• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २५, २०८२ Tue, Nov 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

महिलाहरु पुरुषभन्दा शारीरिक बलले कमजोर हुन्छन्

64x64
नेपाल लाइभ मंगलबार, असोज २३, २०७५  १९:०५
1140x725

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या सम्बन्धमा छानबिन गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन सरकारले भरखरै सार्वजनिक गरे पनि यसले थुप्रै आशंका जन्माएको छ। हत्याको दुई महिना बितिसक्यो तर अपराधी पक्राउ पर्न सकेका छैनन्।

_x000D_ _x000D_

समयसँगै  निर्मलाको बलात्कार अनि  हत्याविरुद्ध उठेका आवाज बिस्तारै मत्थर हुँदै गएका छन्। सायद अर्को यस्तै जघन्य अपराध नघटेसम्म हामी फेरि तातिनेछैनौं। नैतिकताको खडेरी परेको सरकारले पनि नागरिक दबाब कम हुँदै गएको अवस्थामा आफूले गरेका प्रतिज्ञा बिस्तारै भुल्दै जानेछ। र, बलात्कारीलाई फाँसी दिने, लिंग छेदन गर्ने जस्ता नाराहरु एक पटक फेरि रद्दीको  टोकरीमा थन्कनेछन्, अर्को  कुनै बिभत्स हत्याको पर्खाइमा।

_x000D_ _x000D_

अपराधीलाई गतिलो सजाय दिँदैमा बलात्कार अन्त्य गर्न सकिन्छ त? बलात्करी कसरी जन्मिन्छ, कस्तो मान्छेले बलात्कार गर्छ र समाजका कुनकुन तत्वहरुले बलात्कार हुनुमा भूमिका खेलेका हुन्छन्? यी कुराको सम्बोधन नगरीकनै बलात्कारको अन्त्य गर्न असम्भव छ। त्यसैले अपराधीलाई सजाय दिनु मात्र नभई हाम्रो बहस बलात्कारको अन्त्यका तर्फ पनि मोडिनु आवश्यक छ। 

_x000D_ _x000D_

OOO

_x000D_ _x000D_

प्रसिद्ध अस्ट्रियन मनोवैज्ञानिक सिग्मन्ड फ्रायडका अनुसार मानव व्यक्तित्वलाई इड, इगो र सुपरइगो गरी तिन प्रकारमा विभाजित गर्न सकिन्छ। इड भनेको मानिसको आधारभूत व्यक्तित्व हो, जुन उसले जन्मजात नै लिएर आएको हुन्छ। यो सचेत मस्तिष्कको नियन्त्रणमा हुँदैन र यसमा रिस, कामेच्छा, आवेग आदि पर्दछन्। यस प्रकारको व्यक्तित्वले इच्छा आकांक्षालाई तुरुन्तै पूरा गर्न चाहन्छ र ती इच्छा आकांक्षा  पूरा गर्न जुन हदसम्म पनि जान तयार हुन्छ। चाहनालाई पूरा गर्ने क्रममा भविष्यमा आइपर्ने परिणामलाई यस प्रकारको व्यक्तित्वले खास्सै मतलब राख्दैन। यो  तत्काल  प्राप्त हुने क्षणिक आनन्दका आधारमा चल्ने गर्दछ। भर्खर जन्मिएको बच्चामा हुने व्यक्तित्व भनेको इड मात्र हो र बिस्तारै समाजबाट उसले अरु प्रकारका व्यक्तित्व सिक्दै जान्छ। 

_x000D_ _x000D_

एउटा उदाहरण लिऊँ, तपाईंआफ्नो सानो बच्चासँग बजार घुम्न जानुभयो र त्यहाँ उसलाई कुनै खेलौना मनपर्‍यो भने उसलाई त्यो जसरी पनि चाहिन्छ। तपाईंले किनिदिन इन्कार गर्नुभयो भने ऊ रुन्छ, कराउँछ, भुइँमै पल्टिछ। न त उसलाई  आफ्नो इज्जतको मतलब हुन्छ न त तपाईंसँग किनिदिने पैसा छ कि छैन भन्ने कुराको। बस जसरी भए पनि ऊ आफ्नो चाहना पूरा गर्न चाहन्छ। यही नै इड हो।

