्शका लागि संयुक्त राष्ट्र संघ, युरोपियन युनियन, अमेरिकी राजदुतावास, आइसिजे लगायत अन्य निकायमा गोप्य रुपमा पठाइएको थियो। उनीहरुले सर्वोच्च अदालतले दुई पटक गरेको फैसला र बालकृष्ण ढुंगेलको मुद्दामा भएको फैसलालाई नजिर पालना गरेमात्र आफूहरु ऐन संशोधनमा सहमत हुने तर्क गरेपछि रोकिएको थियो। 

_x000D_ _x000D_

२०५२ देखि २०६३ सम्म चलेको सशस्त्र द्वन्द्वमा भएका मानवअधिकार हनन घटनाका दोषीलाई कारबाही साथै समाजमा मेलमिलाप कायम गर्न यी आयोग गठन भएको हो। सरकारले द्वन्द्वकालीन घटनाका सत्यतथ्य पत्ता लगाउन सत्यनिरुपण र मेलमिलाप तथा वेपत्ता व्यक्तिहरुको छानबिन गर्न अर्को आयोग गठन गरेको थियो। सत्य निरुपण आयोगले २०५२ फागुन १ देखि २०६३ मंसिर ५ गतेसम्म बेपत्ता भएका व्यक्तिबारे २०७३ वैशाख २ गतेदेखि उजुरी दिन आग्रह गरेको थियो।

_x000D_ _x000D_

मानवअधिकारकर्मी, पीडित र आयोगका आ– आफ्नै तर्क
_x000D_ पीडितहरुलाई न्याय दिने कुरामा आयोग असफल भइसकेको मानव अधिकारकर्मी र पीडितहरुको आरोप छ। तर दुवै आयोगका पदाधिकारी उक्त कुरा स्वीकार गर्न तयार छैनन्। वेपत्ता आयोगका अध्यक्ष मल्लीकले आफूहरुले जिम्मेवारी लिएपछि क्षमताले भ्याएसम्म सक्दो काम गरिरहेको बताए। 

_x000D_ _x000D_

‘हामीले आफ्नो तर्फबाट सक्ने काम गरिरहेका छौं, आफूले पाएको जिम्मेवारी पूरा गरेरै मात्र बिदा लिन्छौं’, मल्लीकले भने, ‘वेपत्ता व्यक्तिको बारेमा अनुसन्धान गर्ने भन्दा सिफारिस गर्ने मात्र काम हुने छ।’ सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य सुवेदी पनि आफूहरुले जिम्मेवारी सक्ने मनसायका साथ तिब्र गतिमा काम गरिरहेको बताए। 

_x000D_ _x000D_

‘हामी देशका सात मुकाम र विभिन्न जिल्लामा गम्भीर अनुसन्धानमा छौं’, सुवेदीले भने, ‘सम्पूर्ण उजुरी त सम्भव नहोला तर केही मुख्य प्रतिनिधि घटनाहरु म्याद अघि नै सिफारिस गर्छौ।’ तर द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष सुमन अधिकारीले भने आयोग असफल भइसकेको टिप्पणी गरे। तीन वर्षको अवधीमा उनीहरुले गरेको कामबाट यो कुरा पुष्टि भइसकेको अधिकारीको भनाइ छ।

_x000D_ _x000D_

मानव अधिकार कानुनका विज्ञ गोविन्द शर्मा बन्दीले पनि आयोग असफल भइसकेको बताए। आयोग विघटन गरेर अर्को संयन्त्र बनाएमात्र अब संक्रमणकालीन न्याय टुङ्गोमा पुग्ने बन्दीको बुझाइ छ। 

_x000D_ _x000D_

(नेपाल लाइभ अर्काइभबाट। प्रथम पटक प्रकाशित ५ मंसिर २०७४)

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५  ११:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्