• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

चिहानमा उभिएको अमेरिकी प्रभाव

64x64
नेपाल लाइभ मंगलबार, असोज २३, २०७५  १८:१४
1140x725

संयुक्त राष्ट्र अमेरिका स्थापनाका एक महत्वपूर्ण सदस्य एवं अमेरिकाका दोस्रो राष्ट्रपति जोन एडम्सले भनेका थिए- कुनै पनि देशलाई आफ्नो वशमा लिने दुई तरिका हुन्छन्। सैन्य बलमा सम्बन्धित देशमाथि विजय प्राप्त गर्ने सकिन्छ भन्ने मान्यता पहिलो हो भने र सो देशलाई ऋण जालमा पारी वशमा लिने अर्को माध्यम हो। १९औं शताब्दीमा बेलायतले सैन्य शक्तिको भरमा विश्वलाई आफ्नो अधीनमा राख्न सफल भएको थियो। तर, २०औं शताब्दीमा आईपुग्दा विश्व राजनीतिमा बेलायती प्रभाव विस्तारै क्षीण हुँदै गयो। उसको ठाउँ अर्को पश्चिमा देश अमेरिकाले लिन पुग्यो। 

_x000D_ _x000D_

विशेषगरी, दोस्रो विश्व युद्धपछि अमेरिकाले विश्व मञ्चमा आफ्नो वर्चश्व कायम गरेको हो। दोस्रो विश्व युद्धपछि सन् १९९० सम्म बहुध्रुव कायम रहेको विश्व राजनीतिमा सोभियत संघको विघटनपछि अमेरिकाको एकलौटी आधिपत्य रह्यो। उसको आधिपत्य चीनले २००१ मा विश्व व्यापार संगठनको सदस्यता नलिउन्जेल मात्र कायम रहन सक्यो। विश्व इतिहासको सभ्यतासँग विशेष परिचय नभएको अमेरिकी सभ्यताको लामो इतिहास बोकेका राष्ट्रलाई पछि पार्दै अघि बढ्नुमा खासगरी दुई वटा कारण छन्। बिबिसीका अनुसार अमेरिकी मुद्राले विश्वमुद्राका रुपमा स्वीकृति पाउनु विश्वमञ्चमा उसको प्रभुत्व बढ्नुको एक महत्वपूर्ण कारण हो। यस्तै अमेरिकाका आर्थिक ‘हिटम्यान’हरुको अथक परिश्रमले पनि अमेरिकालाई विश्वको नेतृत्वदायी भूमिकामा पुर्याएको मान्न सकिन्छ। 

_x000D_ _x000D_

जोन पर्किन्सले सन् २००४ मा प्रकाशनमा ल्याएको आत्मवृतान्त ‘द कन्फेसन्स अफ एन इकोनोमिक हिट-म्यान’मा आफूलगायत अरु अमेरिकी हिटम्यानले अमेरिकालाई कसरी विश्व सम्राज्यको अग्रणी नेतृत्वमा स्थापना गर्न सफल भयो भन्ने कुरा उल्लेख गरेका छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

ठूला निर्माण र इन्जिनियरिङ परियोजनाका लागि प्रर्याप्त विकास ऋण स्वीकार गर्न अविकसित देशका नेतालाई विश्वासमा लिने काम उनीजस्ता आर्थिक हिटम्यानहरुको थियो। ती परियोजनाबाट गरिब परिवारलाई भन्दा पनि स्थानीय सम्भ्रान्त वर्ग र अभिजात्य वर्गलाई फाइदा पुग्ने गर्र्छ। उनीहरुले यो सुनिश्चित गर्थे कि, परियोजनाहरु अमेरिकी कम्पनीसँग सम्बन्धित होउन्। परियोजना निर्माणमा लिएको ऋण अमेरिकाको राजनीतिक प्रभावका लागि र अमेरिकी कम्पनीलाई प्राकृतिक स्रोत प्रयोग गर्न सहयोग प्रदान गरोस्। यसरी अमेरिकी सरकारको एजेन्टका रुपमा अन्य देशमा काम गरी त्यहाँका नीतिनिर्मातालाई प्रभावमा पार्ने मानिसलाई पर्किन्सले आफ्नो पुस्तकमा आर्थिक हिटम्यानका रुपमा सम्बोधन गरेका छन्। 