_x000D_ _x000D_

इगोले  मानिसलाई वास्तविक दुनियाँसँग सम्झौता गरेर अघि बढ्न सिकाउँछ। फ्रायडका अनुसार इगोको विकास इडबाट नै हुन्छ र इड व्यक्तित्वका गुण आवेग, रिस, कामेच्छालाई वरिपरिको समाजले स्वीकृत गर्ने रुपमा प्रस्तुत गर्दछ। इगोले आवेगमा आएर इच्छा आकांक्षा पूरा गर्न खोज्दा हुन सक्ने फाइदा र बेफाइदालाई केलाएर त्यही अनुसार व्यवहार गर्न सिकाउँछ। जस्तो कि अघिकै उदाहरणमा सामान किनिदिन भन्दै बजारमै झगडा गर्दा घर पुगेर पिटाइ पनि खान सकिन्छ भन्दै केही बच्चाले झगडा नगरी आमाबाबुलाई अनुरोध गर्दछन्  र त्यसको बदलामा आफू राम्ररी पढ्ने वाचा पनि गर्दछन्। 

_x000D_ _x000D_

सुपर इगोले नैतिकता, असल-खराब, ठिक-बेठिक आदिको आधार प्रदान गर्दछ। कुनै पनि व्यक्तिले आफ्नो अभिभावक र समाजबाट सिकेका कुरा र जिन्दगीमा भोगाइबाट प्राप्त ज्ञानबाट सुपर इगोको निर्माण हुने गर्दछ। यसले मानिसका सामाजिक रुपमा अस्विकार्य इच्छा आकांक्षाहरुमा अंकुश लगाई मानिसलाई सभ्य बनाउँछ। जस्तो कि अघिकै बच्चाले बजारमा मनपरेको सामान देख्दा पनि अभिभावकलाई आर्थिकभार पर्ला कि भनी किनिदिन आग्रह नगर्नु। पाँच वर्षको उमेरबाट मानिसमा सुपर इगोको विकास हुन थाल्छ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_
_x000D_

नशाको तालमा इडले तपाईंको व्यक्तित्वमाथि कब्जा गर्दा आवेगमा आउनुहुन्छ। त्यसबेला इच्छा र आकांक्षाले उन्मत्त भई तपाईंले जिन्दगीमै नचिताएको अपराध गर्न सक्ने सम्भावना रहन्छ।

_x000D_
_x000D_ _x000D_

फ्रायडका अनुसार स्वस्थ व्यक्तित्व निर्माणका लागि इड, इगो र सुपर इगोबीच सन्तुलन कायम हुन आवश्यक छ। यदि कसैको व्यक्तित्वलाई इडले बढी नियन्त्रण गर्‍यो भने त्यो मानिस अनियन्त्रित हुने, आवेगमा आउने र आपराधिक घटनाहरुमा संलग्न हुने गर्दछ। इड मानिसले जन्मजात लिएर आएको हुन्छ र बाँकी दुई अभिभावक र समाजबाट सिक्दछ। यदि कुनै बच्चा हुर्किंदा आफ्नो आमाबाबुको राम्रो सामिप्यता माया पाएन भने उसको सुपर इगोको उचित विकास हुन सक्दैन। झगडालु परिवार र अनुचित समाज तथा  साथीभाइ भएमा पनि मानिसको व्यक्तित्वलाई इडले बढी नियन्त्रण गर्दछ किनकि त्यस किसिमको परिस्थितिमा नैतिकता के हो भन्ने कुरा प्रस्ट हुँदैन। त्यस्तो पृष्ठभूमिबाट आएका मानिसले आफ्नो आवेग र सामाजिक रुपमा अनुचित इच्छा आकांक्षालाई आफ्नो काबुमा राख्न सक्दैनन् र क्षणिक आनन्दका लागि हत्या र बलात्कार जस्ता जघन्य अपराध गर्दछन्।

_x000D_ _x000D_

रक्सी र अन्य अधिकांश लागुपदार्थले मानिसको इगो र सुपर इगोलाई सुषुप्त बनाउने हुँदा व्यक्तित्वमा इडको राज चल्दछ, र जाग्दछ कामेच्छा। अनि अर्को दिन समाचार बन्छ– रक्सी सेवन गरी बाबुले गरे छोरीको बलात्कार, दाइद्वारा बहिनीको बलात्कार, ७५ वर्षे वृद्धाको बलात्कार, छोराद्वारा बाबुको हत्या!! 

