काठमाडौं–संवैधानिक परिषद् विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकले यो विधेयक सर्वसम्मतिमा पारित गरेको हो।
यो विधेयक १२ फागुन २०७९ मा प्रतिनिधिसभामा दर्ता भएको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विधेयक ल्याएका थिए।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिमा पास गरेर यो विधेयक सभामा १७ जेठ २०८१ मा पठाएको थियो।
सोमबार सभाले सर्वसम्मतिले पारित गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।