• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

प्रचण्डलाई बालुवाटारमा सार्वजनिक गराउँदा मोलेको जोखिम

64x64
नेपाल लाइभ बुधबार, मंसिर ५, २०७५  १०:४४
1140x725

१२ बुँदे समझदारीलाई निष्कर्षमा लैजाने र विकसित गर्ने हो भने प्रचण्डजी काठमाडौंमै बस्नुपर्छ भन्ने मेरो मान्यता थियो। हामीले सरकारी वार्ता टोली गठन गर्यौं, वार्ता टोलीको संयोजक म भएँ। माओवादीको वार्ता टोलीको संयोजक कृष्णबहादुर महराजी हुनुभयो। हाम्रो बीचमा छोटै समयमा युद्धबिराम आचारसंहिता बन्यो। तर, जब हामीले विस्तृत शान्ति सम्झौताको कुरा अघि बढाउन थाल्यौं, छलफल सुरु गर्यौं, बहुत गाह्रो पर्यो हामीलाई। अन्तरिम संविधान ल्याउनेदेखि मुद्दा मिलाउने कुरासम्ममा धेरै उतारचढाव भए। 

_x000D_ _x000D_

किनकि, हरेक विषयमा गिरिजाबाबु (तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला) सँग सहमति लिएर म महराजीसँग छलफल गर्थें। उहाँले हेडक्र्वार्टर (प्रचण्ड) लाई सोधेर निर्णय लिनुपर्छ भन्नुहुन्थ्यो। अनि सेटेलाइटमा फोन गर्नुहुन्थ्यो। उताबाट जवाफ आउन एक–डेढ घन्टै लाग्ने। गिरिजाबाबु बिरामी हुनुहुन्थ्यो। माओवादीको फरक माग आएपछि फेरि माथि उक्लेर गिरिजाबाबुलाई सुनाउनुपर्थ्यो। हरेक मुद्दामा त्यही नियति दोहोरिने। यसरी त सबै विषय टुंगोमा पुर्‍याउन महिनौं लाग्ने भयो। 

_x000D_ _x000D_
_x000D_

त्यसबेला म गृहमन्त्री थिएँ। गृहमन्त्री भइसकेपछि मेरो काम भनेको शान्ति सुरक्षा दिने हो। माओवादीलाई बन्दुक ठोकेर होस् वा मिलाएर। ठोकेर पार नलाग्ने मेरो सुरुदेखिको कन्भिक्सन हो। रणनीति होइन।

_x000D_
_x000D_ _x000D_

मलाई के लाग्यो भने, माओवादी साँच्चि नै वार्तामा आएका हुन्, शान्तिपूर्ण राजनीतिमा आएका हुन्, बहुदलीय प्रतिस्पर्धामा आएका हुन् भने प्रचण्डजी काठमाडौं आउनुहुन्छ। होइन, बाहना हो भने आउनुहुन्न भन्ने मलाई अन्तर्आत्मामा लागेको हो। अनि मैले महराजीलाई भने, ‘तपाईंहरुबाट टुंगिदैन। गिरिजाबाबु र प्रचण्डको बीचबाट टुंगिने विषय हो यो। उहाँ आउने हो भने त्यही ढंगले कुरा गरौं। होइन भने, यो नाटक किन गर्ने?’

_x000D_ _x000D_

_x000D_ _x000D_

पहिले पनि दुई–दुईवटा वार्ता भए। अनि त्यहाँबाट छोड्नुभयो, जानुभयो। यसबाट त नेपालले सफर गरेको छ। अगाडिका दुवै वार्ता भइसकेपछि हजारौं मान्छे मारिएका छन्। उहाँहरु विद्रोही नै हो। भूमिगत नै हो। हतियारधारी नै हो। उहाँहरुको राजनीतिप्रति त्यतिबेला शंका र सन्देह नै हो हामीलाई। अगाडिका दुवै वार्ता असफल भएको छ। हरेक असफलतापछि ठूलो द्वन्द्व खडा भएको छ। हिंसा भएको छ। 

