• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

किन मदिरा खान्छन् महांकालका भैरव?

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ३०, २०७५  ०९:२७
1140x725

काठमाडौं– वीर अस्पतालको सम्मुखमा एउटा मन्दिर छ, महांकाल भैरव। करिब १२ सय वर्षअघि स्थापना भएको मानिने यो मन्दिरसँग एउटा यस्तो तथ्य जोडिएको छ, जसले धेरैलाई चकित पार्न सक्छ। शास्त्रीय मान्यतानुरुप कुनै मन्दिरमा पूजा सामग्रीका रुपमा मदिरा प्रयोग हुन्छ भन्दा विश्वास नलाग्न सक्छ।

_x000D_ _x000D_

तर, यस महांकाल भैरव मन्दिरमा भने विशेष पूजा सामग्रीका रुपमा मदिरा अनिवार्य छ। 

_x000D_ _x000D_

उपत्यकाको प्राचीनमध्ये एक महांकाल भैरव मन्दिरमा पूजापाठका लागि मदिरा नै किन चढाउनुपर्ने? हरेक जात्राको कथाजस्तै यो मन्दिरको कथा धेरैका लागि कौतुहलको विषय बन्न सक्छ।

_x000D_ _x000D_

महांकाल मन्दिरका पुजारी उज्ज्वल बज्राचार्य एउटा रमाइलो किंवदन्ती सुनाउँछन्। 

_x000D_ _x000D_

कुरा प्राचीन तान्त्रिक युगको हो। शाश्वत नामका बज्राचार्य तान्त्रिक गुरु काठमाडौंस्थित सबलबहाल न्युरोडमा बस्दथे। उनी न्युरोडको तन्त्रसिद्धि बिहारको मुख्य (पुजारी) थिए। ती तान्त्रिक गुरु एक दिन नुहाइधुवाइ गरी शरीरमा तेल लगाएर मध्याह्नको समयमा टुँडिखेलमा घाम तापेर बसेका थिए। घाम तापेर बसिरहेको अवस्थामा अचानक आकाशमा कालो बादल मडारियो। जसका कारण केहीबेरमै धर्ती–आकाश पूरै अन्धकार हुन पुग्यो।

_x000D_ _x000D_

_x000D_ _x000D_

यस्तो अवस्था सिर्जना भएको चाल पाएपछि बज्राचार्यले के हो भनी आँखा बन्द गरेर ध्यानदृष्टिले हेर्न थाले। ध्यानदृष्टिबाटै उनले आकाशमा महांकाल भैरव भगवान् आएको थाहा पाए। उनले आफ्नो तान्त्रिक बलको प्रयोग गर्दै तिब्बती हिमालमा बस्दै आएका महांकाल भैरव काठमाडौंको आकाश हुँदै भारतको कुरुक्षेत्र (महाभारतको युद्धस्थल) जाँदै गरेको अवस्थामा तल जमिनमा तानी सिक्रीले बाँधेर राखेको किंवदन्तीमा उल्लेख छ।

_x000D_ _x000D_

प्राचीन समयमा नेपाल मण्डलका मानव जातिलाई राक्षसहरुले दैनिक रुपमा मार्दै खाने गर्दथे। मानव कल्याणको निमित्त तान्त्रिक गुरु शाश्वत बज्राचार्यले महांकाल भैरव भगवान्लाई नेपाल मण्डलमा नै बस्न आग्रह गरेको बताइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

त्यसपछि भने युद्ध हेर्न भारत हिँडेका महांकाल भैरवले आफू युद्ध हेरेर फर्किने र त्यसपछि आफूलाई सिक्रीले बाँधेर नराख्न गुरु बज्राचार्यसँग आग्रह गरे।

