काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले गिरावट आएको छ।
आज सेयर बजार १ अंकले गिरावट आएसँगै २६०७ अंकमा कायम भएको छ।
बजार गिरावट भएसँगै कारोबार रकम पनि चार अर्ब मुनि खुम्चिएको छ। अघिल्लो दिन तीन अर्ब ७३ करोड बराबरको सेयर कारोबार हुँदा आज तीन अर्ब ४९ करोडको भयो।
९८ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने ११ को स्थिर रह्यो । सबै समूहको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । अघिल्लो दिन पनि सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रहेको थियो । आज बैंकिङ ०.१५, जीवन बीमा ०.१८, उत्पादन तथा प्रशोधन ०.९२, माइक्रोफाइनान्स ०.०९ तथा व्यापार ०.०७ प्रतिशत बढे ।
त्यस्तै विकास बैंक ०.१९, फाइनान्स ०.६५, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.३६, लगानी ०.२९, निर्जीवन बीमा ०.१६ र अन्य समूह ०.६३ प्रतिशत घटे ।
दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढ्ने कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल छन् । त्यस्तै श्रीनगर एग्रिटेकको ५.९९, मोलुङ हाइड्रोपावरको ३.९१ प्रतिशत मूल्य बढ्यो ।
मुक्तिनाथ कृषि कम्पनीको मूल्य सबैभन्दा धेरै ८.४२ प्रतिशत घट्यो । त्यस्तै थ्रीस्टार हाइड्रोपावरको ४.७१, माथिल्लो मैलुङखोलाको ४.१० तथा इङवा हाइड्रोपावरको ३.०२ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, श्रीनगर एग्रिटेक, सागर डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्ट छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।