_x000D_ _x000D_

अमेरिकाले प्रदान गर्ने आर्थिक सहायता नियतवश नै बढी हुने गरेको पर्किन्सको आरोप छ। विकासोन्मुख देशहरु त्यो ऋण र्फिता गर्न नसकुन् भन्ने उसको रणनीति नै हुने गरेको उनले उल्लेख गरेका छन्। ऋणको आडमा सो देशबाट राजनीतिक फाइदा लिन सकियोस् भन्ने चाहना अमेरिकाको हुने गरेको उनको आरोप छ। अमेरिकाले प्रदान गर्ने आर्थिक सहायता कुनै देशप्रतिको सद्भावका कारण नभई आफ्नै देशका मानिसलाई काम दिनुपर्ने सर्तका कारण हुने गरेको उनले उल्लेख गरेका छन्।

_x000D_ _x000D_

आफूले जागिर खाँदा सिआइए प्रतिनिधिलाई अन्र्तवार्ता दिएपनि अमेरिकी सरकारी जागिर नगरेको पर्किन्स बताउँछन्। १९८०कै दशकमा आफूले पुस्तक लेख्ने सोच बनाएको भएपनि आर्थिक प्रलोभनका कारण आफूले पुस्तक लेख्न नसकेको पर्किन्सले स्वीकारोक्ति छ। अमेरिकी विदेश नीतिको खुलेर विरोध गरेको उक्त पुस्तकमा उनले कर्मिट रुजवेल्ट जुनियरलाई अमेरिकाको पहिलो आर्थिक हिटम्यानका रुपमा चित्रण गरेका छन्। पूर्व राष्ट्रपति थियोडोर रुजवेल्टका नाति उनी हार्वड विश्वविद्यालयमा अध्ययन गरी अमेरिकी गुप्तचर निकायमा काम गरेका थिए। 

_x000D_ _x000D_

कर्मिट रुजवेल्टले इरानका तत्कालीन प्रधानमन्त्री महम्मद मोसाद नेतृत्वको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। गत वर्ष मात्रै सिआइएले कसरी इरानको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गर्न सफल भयो भन्ने प्रतिवेदन घटनाको ६४ वर्षपछि सार्वजनिक गरेको छ। करिब एक हजार पृष्ठ लामो उक्त प्रतिवेदनमा भनिएको छ, ‘लगभग असफल भएको घटना रुजवेल्टको प्रयासले सफल भएको हो।’ 

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

_x000D_ _x000D_

टाइम्स म्याग्जिनको ‘वर्ष व्यक्ति’ बन्न सफल रुजवेल्टले १९५३ मा बिना कुनै रत्तपात मोसादलाई पदच्यूत गरी उनको ठाउँमा इरानका शाहलाई सत्तामा स्थापना गरेका थिए। उक्त समयमा आर्थिक हिटम्यान प्रशंसित भएपनि त्यो जोखिमपूर्ण घटना थियो। रुजवेल्ट एक सरकारी गुप्तचर निकायका प्रतिनिधि भएकाले उनी विरोधीहरुबाट समातिएको अवस्थामा अमेरिकी सरकार ठूलो परिबन्धमा पर्नुका साथै उसका लागि त्यो लाजको विषय पनि हुने थियो। यसपछि अमेरिकी गुप्तचर निकाय सिआइए र एनएसएको संयुक्त निर्णयमा आफू (पर्किन्स)जस्ता आर्थिक हिटम्यान नियुक्त गर्ने निर्णय भएको उनी बताउँछन्। यस्ता हिटम्यानलाई निजी परामर्श कम्पनी, ईन्जिनियरिङ् फर्म, निर्माण कम्पनीमा आबद्ध गराउने काम भएको पर्किन्सले पुस्तकमा बताएका छन्। यस्तो गरेको खण्डमा उनीहरु समातिएको अवस्थामा पनि अमेरिकी सरकारसँग कुनै सम्बन्ध नहुँदा त्यसले सरकारलाई कुनै फरक पार्न सक्दैनथ्यो। 

_x000D_ _x000D_

सन् १९५४ मा ग्वाटेमालाका राष्ट्रपतिको हत्यामा पनि आर्थिक हिटम्यानहरुकै हात रहेको पर्किन्सको पुस्तकले दाबी गरेको छ। सुरक्षा सम्बन्धी अध्ययन हुने अमेरिकी विश्वविद्यालय र्जज वासिङटन विश्वविद्यालयमा रहेको राष्ट्रिय सुरक्षा स्ंग्रहालयमा ग्वाटेमाला आक्रमण सम्बन्धी रहेको एक लाख पृष्ठको प्रतिवेदन अझै अप्रकाशित छन्। 

