• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १०, २०८२ Thu, Dec 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

किन मदिरा खान्छन् महांकालका भैरव?

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ३०, २०७५  ०९:२७
1140x725

काठमाडौं– वीर अस्पतालको सम्मुखमा एउटा मन्दिर छ, महांकाल भैरव। करिब १२ सय वर्षअघि स्थापना भएको मानिने यो मन्दिरसँग एउटा यस्तो तथ्य जोडिएको छ, जसले धेरैलाई चकित पार्न सक्छ। शास्त्रीय मान्यतानुरुप कुनै मन्दिरमा पूजा सामग्रीका रुपमा मदिरा प्रयोग हुन्छ भन्दा विश्वास नलाग्न सक्छ।

_x000D_ _x000D_

तर, यस महांकाल भैरव मन्दिरमा भने विशेष पूजा सामग्रीका रुपमा मदिरा अनिवार्य छ। 

_x000D_ _x000D_

उपत्यकाको प्राचीनमध्ये एक महांकाल भैरव मन्दिरमा पूजापाठका लागि मदिरा नै किन चढाउनुपर्ने? हरेक जात्राको कथाजस्तै यो मन्दिरको कथा धेरैका लागि कौतुहलको विषय बन्न सक्छ।

_x000D_ _x000D_

महांकाल मन्दिरका पुजारी उज्ज्वल बज्राचार्य एउटा रमाइलो किंवदन्ती सुनाउँछन्। 

_x000D_ _x000D_

कुरा प्राचीन तान्त्रिक युगको हो। शाश्वत नामका बज्राचार्य तान्त्रिक गुरु काठमाडौंस्थित सबलबहाल न्युरोडमा बस्दथे। उनी न्युरोडको तन्त्रसिद्धि बिहारको मुख्य (पुजारी) थिए। ती तान्त्रिक गुरु एक दिन नुहाइधुवाइ गरी शरीरमा तेल लगाएर मध्याह्नको समयमा टुँडिखेलमा घाम तापेर बसेका थिए। घाम तापेर बसिरहेको अवस्थामा अचानक आकाशमा कालो बादल मडारियो। जसका कारण केहीबेरमै धर्ती–आकाश पूरै अन्धकार हुन पुग्यो।

_x000D_ _x000D_

_x000D_ _x000D_

यस्तो अवस्था सिर्जना भएको चाल पाएपछि बज्राचार्यले के हो भनी आँखा बन्द गरेर ध्यानदृष्टिले हेर्न थाले। ध्यानदृष्टिबाटै उनले आकाशमा महांकाल भैरव भगवान् आएको थाहा पाए। उनले आफ्नो तान्त्रिक बलको प्रयोग गर्दै तिब्बती हिमालमा बस्दै आएका महांकाल भैरव काठमाडौंको आकाश हुँदै भारतको कुरुक्षेत्र (महाभारतको युद्धस्थल) जाँदै गरेको अवस्थामा तल जमिनमा तानी सिक्रीले बाँधेर राखेको किंवदन्तीमा उल्लेख छ।

_x000D_ _x000D_

प्राचीन समयमा नेपाल मण्डलका मानव जातिलाई राक्षसहरुले दैनिक रुपमा मार्दै खाने गर्दथे। मानव कल्याणको निमित्त तान्त्रिक गुरु शाश्वत बज्राचार्यले महांकाल भैरव भगवान्लाई नेपाल मण्डलमा नै बस्न आग्रह गरेको बताइन्छ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

त्यसपछि भने युद्ध हेर्न भारत हिँडेका महांकाल भैरवले आफू युद्ध हेरेर फर्किने र त्यसपछि आफूलाई सिक्रीले बाँधेर नराख्न गुरु बज्राचार्यसँग आग्रह गरे।

_x000D_ _x000D_

महांकाल भैरवको आग्रहलाई स्वीकार गर्दै गुरु बज्राचार्यले सिक्री खोलिदिए र लगत्तै उनी महाभारतको युद्ध हेर्न भारत गएको भन्ने किंवदन्ती छ। भारतबाट फर्केपछि महांकाल भैरव नेपाल मण्डलमा नै बसेका थिए। त्यसपछि भने गुरु बज्राचार्यले भगवान् महांकाल भैरवका लागि हाल महेन्द्र पुलिस क्लब रहेको स्थानको ठिक पछाडि सानो मन्दिर तयार गरिदिए।

