उदयपुर–बेलका नगरपालिका–६ स्थित मुर्तीखोला इलाकाबाट सशस्त्र प्रहरीले करिब ८ सय ९१ किलो ४२३ ग्राम गाँजा बरामद गरेको छ।
बेवारिसे अवस्थामा लुकाई छिपाई राखेको ३९ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रामपुरको सुरक्षा फौजले बरामद गरेको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका हुन्।
बरामद गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकाय बुझाइएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।