_x000D_ _x000D_

मध्य अमेरिकी देश ग्वाटेमालामा १९४४–५४ मा भएको आन्दोलनले अमेरिकी समर्थक जर्ज इविको नेतृत्वको तानाशाही सरकारलाई अपदस्थ गरिदियो र उनको ठाउँमा कम्युनिस्ट सरकारलाई आन्दोलनले स्थापित गर्‍यो। अमेरिकामा कार्यरत उसका सबै सुरक्षा संयन्त्रले ग्वाटेमालाको कम्युनिस्ट सरकारले आफैं अमेरिकालाई चुनौति दिन नसके पनि कम्युनिजम्का माध्यमबाट तत्कालीन सोभियत संघलाई निरुत्साहित गर्नुपर्ने निष्कर्ष निकाल्यो। 

_x000D_ _x000D_
_x000D_

अमेरिकी सरकारको एजेन्टका रुपमा अन्य देशमा काम गरी त्यहाँका नीतिनिर्मातालाई प्रभावमा पार्ने मानिसलाई पर्किन्सले आफ्नो पुस्तकमा आर्थिक हिटम्यानका रुपमा सम्बोधन गरेका छन्। 

_x000D_ _x000D_

 

_x000D_
_x000D_ _x000D_

सीआइएका प्रमुख, केन्द्रीय गुप्तचर निर्देशक वाल्टर बेडेल स्मिथले अमेरिकी सहयोग बिना ग्वाटेमालाको विपक्षीले सरकार विरुद्ध केही गर्न नसक्ने निष्कर्ष निकाल्दै अमेरिकाले ग्वाटेमालामाथि हस्तक्षेप गर्नुपर्ने सुझाव दिएपछि त्यहाँ पनि अमेरिकी आक्रमण भएको पर्किन्सले आफ्नो पुस्तकमा बताएका छन्।

_x000D_ _x000D_

दक्षिण अमेरिकी देश इक्वेडर लामो समयसम्म अमेरिका समर्थक तानाशाही शासकको हातमा थियो। प्रजातान्त्रिक शक्तिहरुले तानाशाही सरकारलाई विस्थापित गर्दै जेम्स रोल्डस् इक्वेडरका राष्ट्रपति नियुक्त भए। समाजिक सुधार गर्दै देशमा रहेको अमेरिकी प्रभाव निस्तेज गर्ने नारासहित सत्तासीन भएका रोल्डस्ले आफ्नो देशको स्रोत साधनलाई आफ्नै देशमा परिचालन गर्ने नीति अतिख्यार गरे। त्यसमा उनको देशले उत्पादन गर्ने कच्चा तेल पनि पथ्र्याे, जुन अमेरिकालाई मन परेन।

_x000D_ _x000D_

नीति परिवर्तन गर्न पर्किन्सलगायत अन्य आर्थिक हिटम्यानलाई इक्वेडर पठाएर रोल्डस्लाई मनाउने प्रयत्न अमेरिकाले गरेको उनको दाबी छ। यसका लागि रोल्डस्लाई फकाउने, आर्थिक प्रलोभनमा पार्ने लगायतका काम भएपनि उनी त्यसबाट प्रभावित नभएपछि अमेरिकाले उनको विमान दुर्घटनामा पारी हत्या गरेको पर्किन्सको आरोप छ। 

_x000D_ _x000D_

सीआइएले २०१४ मा सार्वजनिक गरेका ग्वाटेमाला सम्बन्धी प्रतिवेदनमा अमेरिकाले दक्षिण अमेरिका लगायत ग्वाटेमालालाई आफ्नो प्रभावमा लिन खोजेको बताएको छ। यद्यपि उक्त प्रतिवेदनले रोल्डस्को निधनको विषयमा केही बताएको छैन। इक्वेडरका महान्यायाधिवक्ताको कार्यालयले सन् १९८१ मा भएको आफ्नो राष्ट्रपतिको निधन योजनाबद्ध थियो या त्यो दूर्घटना नै हो भन्ने विषयमा अझै पनि छानबिन गर्दैछ। 