_x000D_ _x000D_

महांकाल भैरवको आग्रहलाई स्वीकार गर्दै गुरु बज्राचार्यले सिक्री खोलिदिए र लगत्तै उनी महाभारतको युद्ध हेर्न भारत गएको भन्ने किंवदन्ती छ। भारतबाट फर्केपछि महांकाल भैरव नेपाल मण्डलमा नै बसेका थिए। त्यसपछि भने गुरु बज्राचार्यले भगवान् महांकाल भैरवका लागि हाल महेन्द्र पुलिस क्लब रहेको स्थानको ठिक पछाडि सानो मन्दिर तयार गरिदिए।

_x000D_ _x000D_

_x000D_ _x000D_

नेपाल मण्डलमा रहँदा महांकाल भैरवले यहाँका मानिसहरुलाई राक्षसले मार्दै, खाँदै गरेको दयनीय अवस्था देखे। त्यस्तो कठिन घडीबाट यहाँका मानिसलाई पार लगाउनुपर्छ भन्ने ठानेर उनले नेपाल मण्डलका सबै मानवजातिलाई आफ्नो काखमा राखे। राक्षसको क्रूर व्यवहारबाट प्रताडित समुदायको साथमा भगवान् बुद्धका अवतारसमेत थिए।

Xtrem

Xtrem
_x000D_ _x000D_

सो समयमा भगवान् बुद्ध अवतारले पनि मानवलाई जस्तै आफूलाई पनि राक्षसले खाने भन्दै महांकाल भैरवसमक्ष शरणमा राख्न आग्रह गरेको बताइन्छ।

_x000D_ _x000D_

बुद्ध अवतारको आग्रहलाई महांकाल भैरवले स्वतः स्विकार गरे। तर, भगवान बुद्ध अवतार पनि नारायणको नवौं अवतार भएका कारण महांकाल भैरवले उनलाई शिरमा राखे। जसको कारण महांकाल भैरवलाई ‘बौद्ध धर्मरक्षक महाविहार’ पनि भनिन्छ।

_x000D_ _x000D_

प्राचीन समयमा महांकाल भैरवको मन्दिर हालको महेन्द्र पुलिस क्लब रहेको स्थानको पछाडि पट्टिको भागमा भए तापनि हाल भने वीर अस्पतालको सम्मुख ६ फिट उचाइको ढुंगाको मूर्तिसहितको मन्दिर स्थापित छ। महांकाल भैरव भगवान्‌को मूर्तिमुनि उनको वाणसमेत राखिएको छ। जुन गुरु बज्राचार्यले प्राचीन समयमा नै स्थापना गरेका हुन्।

_x000D_ _x000D_

तत्कालीन समयदेखि नै यस मन्दिरमा तान्त्रिक विधि (मन्त्रसिद्ध पूजा गर्ने विधि) बाट पूजा गर्न थालिएको मानिन्छ । तान्त्रिक पूजाको सुरुवात मन्त्रसिद्ध गुरु शाश्वत बज्राचार्यले नै गरेका हुन्।

_x000D_ _x000D_

बज्र र घन्टी बजाएर पूजा गरिने बज्रयान पूजा विधि प्राचीन समयमा भगवान् बुद्धले सुरु गरेको बताइन्छ। बज्रयान पूजा विधिअन्तर्गत अधिक मन्त्र जप गरिने र धेरै प्रभावकारीसमेत हुने महांकाल मन्दिरका पुजारी उज्ज्वल बज्राचार्यको भनाइ छ। उनका अनुसार यो विधिअनुसार साँझ परेपछि मात्रै पूजा गर्ने मान्यता रहिआएको छ। यो पूजा विधि अपनाएमा चाहेको मनोकांक्षा पूरा हुने जनविश्वास छ।

_x000D_ _x000D_

शास्त्रीय तथा तान्त्रिक मान्यता र सामाजिक परम्परा मुताबिक धेरैपहिले नै मठमन्दिरहरुमा पशु तथा मानव बलि दिने परम्परा छ। यसरी पूजा गर्दा भगवान् प्रसन्न हुने र मनोकामना पूरा हुने जनविश्वास पनि छ। तर, महांकाल मन्दिरका पुजारी उज्ज्वल बज्राचार्य बलि दिएर पूजा गर्ने विधिभन्दा बज्रयान पूजा विधि मावन जीवनका लागि अधिक प्रभावकारी हुने दाबी गर्छन्।

