काठमाडौं– राजावादी आन्दोलनपछि पक्राउ परेका स्वागत नेपाल छुटेका छन्।
उनलाई प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले हाजिरी जमानीमा छाडेको हो
उनलाई म्याद थप नगरी रिहा गरिएको हो। नेपाल संयुक्त जनआन्दोलन समितिका प्रवक्ता हुन्।
उनलाई प्रहरीद्वारा गत शुक्रबार आफ्नै ल फर्मबाट पक्राउ गरिएको थियो।
अघिपछि जे गरे पनि शुक्रबारको प्रदर्शन उत्तेजक बनाउनमा उनको कुनै भूमिका नदेखिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।उनलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।