काठमाडौं – नेपाल राष्ट्र बैंकको कायममुकायम गभर्नरको जिम्मेवारी निलम ढुंगानाले पाएकी छिन्।
वरिष्ठ डेपुटी गभर्नर रहेकी ढुंगानालाई उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन्।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उनलाई कायममुकायमको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले जनाएको छ।
राष्ट्र बैंकका गभर्नर पदबाट महाप्रसाद अधिकारीले गत शुक्रबार नै बिदा लिइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।