_x000D_ _x000D_

महांकाल भैरव मन्दिरमा बज्रयान पूजा विधिबाटै पात्र पूजा पनि गरिन्छ। बज्रयान पूजा विधिका लागि ख्या (दही, तेल, ज्वानो, बेसार, मसला, चामल आदि राखेर तयार पारिएको पेय पदार्थ), रक्सी, सेतो जाँड, रातो जाँड, फलफूल, चिउरा, स्यावजी, मासु, रोटी इत्यादि आवश्यक पर्दछ।

_x000D_ _x000D_

तर, महांकाल भैरवका पूजारी बज्राचार्यका अनुसार पछिल्लो समय स्वदेश तथा विदेशमा रहेका मानिसहरुले विदेशी ब्रान्डका रक्सी तथा अन्य सामाग्री ल्याएर चढाउने गरे। तर सो बज्रयान पूजा विधिको अंग भने होइन। यस विधिमा चढाइने मदिरा स्थानीय स्तरमै विशेष तवरबाट तयार गरिन्छ। उनी भन्छन्, ‘खासमा यस विधिअन्तर्गत चढाउनकै लागि तयार गरिएको रक्सी, सेतो जाँड, रातो जाँड, विभिन्न प्रजातिका फलफूल, चिउरा, स्यावजी, मासु, रोटी र ख्याको प्रयोग गरिन्छ।’

_x000D_ _x000D_

महांकाल भैरव मन्दिरमा बज्रयान विधि जस्तै तान्त्रिक पूजा विधिबाट पनि पूजाअर्चना गरिन्छ। तान्त्रिक पूजाका लागि पनि बज्रयान पूजाअनुसार पात्र पूजा गर्दा आवश्यक सबै पूजा सामग्री अनिवार्य हुन्छ। सोका अलावा यस विधिअन्तर्गत रहेर पूजा गर्न हाँसको अन्डा पनि आवश्यक पर्छ।

_x000D_ _x000D_

महांकाल भैरव मन्दिरमा हिन्दु र बौद्ध दुवै धर्ममा आस्था राख्ने मानिसले पूजापाठ गर्ने गर्दछन्। पुजारी बज्राचार्यका अनुसार मुख्य गरी साढे सात, शनि, राहु, केतु लगायतका ग्रहदशाको शान्ति तथा पूजा गर्नुपरे यस मन्दिरमा भक्तजनहरु आउने गर्छन्। तर, ती कार्यका लागि भने रक्सी आवश्यक नपर्ने उनले स्पष्ट पारे।

_x000D_ _x000D_

_x000D_ _x000D_

पछिल्लो समय भने रक्सी चढाइने मान्यता विस्तार हुँदै जाँदा धेरैजसो भक्तजनले दर्शनका लागि आउँदा रक्सी ल्याउने गरेका छन्। पुजारी बज्राचार्यले भने, ‘हिजोआज बिहानै मन्दिर दर्शन गर्न आउनेले पनि रक्सी ल्याएर चढाउने गरेको पाइन्छ। खासमा मन्दिरमा गरिने विशेष बज्रयान, तान्त्रिक लगायतका पूजा गर्दा मात्रै रक्सी अनिवार्य रहन्छ।’

_x000D_ _x000D_

तर, मन्दिर र महांकाल भैरवप्रतिको आस्था भने बढेर गएको उनको बुझाइ छ। ‘आफूलाई वा आफ्ना परिवार र आफन्तजनलाई अप्ठेरो पर्दा मन्दिर आउनुहुन्छ। पूजा गर्नुहुन्छ। केही समयपछि अप्ठेरोमा परेकै व्यक्तिलाई राम्रो भयो भनेर पनि आउने गर्नुभएको छ’, बज्राचार्यले भने।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  ०९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्