• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

परम्परागत तालिमबाटै अभ्यस्त हुन्छन् हात्तीहरू

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २९, २०७५  ०१:४१
1140x725

सौराहा– माउसँग क्रमशः अलग गराएर छावा हात्तीको चुनौतीपूर्ण तालिम सुरु हुन्छ। तान्त्रिक विधिबाट देवीदेवताको पूजा गरी छावालाई खवारीको खाँबोमा बाँधेर सुरु हुने यो तालिमबारे सुन्नेलाई रमाइलो लाग्न सक्छ तर तालिम दिने माउते र लिने छावालाई चाहिँ यो कष्टप्रद हुन्छ। 

_x000D_ _x000D_

दाना, आहार र पानीसमेत कम दिई साँझ बिहान खवारीमा डोरीले छावाको घाँटीमा बाँधिन्छ। धेरै उपद्रो मच्याउन थाले नजिकै आगो बालेर छावाको रिस शान्त पारिन्छ। आगोको लप्काले तर्साएर उसलाई नियन्त्रणमा राखिन्छ। 

_x000D_ _x000D_

छावाका गुरु तिनै हात्ती चलाउने माउते र उनका माउहरु हुन्। माउते अधिकांश थारु जातिका छन्। छावालाई तालिम दिने यो कठिन तर रोमाञ्चक काममा स्थानीय चौधरी वर्षाैँदेखि अभ्यस्त छन्।

_x000D_ _x000D_

उनीहरुले कुनै विश्वविद्यालय वा प्रशिक्षण केन्द्रमा पढेर हात्तीसँग खेल्न थालेका होइनन्। त्यसो त माउतेका गुरु पनि तिनै हात्ती नै हुन्, जसले एकापसका भाषा र हाउभाउ बुझेर आफ्ना जीवन चलाइहेका छन्। 

_x000D_ _x000D_

जमिनमा पाइनेमध्ये सबैभन्दा ठूलो शरीर भएको जनावरलाई साक्षर मात्र भएका माउतेले कुशल प्रशिक्षक भई तालिम दिएर भनेअनुसार ठाउँमा डुलाउन सक्नु आफैँमा चुनौतीपूर्ण काम हाे। 

_x000D_ _x000D_

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन एवम् तालिम केन्द्र, सौराहामा हात्तीलाई नियमित तालिम दिइन्छ। केन्द्रका प्रमुख बुधन चौधरीले आफ्नो ३० वर्षे जागिरे जीवनमा आठवटा हात्तीलाई तालिम दिइसकेका छन्। छावालाई काम लगाउन योग्य बनाउन र माउतेको भाषा बुझ्ने बनाउन तालिम दिइन्छ। 

_x000D_ _x000D_

तालिम नपाएका छावाले हात्तीसारका कर्मचारी र आगन्तुकलाई हानेर घाइते बनाउने डर हुन्छ। तालिम नदिएको छावा बिरामी पर्न गएमा उपचार गराउन समेत अप्ठ्यारो पर्छ। छावाको उमेर दुईदेखि चार वर्ष पुगेपछि तालिम दिइन्छ। प्रमुख चौधरी भन्छन्,'छावालाई बाँधेपछि टाउको र सुँडको प्रयोग गरी तालिम दिनेलाई हमला गर्न सक्दैन।' 

_x000D_ _x000D_

मौखिक तथा सांकेतिक आदेश 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

तालिमका क्रममा प्रायः छावाको अगाडिको दुवै खुट्टा डोरीले बाँधेर राखिन्छ। दिउँसोको समयमा तालीम दिइने छावाको घाँटीको डोरीमा दुवैतर्फ लामो डोरी जोडेर दुईटा अनुभवी र बलिया हात्तीलाई समात्न लगाइन्छ। पछाडि एक बलियो हात्तीलाई राखिन्छ। यसरी डोरी र तालिमप्राप्त हात्तीको सहायताले नियन्त्रणमा लिँदै अभ्यासका हिँडाइन्छ। 

_x000D_ _x000D_

छावाको घाँटीमा एक माउते बसेर ठूलो चौरमा लगेर दायाँबायाँ हिँडाउने, बसाउने, उठाउने, गरिन्छ। यसका लागि मौखिक तथा सांकेतिक आदेश दिएर सिकाइन्छ।

