काठमाडौं – रोबर्ट लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाले स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा गिरोना माथि ४–१ को सानदार जित निकालेको छ ।
जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडमाथि तीन अङ्कको अग्रता कायम गरेको छ । गिरोनाका लाडिस्लाभ क्रेजेकीले गरेको आत्मघाती गोलका कारण बार्सिलोनाले पहिलो हाफमा अग्रता लिएको थियो । खेलको ५३ औँ मिनेटमा अनार्ट डन्जुमाले बराबरी गोल गरेका थिए ।
फ्रान्क डी जोङसँग सहकार्य गर्दै लेवान्डोस्कीले ६१ औँ मिनेटमा गोल गरे । ७७ औँ मिनेटमा उनले अर्को गोल गरे । सो गोल उनको यस सिजनको लिगको २५ औँ हो। फेरान टोरेसले थप गोल गरे ।
बार्सिलोनाले पछिल्ला ९ लिग खेलमा जित हात पारेको छ । स्पेनिस ला लिगाका आइतबार भएका अन्य खेलमा भिल्लारियलले गेटाफेलाई २–१ ले र रियल बेटिसले सेभियालाई २–१ ले हराए । भ्यालेन्सियाले मालोर्कासँगको खेलमा १–० को सफलता पायो । एथलेटिक क्लब र ओसासुनाबीचको खेलमा गोलरहित बराबरी भयो । तालिकामा बार्सिलानाको ६६ तथा रियल म्याड्रिडको ६३ अङ्क छ । एट्लेटिको म्याड्रिडको ५७ अङ्क छ भने एथलेटिक क्लबको ५३ अङ्क रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।