_x000D_ _x000D_

अमेरिकाबाट परिचालित आर्थिक हिटम्यानको प्रभावमा नपरेका रोल्डस्लाई अमेरिकाले हत्या गरेको विषयमा इक्वेडरमा आर्थिक हिटम्यान कार्यरत रहेको कुरामा आफूलाई कुनै शंका नभएको पर्किन्सले पुस्तकमा दाबी गरेका छन्।

_x000D_ _x000D_

सोही वर्ष अर्को दक्षिण अमेरिकी देश पनामाका राष्ट्रपति उमर टोरिजोसको पनि विमान दूर्घटनामा परी निधन भयो। रोल्डस्को निधन भएको दुई महिनापछि टोरिजोसको निधन भएको थियो। आफूले प्रभावमा पार्न खोजेपनि टोरिजोसलाई प्रभावमा पार्न नसकेको पर्किन्स बताउँछन्। मैले भेटेका मान्छे मध्ये टोरिजोन क्षमतावान् मानिस रहेको उनले बताएका छन्। इक्वेडर र पानामा दुबै देशका राष्ट्रपतिले अमेरिकाले ल्याटिन अमेरिकी क्षेत्रलाई समानताका आधारमा व्यवहार गर्नुपर्ने माग अमेरिका समक्ष गर्थे। 

_x000D_ _x000D_

_x000D_ _x000D_

टोरिजोसले अमेरिकाले नियन्त्रणमा लिएको आफ्नो ‘पनामा क्यानल’ फिर्ता ल्याउन तत्कालीन अमेरिकी राष्ट्रपति जिम्मी काटर्रसँग वार्ता गर्दै थिए। अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनका पालामा पनामा क्यानल अमेरिकाले आफ्नो नियन्त्रणमा लिएको थियो। यसरी अमेरिकी हित विरुद्ध अन्र्तराष्ट्रिय स्तरमा नै आवाज बुलन्द बनाउन थालेका पानामा राष्ट्रपतिलाई विमान अवतरण हुन केही क्षण मात्रै बाँकी हुँदा अप्रत्यासित विमान दुर्घटना गराई हत्या गरिएको पर्किन्सले लेखेका छन्।

_x000D_ _x000D_

अमेरिकाले १९५० को दशकदेखि पछिल्लो इराक युद्धसम्म आफ्ना आर्थिक हिटम्यानको प्रयोग गर्दै अन्र्तराष्टिय मञ्चमा आफ्नो अभीष्ट कसरी पूरा गर्न सकिन्छ भन्ने कुरामा मात्र अमेरिकाले जोड दिएको उल्लेख गरेका छन्। यसरी अमेरिकी प्रभाव बढाउन के कस्ता काम गर्दै आएको छ भन्ने कुरा आफ्नो पुस्तकमा लेखेका छन्।  

_x000D_ _x000D_

आफूजस्ता हिटम्यानले अन्य देशमा गराएका घटनामा आन्तरिक शक्तिको पनि मिलेमतो हुने पर्किन्सले बताएका छन्। यस्ता हिटम्यानको उपस्थिति दक्षिण एसियाली देशमा के छ भन्ने विषयमा पुस्तकमा केही नबताइए पनि नेपाल जस्तो आर्थिक प्रलोभनमा सजिलै बिक्ने नेतागण र नीतिनिर्माताहरु हिटम्यानको चङ्गुलमा परेका त छैनन्? 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०७५  १८:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमबीएस प्रश्नपत्र सार्वजनिक गर्ने आरोपमा एक जनाको नाम सार्वजनिक, सीआईबीको अनुसन्धान जारी
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका
सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु
सम्बन्धित सामग्री
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गर्दै भारतलाई खुला जेलजस्तै अवस्थामा पुर्‍याइन्। आखिर आपतकाल कसरी घोषणा भ... शनिबार, साउन ९, २०८३
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
ताजा समाचारसबै
एमबीएस प्रश्नपत्र सार्वजनिक गर्ने आरोपमा एक जनाको नाम सार्वजनिक, सीआईबीको अनुसन्धान जारी आइतबार, साउन १०, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा आइतबार, साउन १०, २०८३
सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु आइतबार, साउन १०, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कक्रोज जनता पार्टीको आन्दोलन समाप्त शनिबार, साउन ९, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
भारतमा धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी आइतबार, साउन १०, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्