_x000D_ _x000D_

साँझमा आगोको लपेटोले तर्साउँदै छावाको शरीरमा चढ्ने, मालिस गर्नेजस्ता क्रियाकलाप गरिन्छ। ती छावालाई अन्य प्रकारका जनावर, मोटर र असामान्य आवाज तथा गन्धसँग नडराउन भनेर अभ्यस्त गराउन सडकतिर पनि लैजाने गरिन्छ। 

_x000D_ _x000D_

हालसम्म चारवटा हात्तीलाई तालिम दिएका माउते चतुरलाल चौधरीका अनुसार तालिमका क्रममा छावा हात्ती घाइतेसमेत हुन पुग्छन्।

Xtrem

Xtrem
_x000D_ _x000D_

सामान्यतया एउटा छावालाई तालीम दिन २० दिनदेखि तीन महिनासम्म लाग्छ। यसपछि पनि छावाले माउतेबाट दिइने अन्य आदेश कामको सिलसिलामा सिक्दै जान्छन्। जुनसुकै जातिका माउते भए पनि हात्तीलाई स्थानीय थारु भाषामै तालिम दिइने र काममा लगाउने गरिन्छ। 

_x000D_ _x000D_

थारू भाषामा ‘अगत’ भनेपछि हिँड्छन् 

_x000D_ _x000D_

तीनवटा हात्तीलाई तालिम दिइसकेका केन्द्रका माउते सन्तलाल पाख्रिनले हात्तीलाई बसाउन ‘बैठ’, घुँडा खुम्च्याएर बसाउन ‘सरबैठ’, राम्रोसँग बाटो हेर भन्न ‘देख’, अगाडि हिँड्न ‘अगत’, टाउकोले धकेल्न ‘हिक’, उठाएर मुखमा च्याप्न ‘उठासकल’, टाउको झुकाइ अगाडिको खुट्टा खुम्च्याउन ‘झुक’ शब्द प्रयोग गरिन्छ। 

_x000D_ _x000D_

यसैगरी, हात्तीलाई उठाउन ‘मैल’, सुताउन ‘सुत’, पानी पिउने ‘छोप’, समातेर दबाउन ‘घरदाव’, यता हिँड भन्न ‘फर्कि इभर’, छोड्नलाई ‘छि’, रोकिनलाई ‘र’, बोकी हिँड्नलाई ‘छेउ’, खानलाई ‘दहिर’ जस्ता भाषा प्रयोग हुन्छ। 

_x000D_ _x000D_

तालिम पूरा गरेपछि छावालाई बोका, कुखुरा, परेवाको बलि दिई देवी देवताको पूजा गर्ने प्रचलन छ। केन्द्रमा यस वर्ष तीन वटा छावालाई तालिम दिने तयारी छ। गत वर्ष दुई वटालाई तालिम दिइएको थियो। एशियाली संस्कृतिमा हात्तीलाई ज्ञानको प्रतीक मानिन्छ। यिनीहरूको स्मरणशक्ति र वुद्धिको क्षमता प्रायः ऐतिहासिक मानव ह्वेल र डल्फिन बराबर हुने मानिन्छ। 

_x000D_ _x000D_

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल हात्तीलाई दिइने यो परम्परागत तालिम प्रभावकारी भएको बताउँछन्। औपचारिक शिक्षा नलिए पनि माउतेले परम्परागत ज्ञानबाट हात्तीलाई तालिम दिने गरेको ढकालको भनाइ छ।

_x000D_ _x000D_

यही तालिम पाएका हात्तीले तिनै माउतेका भाषा र सङ्केत बुझेर निकुञ्ज संरक्षण गस्तीदेखि पर्यटक डुलाउनेसम्म काम गर्दै आएका छन्। नवलपुर, चितवन, पर्सा, मकवानपुरका क्षेत्र गरी ९५२ वर्गकिलोमिटरमा फैलिएको यो निकुञ्ज नेपालको पहिलो निकुञ्ज हो, जुन विश्व सम्पदा सूचीमा सूचीकृत छ। 

