• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १०, २०८२ Thu, Dec 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

परम्परागत तालिमबाटै अभ्यस्त हुन्छन् हात्तीहरू

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २९, २०७५  ०१:४१
1140x725

सौराहा– माउसँग क्रमशः अलग गराएर छावा हात्तीको चुनौतीपूर्ण तालिम सुरु हुन्छ। तान्त्रिक विधिबाट देवीदेवताको पूजा गरी छावालाई खवारीको खाँबोमा बाँधेर सुरु हुने यो तालिमबारे सुन्नेलाई रमाइलो लाग्न सक्छ तर तालिम दिने माउते र लिने छावालाई चाहिँ यो कष्टप्रद हुन्छ। 

_x000D_ _x000D_

दाना, आहार र पानीसमेत कम दिई साँझ बिहान खवारीमा डोरीले छावाको घाँटीमा बाँधिन्छ। धेरै उपद्रो मच्याउन थाले नजिकै आगो बालेर छावाको रिस शान्त पारिन्छ। आगोको लप्काले तर्साएर उसलाई नियन्त्रणमा राखिन्छ। 

_x000D_ _x000D_

छावाका गुरु तिनै हात्ती चलाउने माउते र उनका माउहरु हुन्। माउते अधिकांश थारु जातिका छन्। छावालाई तालिम दिने यो कठिन तर रोमाञ्चक काममा स्थानीय चौधरी वर्षाैँदेखि अभ्यस्त छन्।

_x000D_ _x000D_

उनीहरुले कुनै विश्वविद्यालय वा प्रशिक्षण केन्द्रमा पढेर हात्तीसँग खेल्न थालेका होइनन्। त्यसो त माउतेका गुरु पनि तिनै हात्ती नै हुन्, जसले एकापसका भाषा र हाउभाउ बुझेर आफ्ना जीवन चलाइहेका छन्। 

_x000D_ _x000D_

जमिनमा पाइनेमध्ये सबैभन्दा ठूलो शरीर भएको जनावरलाई साक्षर मात्र भएका माउतेले कुशल प्रशिक्षक भई तालिम दिएर भनेअनुसार ठाउँमा डुलाउन सक्नु आफैँमा चुनौतीपूर्ण काम हाे। 

_x000D_ _x000D_

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन एवम् तालिम केन्द्र, सौराहामा हात्तीलाई नियमित तालिम दिइन्छ। केन्द्रका प्रमुख बुधन चौधरीले आफ्नो ३० वर्षे जागिरे जीवनमा आठवटा हात्तीलाई तालिम दिइसकेका छन्। छावालाई काम लगाउन योग्य बनाउन र माउतेको भाषा बुझ्ने बनाउन तालिम दिइन्छ। 

_x000D_ _x000D_

तालिम नपाएका छावाले हात्तीसारका कर्मचारी र आगन्तुकलाई हानेर घाइते बनाउने डर हुन्छ। तालिम नदिएको छावा बिरामी पर्न गएमा उपचार गराउन समेत अप्ठ्यारो पर्छ। छावाको उमेर दुईदेखि चार वर्ष पुगेपछि तालिम दिइन्छ। प्रमुख चौधरी भन्छन्,'छावालाई बाँधेपछि टाउको र सुँडको प्रयोग गरी तालिम दिनेलाई हमला गर्न सक्दैन।' 

_x000D_ _x000D_

मौखिक तथा सांकेतिक आदेश 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

तालिमका क्रममा प्रायः छावाको अगाडिको दुवै खुट्टा डोरीले बाँधेर राखिन्छ। दिउँसोको समयमा तालीम दिइने छावाको घाँटीको डोरीमा दुवैतर्फ लामो डोरी जोडेर दुईटा अनुभवी र बलिया हात्तीलाई समात्न लगाइन्छ। पछाडि एक बलियो हात्तीलाई राखिन्छ। यसरी डोरी र तालिमप्राप्त हात्तीको सहायताले नियन्त्रणमा लिँदै अभ्यासका हिँडाइन्छ। 

_x000D_ _x000D_

छावाको घाँटीमा एक माउते बसेर ठूलो चौरमा लगेर दायाँबायाँ हिँडाउने, बसाउने, उठाउने, गरिन्छ। यसका लागि मौखिक तथा सांकेतिक आदेश दिएर सिकाइन्छ।

