काठमाडौँ – शुक्रबार काठमाडौंमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेरसहित ४१ जनाविरुद्ध विभिन्न कसुरमा अनुसन्धान अगाडि बढाएको छ।
उनीहरुविरुद्ध राज्यविरुद्ध तथा संगठित अपराधमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ।
सबैमाथि अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको हो। राजावादीको हिंसात्मक प्रदर्शनपछि उनीहरु शुक्रबार र शनिबार पक्राउ परेका छन्।
पहिलो पटक म्याद थपिएका ४१ जनामध्ये ११ जनालाई तीन वटा कसुरमा अनुसन्धान अगाडि बढाइएको छ। राज्यविरुद्धको कसुर र संगठित अपराधमा उनीहरुलाई पहिलो सूचिमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।