काठमाडौं- घरेलु कामदारका रुपमा धेरैजसो महिला वैदेशिक रोजगारीमा जाने गरेका छन्। नेपालभित्रै घरेलु कामदारले राम्रै अवसर पाएपनि यो क्षेत्रमा काम गर्ने अधिकांश महिला खुला रुपमा भने कम मात्रै आउने गरेका छैनन्। आन्तरिक श्रम बजारमा घरेलु महिला कामदारले मसिक २५ देखि ३० हजार रुपैयाँसम्म कमाई हुने गरेको बताउँछन्।
_x000D_
_x000D_
सिन्धुलीकी सविता गौतम (नाम परिवर्तन) विगत ९ वर्षदेखि काठमाडौं माइतीघरमा घरेलु श्रमिकका रूपमा काम गर्दै आएकी छिन्। गौतमले कमाएको पैसा घर चलाउन र छोराछोरीको शिक्षादीक्षाका लागि खर्च गर्छिन्। गरिब र समयमा काममा नआउने भनेर रोजगारदाताले वचन लगाउँदा ‘गरिब भएर बाँच्नुभन्दा मर्नु निको’ जस्तो लाग्छ उनलाई।
_x000D_
_x000D_
‘अन्तरजातीय विवाह गरेका कारण परिवारबाट अपमानित भइयो। श्रीमान् अर्की श्रीमती ल्याएर भारत पस्यो’ उनले दुखेसो पोखिन्। काम गरेर छोराछोरी पढाउन पाउँदा अनि दुई–चार पैसा जम्मा गर्दा क्षणिक खुशी लागेपनि रोजगारदाता (मालिक)बाटै असुरक्षित हुनु परेको उनको गुनासो छ। घरभित्रको काम गरेर मसिक ३० हजारभन्दा धेरै कमाइ हुने गरेपनि कतिपय मालिकले अनावश्यक रुपमा शारीरिक तथा मानसिक दबाब दिने गरेको उनको भनाई छ।
_x000D_
_x000D_
दोलखाकी प्रमिला केसी (नाम परिवर्तन)ले १४ वर्षको उमेरदेखि घरेलु श्रमिकका रूपमा काम गर्दै आएकी रहिछन्। कापी कमल बोकेर विद्यालय जाने उमेरदेखि नै श्रम गर्दै आएकी केसी परिवारविहीन थिइन्। सुरु–सुरुमा घर मालिकले गाली गर्ने, पिट्ने गरेपनि अहिले घरेलु काममै रम्न थालेको उनले बताइन्। केसीले भनिन् ‘अरुका घरमा काम गरेर कमाएको पैसाले नै दैनिकी चल्छ। पेसा त ठीकै हो, बल र जोसजाँगर भएसम्म मात्र काम पाइन्छ। बिरामी भएको थाहा पायो भने मालिकले कामबाट निकालेर बिचल्लीमा पार्छन्। छोरी मान्छेलाई अरुको घरमा गएर एक्लै काम गर्न गाह्रो हुन्छ।’
_x000D_
_x000D_
_x000D_
रोजगारीका नाममा विदेशमा जोखिमपूर्ण काम गर्ने महिलाको उपयुक्त विकल्प घरेलु रोजगारी बन्न सक्छ। तर, घरेलु श्रमलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक देखिन्छ।
_x000D_
_x000D_
_x000D_
_x000D_
_x000D_
अहिले केसीको एउटा छोरा छ। उनले ज्यामी काम गर्ने एकजना पुरुषसँग विवाह गरेकी थिइन्। पेटमा बच्चा भएका बेला श्रीमान्ले नै साहुको बच्चा हो भनेर अस्वीकार गरेपछि घर–घरमा श्रम गरेर बच्चा पढाउने गरेको उनले बताइन्।
_x000D_
_x000D_
बिहान र बेलुका होस्टेलमा सरसफाइ र दिउँसो कपडा धुने, घर सफाइको काम गर्दै आएकी चितवनकी लिला चौधरी पनि उस्तै पीडा छ। काम गर्ने ठाँउमा असुरक्षित महसुस गर्छिन्, उनी पनि। चौधरी भन्छिन्, ‘छोरा मान्छे मात्र भएका ठाउँमा काम गर्न जानै अप्ठ्यारो हुन्छ। राम्रो नजरले हेर्दैनन्। खाना लगाउन नपुगेर काम गर्न आएकी भन्ने सोचेर त होला नि, दुर्व्यवहार समेत गर्छन्। चौधरीले पनि घरमा काम गरेर कमाएको पैसाले बुढीआमा र दाजुका दुईजना छोराछोरी पाल्ने गरेको बताइन्। बाढीले परिवार नै बगाएपछि यो जिम्मेवारी उनीमाथि आएको हो।
