काठमाडौं– तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ । तेस्रो संस्करणसम्म आइपुग्दा झापाले दोस्रो र बुटवलले तेस्रो संस्करण खेल्न लागेका हुन् ।
प्रतियोगितामा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी, र चितवन एफसी गरी सात टोली सहभागी छन् ।
हिजो सुरु भएको प्रतियोगितामा साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले २–२ गोलको बराबरी खेलेका छन् । पहिलो संस्करणको एनएसएल उपाधि काठमाडौं रेजर्सले जितेको थियो भने दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।