_x000D_ _x000D_

त्यसबेला म गृहमन्त्री थिएँ। गृहमन्त्री भइसकेपछि मेरो काम भनेको शान्ति सुरक्षा दिने हो। माओवादीलाई बन्दुक ठोकेर होस् वा मिलाएर। ठोकेर पार नलाग्ने मेरो सुरुदेखिको कन्भिक्सन हो। रणनीति होइन। मेरो कन्भिक्सन नै जनता बचाउनु छ, देश बचाउनु छ भने माओवादीको हातबाट बन्दुक थुत्नुपर्छ। लोकतन्त्रलाई साकार पार्नु छ भने राजतन्त्रको अन्त्य हुनुपर्छ। यो मेरो कन्भिक्सन हो। राजाको गद्दी पनि हटोस्, माओवादीको बन्दुक पनि हटोस् भन्ने नै हो।

_x000D_ _x000D_

व्यक्तिगत रुपमा मेरो त्यही कन्भिक्सनले सबैभन्दा बढी काम गरेको हो। र, गिरिजाबाबुले मलाई साथ दिएकै हो, ‘गो अहेड’ भनेर। त्यही सिलसिलामा प्रचण्डलाई ल्याइएको हो। लिन गएको हो। उहाँ आउनुभयो। विश्वास गर्नुभयो। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

म नै लिन गएँ, पुर्‍याउन गएँ।

_x000D_ _x000D_

गृहमन्त्रीको हैसियतमा मैले सेनासहितका सबै सुरक्षा निकायसँग प्रचण्ड कहाँ हुनुहुन्छ, भनेर बुझें। सबैले नेपाल पसेकोसम्म थाहा छ, तर कहाँ हुनुहुन्छ भन्ने थाहा छैन भने। 

_x000D_ _x000D_

काठमाडौंबाट हेलिकोप्टर उडिसकेपछि कहाँ जाने भन्ने भयो। महराजी केही बोल्नु भएन। पाइलटको कानमा केही फुस्फुसाउनुभयो। मलाई लागेको थियो, पक्कै रोल्पा–रुकुमतिरै हुनुहोला। हेलिकोप्टर पोखरा एअरपोर्टमा ओर्लियो। फेरि मैले सोधें, महराजी बोल्नुभएन। पोखराबाट उडेको ५ मिनेटमै यसो तलतिर हेर्छु त सबै राताम्मे छ, झन्डै–झन्डा। कम्ब्याट लगाएका, हतियार बोकेका लडाकुहरु तैनाथ छन्। हेलिकोप्टर सिक्लेस डाँडामा ओर्लियो। पोखराको त्यति नजिकै त्यति ठूलो फौजसाथ बस्नुभएका प्रचण्डबारे सुरक्षा निकायलाई थाहा छैन। त्यसपछि मलाई झन् के लाग्यो भने, यो मुद्दाको समाधान फौजी तरिकाले होइन, शान्तिपूर्ण तरिकाले नै खोजिनुपर्छ। 

_x000D_ _x000D_
_x000D_

मलाई जहिल्यै लाग्थ्यो, गिरिजाबाबुले आफैं पुर्याएर आउन किन भन्नुभयो? एकदिन उहाँ गुड–मुडमा भएको बेला सोधें। उहाँले भन्नुभयो, ‘यतिखेर सबैभन्दा बढी खतरा कसलाई छ? प्रचण्डलाई होइन? दरबारिया, सुरक्षा निकाय, शान्ति प्रक्रिया सफल पार्नुपर्छ भन्ने कांग्रेस–एमालेका हामी केही नेता तथा बुद्धिजीवीबाहेक हाम्रै कार्यकर्ताहरुबाट उनलाई खतरा छ।

Xtrem

Xtrem
_x000D_
_x000D_ _x000D_

प्रचण्डजी सशस्त्र फौजसहितको क्याम्पमा बस्नुभएको थियो। उहाँका सेनाले मलाई सलाम ठोक्थे। अर्कै देशको गृहमन्त्री पुगेजस्तै भयो नि। एक घन्टाजस्तो कुरा गरियो। उहाँले दुई दिनपछि खबर गर्छु भन्नुभयो। फेरि आइयो। अर्कोदिन महराजीले भन्नुभयो– आउन तयार हुनुहुन्छ।