_x000D_ _x000D_

शिक्षाविद् रमाकान्त सापकोटा हात्तीलाई पढाउने नभएर तालिम दिने भएकाले यसका लागि औपचारिक शिक्षा नचाहिने बताउँछन्। केही वर्षअघि जापानको एक विश्वविद्यालयका पशु विज्ञान विषयका विद्यार्थीसँग सौराहामा भेट हुँदा उनीहरुले अध्ययन गरेअनुसार नेपाल, जापान र थाइल्याण्डका हात्तीको संज्ञानात्मक विकास फरकफरक भएको पाइएको आफूलाई जानकारी दिएको उनले बताए। 

_x000D_ _x000D_

औपचारिक शिक्षा नलिए पनि यहाँका माउते दक्ष रहेकाले उनीहरुको ज्ञान, सीप र अनुभवको अबमूल्यन गर्न नहुने सापकोटाले बताए। माउतेलाई थप शिक्षा दिएर हात्तीलाई परिस्कृत तालिम दिनुपर्ने संरक्षण क्षेत्रका जानकार बताउँछन्। 

_x000D_ _x000D_

चौध वर्ष पुगेपछि प्रजजन प्रक्रिया 

_x000D_ _x000D_

केन्द्रमा हाल दुई भाले, तीन पोथी र ६ वटा छावा छन्। निकुञ्जभरिमा कूल ६० वटा सरकारी स्वामित्वका हात्ती छन्। हाल विश्वमा अफ्रिकन झाडीमा पाइने हात्ती, अफ्रिकन जङ्गलमा पाइने हात्ती र एशियन हात्ती गरी तीन प्रकारका हात्ती अस्तित्वमा रहेको पाइन्छ। साधारणतया एउटा छावा जन्मदाकै अवस्थामा १ सय २० किलोग्राम (२६० पाउन्ड) तौलको हुन्छ। 

_x000D_ _x000D_

एशियन हात्ती प्रौढ हात्ती अवस्थामा पाँच टन तौलका हुन्छन्। यिनीहरुको उचाइ तीन मिटर र लम्बाइ ६ दशमलव ४ मिटर हुन्छ। हात्तीको औषत आयु ५० देखि ७० वर्षको हुन्छ। अहिलेसम्मको अभिलेखअनुसार ८२ वर्षसम्म पनि बाँचेको छ। हात्ती १४ देखि १५ वर्षमा पुगेपछि उनीहरू प्रजनन (यौन) प्रक्रियामा संलग्न हुन्छन्। गर्भिणी हात्तीलाई केन्द्रमा ल्याउने गरिन्छ। 

_x000D_ _x000D_

छावा हेर्न भिड 

_x000D_ _x000D_

बाइसदेखि चौबीस महिनासम्म गर्भमा बसेर जन्मिने हात्तीको बच्चा हेर्न रत्ननगर नगरपालिकाको सौराहा खोरसोरस्थित उक्त केन्द्रमा यतिबेला स्वदेशी र विदेशी पर्यटकको भिड लाग्ने गरेको छ। 

_x000D_ _x000D_

केन्द्रका प्रमुख चौधरीका अनुसार गत असोज २३ गते पूजाकली हात्ती र यही कात्तिक १६ गते गणेशकली हात्तीले बच्चा जन्माएका थिए। न्वारन गर्न तयारी गरिएको गणेशकलीको छावा बाँधेर राखिएको माउको वरिपरि खेलिरहेको हेर्न र परबाट तस्वीर लिएर पर्यटक रमाउँछन्। 

_x000D_ _x000D_

केन्द्रमा यसअघिका ३० देखि ३५ महिनाका चार वटा बच्चा पनि छन्। छावा जन्मिएको दिन २ सय भन्दा बढी पर्यटक केन्द्र आउने गरेको चौधरीले बताए।

_x000D_ _x000D_

त्यसपछिका दिनमा पनि सय पर्यटक नघटेको उनको भनाइ छ। केन्द्र प्रवेशका नेपालीले रु १० र विदेशीले रु ५० तिरेर टिकट काट्नुपर्छ। बालबालिकादेखि वृद्धवृद्धासम्म छावा हेर्न आउने गरेका छन्। आउनेमध्ये विदेशीभन्दा नेपाली नै बढी हुन्छन्। रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५  ०१:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्