काठमाडौं– लिओनल मेसीले लामो समयपछि सुरुआती टोलीबाट खेलेको खेलमै इन्टर मियामीले नासभिल एससीसँग ४–१ को फराकिलो हार बेहोरेको छ।
पिताको निधनपछि पहिलोपटक सुरुआती टोलीमा फर्किएका मेसीले पेनाल्टीमा गोल गर्ने अवसर पाए पनि नासभिलका गोलरक्षक ब्रायन स्वाकले उनको प्रहार रोके।
नासभिलका लागि हानी मुख्तारले दोस्रो हाफमा दुई गोल गरे भने एन्डी नाजार र साम सुरिजले एक–एक गोल थपे। इन्टर मियामीका लागि टेलास्को सेगोभियाले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
जितसँगै नासभिलले एमएलएसको शीर्ष स्थान कायमै राख्दा मेसीको पुनरागमन इन्टर मियामीका लागि भने निराशाजनक बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।