_x000D_ _x000D_

साँझमा आगोको लपेटोले तर्साउँदै छावाको शरीरमा चढ्ने, मालिस गर्नेजस्ता क्रियाकलाप गरिन्छ। ती छावालाई अन्य प्रकारका जनावर, मोटर र असामान्य आवाज तथा गन्धसँग नडराउन भनेर अभ्यस्त गराउन सडकतिर पनि लैजाने गरिन्छ। 

_x000D_ _x000D_

हालसम्म चारवटा हात्तीलाई तालिम दिएका माउते चतुरलाल चौधरीका अनुसार तालिमका क्रममा छावा हात्ती घाइतेसमेत हुन पुग्छन्।

_x000D_ _x000D_

सामान्यतया एउटा छावालाई तालीम दिन २० दिनदेखि तीन महिनासम्म लाग्छ। यसपछि पनि छावाले माउतेबाट दिइने अन्य आदेश कामको सिलसिलामा सिक्दै जान्छन्। जुनसुकै जातिका माउते भए पनि हात्तीलाई स्थानीय थारु भाषामै तालिम दिइने र काममा लगाउने गरिन्छ। 

_x000D_ _x000D_

थारू भाषामा ‘अगत’ भनेपछि हिँड्छन् 

_x000D_ _x000D_

तीनवटा हात्तीलाई तालिम दिइसकेका केन्द्रका माउते सन्तलाल पाख्रिनले हात्तीलाई बसाउन ‘बैठ’, घुँडा खुम्च्याएर बसाउन ‘सरबैठ’, राम्रोसँग बाटो हेर भन्न ‘देख’, अगाडि हिँड्न ‘अगत’, टाउकोले धकेल्न ‘हिक’, उठाएर मुखमा च्याप्न ‘उठासकल’, टाउको झुकाइ अगाडिको खुट्टा खुम्च्याउन ‘झुक’ शब्द प्रयोग गरिन्छ। 

_x000D_ _x000D_

यसैगरी, हात्तीलाई उठाउन ‘मैल’, सुताउन ‘सुत’, पानी पिउने ‘छोप’, समातेर दबाउन ‘घरदाव’, यता हिँड भन्न ‘फर्कि इभर’, छोड्नलाई ‘छि’, रोकिनलाई ‘र’, बोकी हिँड्नलाई ‘छेउ’, खानलाई ‘दहिर’ जस्ता भाषा प्रयोग हुन्छ। 

_x000D_ _x000D_

तालिम पूरा गरेपछि छावालाई बोका, कुखुरा, परेवाको बलि दिई देवी देवताको पूजा गर्ने प्रचलन छ। केन्द्रमा यस वर्ष तीन वटा छावालाई तालिम दिने तयारी छ। गत वर्ष दुई वटालाई तालिम दिइएको थियो। एशियाली संस्कृतिमा हात्तीलाई ज्ञानको प्रतीक मानिन्छ। यिनीहरूको स्मरणशक्ति र वुद्धिको क्षमता प्रायः ऐतिहासिक मानव ह्वेल र डल्फिन बराबर हुने मानिन्छ। 

_x000D_ _x000D_

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल हात्तीलाई दिइने यो परम्परागत तालिम प्रभावकारी भएको बताउँछन्। औपचारिक शिक्षा नलिए पनि माउतेले परम्परागत ज्ञानबाट हात्तीलाई तालिम दिने गरेको ढकालको भनाइ छ।

_x000D_ _x000D_

यही तालिम पाएका हात्तीले तिनै माउतेका भाषा र सङ्केत बुझेर निकुञ्ज संरक्षण गस्तीदेखि पर्यटक डुलाउनेसम्म काम गर्दै आएका छन्। नवलपुर, चितवन, पर्सा, मकवानपुरका क्षेत्र गरी ९५२ वर्गकिलोमिटरमा फैलिएको यो निकुञ्ज नेपालको पहिलो निकुञ्ज हो, जुन विश्व सम्पदा सूचीमा सूचीकृत छ। 

_x000D_ _x000D_

शिक्षाविद् रमाकान्त सापकोटा हात्तीलाई पढाउने नभएर तालिम दिने भएकाले यसका लागि औपचारिक शिक्षा नचाहिने बताउँछन्। केही वर्षअघि जापानको एक विश्वविद्यालयका पशु विज्ञान विषयका विद्यार्थीसँग सौराहामा भेट हुँदा उनीहरुले अध्ययन गरेअनुसार नेपाल, जापान र थाइल्याण्डका हात्तीको संज्ञानात्मक विकास फरकफरक भएको पाइएको आफूलाई जानकारी दिएको उनले बताए। 