_x000D_ _x000D_

_x000D_ _x000D_

नेपाल मण्डलमा रहँदा महांकाल भैरवले यहाँका मानिसहरुलाई राक्षसले मार्दै, खाँदै गरेको दयनीय अवस्था देखे। त्यस्तो कठिन घडीबाट यहाँका मानिसलाई पार लगाउनुपर्छ भन्ने ठानेर उनले नेपाल मण्डलका सबै मानवजातिलाई आफ्नो काखमा राखे। राक्षसको क्रूर व्यवहारबाट प्रताडित समुदायको साथमा भगवान् बुद्धका अवतारसमेत थिए।

_x000D_ _x000D_

सो समयमा भगवान् बुद्ध अवतारले पनि मानवलाई जस्तै आफूलाई पनि राक्षसले खाने भन्दै महांकाल भैरवसमक्ष शरणमा राख्न आग्रह गरेको बताइन्छ।

_x000D_ _x000D_

बुद्ध अवतारको आग्रहलाई महांकाल भैरवले स्वतः स्विकार गरे। तर, भगवान बुद्ध अवतार पनि नारायणको नवौं अवतार भएका कारण महांकाल भैरवले उनलाई शिरमा राखे। जसको कारण महांकाल भैरवलाई ‘बौद्ध धर्मरक्षक महाविहार’ पनि भनिन्छ।

_x000D_ _x000D_

प्राचीन समयमा महांकाल भैरवको मन्दिर हालको महेन्द्र पुलिस क्लब रहेको स्थानको पछाडि पट्टिको भागमा भए तापनि हाल भने वीर अस्पतालको सम्मुख ६ फिट उचाइको ढुंगाको मूर्तिसहितको मन्दिर स्थापित छ। महांकाल भैरव भगवान्‌को मूर्तिमुनि उनको वाणसमेत राखिएको छ। जुन गुरु बज्राचार्यले प्राचीन समयमा नै स्थापना गरेका हुन्।

_x000D_ _x000D_

तत्कालीन समयदेखि नै यस मन्दिरमा तान्त्रिक विधि (मन्त्रसिद्ध पूजा गर्ने विधि) बाट पूजा गर्न थालिएको मानिन्छ । तान्त्रिक पूजाको सुरुवात मन्त्रसिद्ध गुरु शाश्वत बज्राचार्यले नै गरेका हुन्।

_x000D_ _x000D_

बज्र र घन्टी बजाएर पूजा गरिने बज्रयान पूजा विधि प्राचीन समयमा भगवान् बुद्धले सुरु गरेको बताइन्छ। बज्रयान पूजा विधिअन्तर्गत अधिक मन्त्र जप गरिने र धेरै प्रभावकारीसमेत हुने महांकाल मन्दिरका पुजारी उज्ज्वल बज्राचार्यको भनाइ छ। उनका अनुसार यो विधिअनुसार साँझ परेपछि मात्रै पूजा गर्ने मान्यता रहिआएको छ। यो पूजा विधि अपनाएमा चाहेको मनोकांक्षा पूरा हुने जनविश्वास छ।

_x000D_ _x000D_

शास्त्रीय तथा तान्त्रिक मान्यता र सामाजिक परम्परा मुताबिक धेरैपहिले नै मठमन्दिरहरुमा पशु तथा मानव बलि दिने परम्परा छ। यसरी पूजा गर्दा भगवान् प्रसन्न हुने र मनोकामना पूरा हुने जनविश्वास पनि छ। तर, महांकाल मन्दिरका पुजारी उज्ज्वल बज्राचार्य बलि दिएर पूजा गर्ने विधिभन्दा बज्रयान पूजा विधि मावन जीवनका लागि अधिक प्रभावकारी हुने दाबी गर्छन्।