_x000D_ _x000D_

फेरि उड्दै गइयो। उहाँहरु पोखरा झर्नुभएको रहेछ। अन्तै बस्नुभएको रहेछ फेरि। उहाँहरुलाई लिएर आइयो। मैले के ठानें भने, जोखिम चाहिँ ठूलै मोलियो। पार लाग्छ, लाग्दैन त्यो त भविष्यले बताउला। म आफैं सरकारी वार्ता टोलीको संयोजक थिएँ। गृहमन्त्री पनि थिएँ। अनौठो थियो। गृहमन्त्री जो सुरक्षा बललाई माओवादीविरुद्ध परिचालन गथ्र्यो, त्यो नै वार्ता टोली संयोजक थियो। मेरो सामु पहिलो प्रश्न थियोे, ल एन्ड अर्डर मेन्टन गर्ने। मैले के सोचें भने माओवादीले हतियार बुझाए भने ल एन्ड अर्डर मेन्टन भइहाल्यो नि! त्यो माइन्डले बढी मलाई काम गर्‍यो। म यति धेरै विवादको घेरामा थिएँ, कसैले कल्पना गर्नै सक्दैन। 

_x000D_ _x000D_

भोलिपल्ट प्रचण्डजीहरु फर्कने हुनुभयो। गिरिजाबाबुले पुर्याउन पनि मलाई नै अह्राउनुभयो। लिन जाँदै सञ्चार माध्यमहरुले मलाई ‘सवारी मन्त्री’ को संज्ञा दिइसकेका थिए। पुर्याउन जाने पक्षमा म थिइनँ। तर, गिरिजाबाबुले ‘आफैं जानू’ भनेपछि गएँ। कस्तो संयोग भने, गिरिजाबाबु त्यही दिन उपचारका लागि बैंकक जाँदै हुनुहुन्थ्यो। त्यसैले पनि भोलिपल्ट चाहिँ मलाई नजाऊँ जस्तो लागेको थियो।

_x000D_ _x000D_

म गिरिजाबाबुलाई बिदाइ गर्न चाहन्थें। 

_x000D_ _x000D_

तर, गिरिजाबाबुले पुर्याएर आउन भन्नुभयो। म प्रचण्डजीहरुलाई पुर्याएर हतार–हतार फर्कें। धन्न गिरिजाबाबुलाई एअरपोर्टमा बिदाइ गर्न पाएँ। 

_x000D_ _x000D_

मलाई जहिल्यै लाग्थ्यो, गिरिजाबाबुले आफैं पुर्याएर आउन किन भन्नुभयो? एकदिन उहाँ गुड–मुडमा भएको बेला सोधें। उहाँले भन्नुभयो, ‘यतिखेर सबैभन्दा बढी खतरा कसलाई छ? प्रचण्डलाई होइन? दरबारिया, सुरक्षा निकाय, शान्ति प्रक्रिया सफल पार्नुपर्छ भन्ने कांग्रेस–एमालेका हामी केही नेता तथा बुद्धिजीवीबाहेक हाम्रै कार्यकर्ताहरुबाट उनलाई खतरा छ। हुनसक्छ, पाइलट नै प्रचण्डबाट चिँढिएको होस्। हेलिकोप्टर खसालिदियो भने? प्रचण्डलाई तलबितल पर्यो भने त हामीलाई षड्यन्त्रकारी भन्छन्। त्यसपछि माओवादी पंक्तिको उग्ररुप मुलुकले थेग्न सक्छ? त्यसैले उनको सुरक्षा हाम्रो प्रमुख दायित्व हो। तिमी जाँदा त्यो सुरक्षा अझ बढी सुनिश्चित हुन्छ।’ 

_x000D_ _x000D_

गिरिजाबाबुले थप्नुभयो, ‘तिमी प्रचण्डसँगै जाँदा केही तलबितल परे हामीले त्यो आरोपको सामना गर्नुपर्दैन। किनभने, गिरिजाप्रसादको प्रियपात्र, देशको गृहमन्त्री पनि सँगै थिए। यो षड्यन्त्र होइन भन्ने हुन्छ।’ 

_x000D_ _x000D_

_x000D_ _x000D_

किनभने उहाँलाई अनुभव छ। उहाँ दूरद्रष्टा हुनुहुन्थ्यो। मलाई पनि लाग्यो, सुर्खेतमा हेलिकोप्टर रिफ्युल गर्नुपर्छ, केही घटना घटिदिइहाल्यो भने! त्यतिबेला प्रचण्डजीको सबैभन्दा ठूलो दुस्मनी त्यहाँका सुरक्षा निकाय थिए होला नि! त्यसैले मैले पुर्याएर आएँ। गिरिजाबाबुको सोचाइ पनि त्यस्तै रहेछ। 

