काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्सलाई ११० रनको फराकिलो अन्तरले हराएको छ । सनराइजर्सले दिएको २७९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता ८ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १६८ रनमा सीमित भएको हो ।
हैदरावादलाई शानदार जित दिलाउने क्रममा हेनरिक क्लासेनले अविजित रहँदै ३९ बलमा १०५ रनको विस्फोटक शतकीय पारी खेले । उनले ३७ बलमा शतक पुरा गरेका थिए । यो आईपीएलमा तेस्रो छिटो शतक हो ।
केलकाताका लागि मनिस पाण्डेले २३ बलमा ३७ तथा हर्षित रानाले २१ बलमा ३४ रन प्रहार गरे । सुनिल नारायणले १६ बलमा ३४ रन जोडे । हैदरावादका जयदेव उन्नाकदले चार ओभरमा २४ रन खर्चेर तीन, एसन मालिङ्गाले ३.४ ओभरमा ३१ रन खर्चेर तीन तथा हर्स दुबेले चार ओभरमा ३४ रन खर्चेर तीन विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले तीन विकेटको क्षतिमा २७८ रन जोडेको हो । क्लासेनका संगै ट्रेभिस हेडले ४० बलमा ७६ तथा अभिषेक शर्माले १६ बलमा ३२ रन जोडे । अङ्कित वर्माले अविजित रहँदै ६ बलमा १२ रन प्रहार गरे । भने इशान किसनले २० बलमा २९ रन जोडे ।
यो स्कोर आईपीएल इतिहासमा तेस्रो ठुलो स्कोर हो । गत सिजन हैदरावादले नै बंगलोरुविरुद्ध पाँच विकेटको क्षतिमा २८७ रन बनाएको थियो । यसै सिजनको सुरुवातमा हैदरावादले नै राजस्थान रोयल्ससँगको खेलमा ६ विकेटको क्षतिमा २८६ रन बनाएको थियो ।
जितपछि हैदरावादले १३ अङ्कसहित प्रतियोगिताको अन्त्य गरेको छ । हैदरावाद छैटौँ स्थानमा रहेको छ भने केलकाता १२ अङ्क सहित आठौँ स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।