_x000D_ _x000D_

के रक्सी तथा अन्य लागुपदार्थको सेवनपूर्व  ती पात्रहरुले बलात्कार/हत्याका बारेमा सोचेका हुन्छन् त? रक्सी तथा अन्य लागुपदार्थ सेवन गरेको बेला त्यस्तो कुकर्म हुँदैन भन्ने कुरामा तपाईं ढुक्क हुनुहुन्छ? नशाको तालमा इडले तपाईंको व्यक्तित्वमाथि कब्जा गर्दा आवेगमा आउनुहुन्छ। त्यसबेला इच्छा र आकांक्षाले उन्मत्त भई तपाईंले जिन्दगीमै नचिताएको अपराध गर्न सक्ने सम्भावना रहन्छ। त्यसको मतलब तपाईं पनि सम्भावित बलात्कारी हो! इडले व्यक्तित्वमा काबु जमायो भने मानिस पशुसरह व्यवहार गर्दछ। इडको राजमा विवेकले काम गर्दैन र मानिस जनावरतुल्य हुन्छ। बोकाले आफ्नो  कामेच्छा पूरा गर्न  कहिल्यै बाख्रीलाई सोधेको थाहा पाउनुभएको छ?

_x000D_ _x000D_

प्रसिद्ध अमेरिकी मनोवैज्ञानिक बिएफ स्किनरका अनुसार मानिसमा सुपर इगोको विकासमा प्रोत्साहन र सजायले अहम् भूमिका खेल्दछन्। राम्रा कामको उचित प्रोत्साहन भएन र नराम्रा कामको सजाय दिइएन भने सुपर इगोको विकास हुँदैन र त्यसले आपराधिक मानसिकतालाई जन्माउँछ। सुपर इगोको विकासका लागि नैतिक शिक्षाको ठूलो भूमिका रहने गर्दछ। अभिभावक र समाज नैतिकवान् भएमा त्यो  वातावरणमा हुर्कने बच्चामा आपराधिक मानसिकताको विकास हुन पाउँदैन र हत्या, बलात्कार जस्ता जघन्य अपराधको न्यूनीकरण हुन्छ।

_x000D_ _x000D_

इड पुरुषमा मात्र हाबी हुने भन्ने हुँदैन त्यो महिलामा पनि हाबी हुन सक्दछ। तर हाम्रो समाजमा पुरुष बलात्कृत भएको उदाहरण खासै सुनिँदैन जति महिला बलात्कार भएको सुनिन्छ। यसका केही कारण छन्। 

_x000D_ _x000D_
_x000D_

हाम्रो जस्तो पुरुषप्रधान देशमा महिलाको नभएर पुरुषको बलात्कार हुने भए बलात्कारविरुद्ध कठोर कानुन उहिल्यै  बन्थ्यो होला। र, अपराधीले पनि यो वा त्यो बहानामा उन्मुक्ति पाउने थिएन होला।

_x000D_
_x000D_ _x000D_

महिलाहरु पुरुषभन्दा शारीरिक बलका हिसाबले कमजोर हुन्छन्, जसकारण उनीहरुले पुरुषमाथि जबर्जस्ती गर्न सक्दैनन्। दोस्रो कुरा हाम्रो जस्तो पुरुषप्रधान देशमा महिलालाई उनीहरु कमजोर हुन्छन् भन्ने कुरा उनीहरुको सोचमै थोपरिएको हुन्छ। त्यसैले उनीहरु आफूभन्दा कथित बलिया पुरुषमाथि जबर्जस्ती गरिहाल्न सक्दैनन्, र पुरुषले गरेको जबर्जस्ती पनि सहन बाध्य हुन्छन्। तेस्रो र सबैभन्दा महत्वपूर्ण कुरा यौन सम्पर्क वा  बलात्कारको सम्पूर्ण प्राकृतिक परिणाम (गर्भवती हुनु) महिलाले  बोक्नुपर्दछ। बलात्कारको कुनै पनि प्राकृतिक परिणामको जिम्मेवारी बहन गर्नु नपर्ने भएकाले पनि पुरुषले बढी नै बलात्कार गर्ने गरेको  देखिन्छ। 