_x000D_
_x000D_
उपत्यकाभित्र मात्र करिब ४० हजार महिला घरेलु कामदारका रुपमा काम गर्ने गरेको सरकारको छ। यसरी काम गरिरहेका महिलाको पहिचान भने खुल्ने गरेको छैन।
_x000D_
_x000D_
श्रीमानबाटै पीडित घरेलु महिला कामदार
_x000D_
अघिकांश घरेलु महिला कामदार श्रीमान पीडित हुने गरेको विभिन्न संस्थाले गरेको अध्ययनमा उल्लेख छ। श्रीमान् पीडित हुने गरेको महिलाको सुरक्षाका लागि काम गर्दैै आएको शक्ति समूहले धेरैजसो श्रीमानपीडित महिला घरेलु कामदारका रुपमा आउने गरेको जानकारी दिएको छ।
_x000D_
_x000D_
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को तथ्यांकअनुसार विश्वभर झन्डै ५ करोड २६ लाख घरेलु श्रमिक रहेका छन्। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले गरेको एक अध्ययनअनुसार नेपालमा करीब ३ लाखको हारहारीमा घरेलु श्रमिक रहेका छन्। यसरी काम महिलाका सुरक्षा र व्यवस्थापन गर्ने विषयमा सरकारले खासै चासो नदिएको टे«ड युनियनको आरोप छ।
_x000D_
_x000D_
उपेक्षामा घरेलु रोजगारी
_x000D_
घरेलु श्रमलाई पनि नेपालमा युवा रोजगारीको महत्वपूर्ण पाटोका रूपमा लिने गरिएको छ। पेशाको रूपमा नहेरिनु, काम गर्ने समय तथा मासिक तलब नतोकिनु, स्वास्थ्य उपचारको व्यवस्था नहुनु र घरेलु श्रमसम्बन्धी कुनै नीतिगत व्यवस्था नुहँदा घरेलु श्रमिकले समस्या भोग्नुपरेको छ।
_x000D_
_x000D_
‘घरेलु श्रमिक हुँ’ भनेर त्यस्ता श्रमिक समाजमा खुलेर भन्न सकिरहेका छैनन् भने रोजगारदाताले पनि आफूलाई मन लागे काम र तलब दिने अन्यथा त्यसै फर्काइदिने गरेका छन्। रोजगारदाताको आर्थिक, सामाजिक र पारिवारिक जीवनको महत्वपूर्ण पाटो बन्न सक्ने घरेलु श्रमिकले अन्य पेशामा संलग्नलाई पनि सहयोग गरिरहेका छन्। तर रोजगारदाता र राज्यले यसलाई घरेलु कामदाका सम्बन्धमा खासै काम गर्न सकेको छैन।
_x000D_
_x000D_
नेपालमा पनि रोजगारीका प्रशस्त अवसरहरू रहेको पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले बताइन्। उनले भनिन्, ‘रोजगारीका नाममा विदेशमा जोखिमपूर्ण काम गर्ने महिलाको उपयुक्त विकल्प घरेलु रोजगारी बन्न सक्छ। तर, घरेलु श्रमलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक देखिन्छ।’
_x000D_
_x000D_
समूह नेपालले गरेको अध्ययन प्रतिवेदनले घरेलु श्रमलाई व्यवस्थित र पेशागत बनाउन स्थानीय तहमा घरेलु श्रमिकको सूचीकरणको व्यवस्था गरिनुपर्ने, घरेलु श्रमिक र रोजगारदाताबीच लिखित श्रम सम्झौता गर्ने र साप्ताहिक बिदा तथा दैनिक ८ घन्टा कामको व्यवस्था गरिनुपर्ने आवश्यकता औंल्याएको छ।
_x000D_
_x000D_
त्यस्तै, घरेलु श्रमसम्बन्धी नीतिगत व्यवस्था र उचित श्रम अभ्यासका सम्बन्धमा सचेतना कार्यक्रम संचालन गर्नुपर्ने, घरेलु श्रमिकलाई आधारभूत तालिम प्रदान गर्नुपर्ने र घरेलु श्रमिकलाई सामाजिक सुरक्षामा पहुँचका साथै करको दायरमा ल्याइनुपर्ने उक्त अध्ययनले सुझाव दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।