_x000D_ _x000D_

महांकाल भैरव मन्दिरमा बज्रयान पूजा विधिबाटै पात्र पूजा पनि गरिन्छ। बज्रयान पूजा विधिका लागि ख्या (दही, तेल, ज्वानो, बेसार, मसला, चामल आदि राखेर तयार पारिएको पेय पदार्थ), रक्सी, सेतो जाँड, रातो जाँड, फलफूल, चिउरा, स्यावजी, मासु, रोटी इत्यादि आवश्यक पर्दछ।

_x000D_ _x000D_

तर, महांकाल भैरवका पूजारी बज्राचार्यका अनुसार पछिल्लो समय स्वदेश तथा विदेशमा रहेका मानिसहरुले विदेशी ब्रान्डका रक्सी तथा अन्य सामाग्री ल्याएर चढाउने गरे। तर सो बज्रयान पूजा विधिको अंग भने होइन। यस विधिमा चढाइने मदिरा स्थानीय स्तरमै विशेष तवरबाट तयार गरिन्छ। उनी भन्छन्, ‘खासमा यस विधिअन्तर्गत चढाउनकै लागि तयार गरिएको रक्सी, सेतो जाँड, रातो जाँड, विभिन्न प्रजातिका फलफूल, चिउरा, स्यावजी, मासु, रोटी र ख्याको प्रयोग गरिन्छ।’

_x000D_ _x000D_

महांकाल भैरव मन्दिरमा बज्रयान विधि जस्तै तान्त्रिक पूजा विधिबाट पनि पूजाअर्चना गरिन्छ। तान्त्रिक पूजाका लागि पनि बज्रयान पूजाअनुसार पात्र पूजा गर्दा आवश्यक सबै पूजा सामग्री अनिवार्य हुन्छ। सोका अलावा यस विधिअन्तर्गत रहेर पूजा गर्न हाँसको अन्डा पनि आवश्यक पर्छ।

_x000D_ _x000D_

महांकाल भैरव मन्दिरमा हिन्दु र बौद्ध दुवै धर्ममा आस्था राख्ने मानिसले पूजापाठ गर्ने गर्दछन्। पुजारी बज्राचार्यका अनुसार मुख्य गरी साढे सात, शनि, राहु, केतु लगायतका ग्रहदशाको शान्ति तथा पूजा गर्नुपरे यस मन्दिरमा भक्तजनहरु आउने गर्छन्। तर, ती कार्यका लागि भने रक्सी आवश्यक नपर्ने उनले स्पष्ट पारे।

_x000D_ _x000D_

_x000D_ _x000D_

पछिल्लो समय भने रक्सी चढाइने मान्यता विस्तार हुँदै जाँदा धेरैजसो भक्तजनले दर्शनका लागि आउँदा रक्सी ल्याउने गरेका छन्। पुजारी बज्राचार्यले भने, ‘हिजोआज बिहानै मन्दिर दर्शन गर्न आउनेले पनि रक्सी ल्याएर चढाउने गरेको पाइन्छ। खासमा मन्दिरमा गरिने विशेष बज्रयान, तान्त्रिक लगायतका पूजा गर्दा मात्रै रक्सी अनिवार्य रहन्छ।’

_x000D_ _x000D_

तर, मन्दिर र महांकाल भैरवप्रतिको आस्था भने बढेर गएको उनको बुझाइ छ। ‘आफूलाई वा आफ्ना परिवार र आफन्तजनलाई अप्ठेरो पर्दा मन्दिर आउनुहुन्छ। पूजा गर्नुहुन्छ। केही समयपछि अप्ठेरोमा परेकै व्यक्तिलाई राम्रो भयो भनेर पनि आउने गर्नुभएको छ’, बज्राचार्यले भने।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  ०९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ?
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस्
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस् बिहीबार, पुस १०, २०८२
पार्टीमा आफ्नो जिम्मेवारी ख्याल गर्न गगन थापालाई डा. प्रकाशशरण महतको सुझाव बिहीबार, पुस १०, २०८२
बालेनलाई भेट्न पुगे डा. बाबुराम भट्टराई बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
प्रतिनिधि सभा पुनःस्थापनाको रिटमा आज पेशी बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्