लाहोर, पाकिस्तान – लाहोर कलन्दर्सले पाकिस्तान सुपर लिग (पिएसएल)को उपाधि जितेको छ । आईतबार राती भएको खेलमा क्वेटा ग्लेडिएटर्सलाई ६ विकेटले हराउँदै उपाधि चुमेको हो ।
लाहोरका लागि कुशल परेरा र सिकन्दर राजाको सानदार ब्याटिङ गरे । लाहोरका लागि फाइनलमा सबै भन्दा ठुलो रन पछ्याउँदै उपाधि हात पार्नका लागि अन्तिम तीन ओभरमा ४७ रन आवश्यक थियो । २०२ रनको लक्ष्य पाएको लाहोरले एक बल बाँकी रहँदा चार विकेटको क्षतिमा २०३ रन बनाउँदै उपाधि उचालेको हो ।
विजयी टोलीका लागि कुशल परेराले ३१ बलमा ६२ तथा राजाले ७ बलमा २२ रन प्रहार गरे । उनले फहिन अस्राफको अन्तिम २ बलमा १० रन प्रहार गर्दै खेलको अन्त्य गरेका थिए । सबै भन्दा रोमाञ्चक त उनी फाइनल खेलको टस अघि मात्र पाकिस्तानको जमिनमा पाइला टेकेका थिए ।
उनले टेन्ट ब्रिजमा जरी इङ्गल्यान्डसँगको टेस्टमा जिम्बाबेका लागि अर्धशतक प्रहार गरेको २४ घण्टा पनि भएको थिएन । त्यहीबाट उनी फाइनलका लागि पाकिस्तान पुगेका हुन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्वेटाले ९ विकेटको क्षतिमा २०१ रन बनाएको थियो । जसका लागि हसन नवाजले अविजित रहँदै ४३ बलमा ७६ रन जोडे । फहिन अस्राफले ८ बलमा २८ रन प्रहार गरे ।
कुशल परेरा फाइनल खेलका म्यान अफ द म्याच घोषित भए । यसैगरी हसन नवाज प्लेयर अफ द सिरिज घोषित भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।