_x000D_ _x000D_

बलात्कार घटनाको न्यूनीकरणका लागि अपराधीलाई सजाय दिनु आवश्यक छ तर त्यो पर्याप्त भने हुँदैन। त्यसका लागि उचित व्यक्तित्व विकास निर्माण गर्न सभ्य परिवार र समाजको भूमिका रहन्छ। आपराधिक मानसिकता जगाउने कुरामा बन्देज लगाई लैंगिक विभेदको अन्त्य गर्नुपर्दछ। नैतिक शिक्षा प्राप्त हुने सामाजिक क्रियाकलापमा हामीले हाम्रा साना नानीबाबुहरुलाई सहभागी गरायौं भने त्यसले उनीहरुमा असल व्यक्तित्व विकास गराउन सहयोग पुर्‍याउँछ। तर अहिलेको हाम्रो बहस र सरकारको अग्रसरता त्यतातिर बढेको देखिँदैन।  पुँजीवाद, पोर्नोग्राफी आदिलाई बलात्कारको कारक मानेर सरकार त्यसैमा अल्झिरहँदा मुख्य समस्या ओझेलमा पर्छ। जसकारण बलात्कार र अन्य अपराधिक घटना दोहोरिइरहन्छन्।  

_x000D_ _x000D_

अर्कोतिर बलात्कारका घटनातर्फ सरकारले देखाएको हल्कापनको प्रमुख कारण नेतृत्व समूहमा भएको पुरुषहरुको हालिमुहाली नै हो। हाम्रो जस्तो समाजमा एउटा पुरुषले कहिल्यै बलात्कारको पीडा बुझ्न सक्दैन र नेतृत्वकर्तामा यो समस्या अलि बढी नै देखिन्छ। महिला हिंसाका घटनालाई गम्भीर रुपमा नलिँदा त्यस्ता घटनामा संलग्न अपराधीको मनोबल झन् बढ्ने हुँदा समाजमा अपराध मौलाउँछ। 

_x000D_ _x000D_

अन्त्यमा, हाम्रो जस्तो पुरुषप्रधान देशमा महिलाको नभएर पुरुषको बलात्कार हुने भए बलात्कारविरुद्ध कठोर कानुन उहिल्यै  बन्थ्यो होला। र, अपराधीले पनि यो वा त्यो बहानामा उन्मुक्ति पाउने थिएन होला।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०७५  १९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेसमा मन्त्री बन्ने सांसदलाई राप्रपाले सोध्यो स्पष्टीकरण
राष्ट्रपति पौडेलद्वारा मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णलाई शपथ
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे
सम्बन्धित सामग्री
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको... आइतबार, भदौ २९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? परिचय:नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर चुनौतीको रूपमा देखिएको छ। दाँतमा कीरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सर, टेढामेढा दाँत, दन... शुक्रबार, भदौ २०, २०८२
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकार... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
जेनजी विद्रोह संस्थागत गर्न नेपाल जेनजी फ्रन्टले सरकारलाई बुझायो सम्झौतापत्रको मस्यौदा मंगलबार, कात्तिक २५, २०८२
मधेसमा मन्त्री बन्ने सांसदलाई राप्रपाले सोध्यो स्पष्टीकरण मंगलबार, कात्तिक २५, २०८२
राष्ट्रपति पौडेलद्वारा मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णलाई शपथ मंगलबार, कात्तिक २५, २०८२
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक (सूचीसहित) मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त सोमबार, कात्तिक २४, २०८२
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ सिफारिस सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्