_x000D_ _x000D_
_x000D_

पार्टीभित्रैबाट मेरो सक्रियता र प्रयासको आलोचना हुन्थ्यो। मचाहिँ खप्ने नै हो। एक पटक चाहिँ गिरिजाबाबु आफैंले खप्नु भएन। हाम्रो संसदीय दलको बैठक थियो बालुवाटारमा। साथीहरुले मेरो धेरै आलोचना गर्नुभयो। म सुनिरहेको थिएँ। गिरिजाबाबुले माथिबाट सुनिरहनुभएको रहेछ। मलाई गाली गरेको सुनेर उहाँलाई असह्य भएछ।

_x000D_
_x000D_ _x000D_

मलाई सवारी मन्त्री भने। मैले सहनु पनि पर्छ। यत्रो ठूलो समस्या छ। १६–१७ हजार मान्छे मारिएका छन्। मृत्युको शृंखला रोक्न मैले गाली त सहनै पर्छ नि। तर, गाली खपेरै भए पनि फेरि हिंसा दोहोरिन त दिइनँ नि!

_x000D_ _x000D_

गिरिजाबाबुले भन्नुभएको थियो, ‘तिमीले जे गरेका छौ, ठीक गरेका छौ। कसैको कुरामा ध्यान नदिनू। तिम्रो आँट र समर्पणमा मेरो पूरा समर्थन छ।’ 

_x000D_ _x000D_

पार्टीभित्रैबाट मेरो सक्रियता र प्रयासको आलोचना हुन्थ्यो। मचाहिँ खप्ने नै हो। एक पटक चाहिँ गिरिजाबाबु आफैंले खप्नु भएन। हाम्रो संसदीय दलको बैठक थियो बालुवाटारमा। साथीहरुले मेरो धेरै आलोचना गर्नुभयो। म सुनिरहेको थिएँ। गिरिजाबाबुले माथिबाट सुनिरहनुभएको रहेछ। मलाई गाली गरेको सुनेर उहाँलाई असह्य भएछ। तल आएर भन्नुभयो, ‘किन यो सिटौलालाई गाली गर्नुहुन्छ। सबै त मेरो कन्फिडेन्समा काम गरेको छ। मलाई भन्नुस् न भन्नेले।’ त्यसपछि सबैको मुख बन्द भयो।

_x000D_ _x000D_

अन्ततः २०६३ असार २ गते प्रचण्ड पहिलोपटक बालुवाटारमा सार्वजनिक हुनुभयो। त्यसअघि कतिले ‘प्रचण्ड भनेको ज्ञानेन्द्र हो’सम्म भन्न भ्याएका थिए। त्यो घटनाले संसदवादी दल र माओवादीमा विश्वास पैदा गर्यो। उहाँहरुलाई ल्याएकै दिन ७ राजनीतिक दल र माओवादीबीचमा ८ बुँदे समझदारीमा हस्ताक्षर गर्यौं। त्यो ८ बुँदा ठीक कि बेठीक भन्नेतिर म जान चाहन्नँ। तर, सहमति हुनु नै उपलब्धि हो शान्ति प्रक्रियाका लागि। शान्ति प्रक्रियाका दृष्टिले विश्वासको आधार तयार गर्ने दस्तावेज त्यही हो। विद्रोही र सत्ताका बीचमा कसरी विश्वास सिर्जना गर्ने? त्यसैले माओवादीलाई ल्याउने, पुर्याउने काम चाहिँ विश्वास सिर्जना गर्ने कुरा थियो। 

_x000D_ _x000D_

मलाई अहिले पनि के लाग्छ भने, प्रचण्डजीलाई काठमाडौं ल्याएर राख्न नसकेको भए अथवा उहाँ यहाँ नआउनुभएको भए शान्ति प्रक्रिया असफल हुन्थ्यो। त्यो ८ बुँदे सहमतिकै आधारमा २०६३ मंसिर ५ गतेको विस्तृत शान्ति सम्झौता सम्भव भएको हो। र त्यही बिन्दुबाट माओवादी राष्ट्रिय राजनीतिमा समाहित भएको हो। 

_x000D_ _x000D_

(नेपाल लाइभ अर्काइभबाट। प्रथम पटक प्रकाशित ५ मंसिर २०७४)

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५  १०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्