_x000D_ _x000D_

औपचारिक शिक्षा नलिए पनि यहाँका माउते दक्ष रहेकाले उनीहरुको ज्ञान, सीप र अनुभवको अबमूल्यन गर्न नहुने सापकोटाले बताए। माउतेलाई थप शिक्षा दिएर हात्तीलाई परिस्कृत तालिम दिनुपर्ने संरक्षण क्षेत्रका जानकार बताउँछन्। 

_x000D_ _x000D_

चौध वर्ष पुगेपछि प्रजजन प्रक्रिया 

_x000D_ _x000D_

केन्द्रमा हाल दुई भाले, तीन पोथी र ६ वटा छावा छन्। निकुञ्जभरिमा कूल ६० वटा सरकारी स्वामित्वका हात्ती छन्। हाल विश्वमा अफ्रिकन झाडीमा पाइने हात्ती, अफ्रिकन जङ्गलमा पाइने हात्ती र एशियन हात्ती गरी तीन प्रकारका हात्ती अस्तित्वमा रहेको पाइन्छ। साधारणतया एउटा छावा जन्मदाकै अवस्थामा १ सय २० किलोग्राम (२६० पाउन्ड) तौलको हुन्छ। 

_x000D_ _x000D_

एशियन हात्ती प्रौढ हात्ती अवस्थामा पाँच टन तौलका हुन्छन्। यिनीहरुको उचाइ तीन मिटर र लम्बाइ ६ दशमलव ४ मिटर हुन्छ। हात्तीको औषत आयु ५० देखि ७० वर्षको हुन्छ। अहिलेसम्मको अभिलेखअनुसार ८२ वर्षसम्म पनि बाँचेको छ। हात्ती १४ देखि १५ वर्षमा पुगेपछि उनीहरू प्रजनन (यौन) प्रक्रियामा संलग्न हुन्छन्। गर्भिणी हात्तीलाई केन्द्रमा ल्याउने गरिन्छ। 

_x000D_ _x000D_

छावा हेर्न भिड 

_x000D_ _x000D_

बाइसदेखि चौबीस महिनासम्म गर्भमा बसेर जन्मिने हात्तीको बच्चा हेर्न रत्ननगर नगरपालिकाको सौराहा खोरसोरस्थित उक्त केन्द्रमा यतिबेला स्वदेशी र विदेशी पर्यटकको भिड लाग्ने गरेको छ। 

_x000D_ _x000D_

केन्द्रका प्रमुख चौधरीका अनुसार गत असोज २३ गते पूजाकली हात्ती र यही कात्तिक १६ गते गणेशकली हात्तीले बच्चा जन्माएका थिए। न्वारन गर्न तयारी गरिएको गणेशकलीको छावा बाँधेर राखिएको माउको वरिपरि खेलिरहेको हेर्न र परबाट तस्वीर लिएर पर्यटक रमाउँछन्। 

_x000D_ _x000D_

केन्द्रमा यसअघिका ३० देखि ३५ महिनाका चार वटा बच्चा पनि छन्। छावा जन्मिएको दिन २ सय भन्दा बढी पर्यटक केन्द्र आउने गरेको चौधरीले बताए।

_x000D_ _x000D_

त्यसपछिका दिनमा पनि सय पर्यटक नघटेको उनको भनाइ छ। केन्द्र प्रवेशका नेपालीले रु १० र विदेशीले रु ५० तिरेर टिकट काट्नुपर्छ। बालबालिकादेखि वृद्धवृद्धासम्म छावा हेर्न आउने गरेका छन्। आउनेमध्ये विदेशीभन्दा नेपाली नै बढी हुन्छन्। रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५  ०१:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ?
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस्
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस् बिहीबार, पुस १०, २०८२
पार्टीमा आफ्नो जिम्मेवारी ख्याल गर्न गगन थापालाई डा. प्रकाशशरण महतको सुझाव बिहीबार, पुस १०, २०८२
बालेनलाई भेट्न पुगे डा. बाबुराम भट्टराई बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
प्रतिनिधि सभा पुनःस्थापनाको रिटमा आज पेशी बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्