काठमाडौँ –स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल म्याड्रिडले लेगानेसलाई ३–२ गोल अन्तरले हराएको छ । रियलको जितमा केलियन एम्बाप्पेले दुई गोल गरे । यो जितपछि रियल र बार्सिलोनाको अङ्क बराबर भएको छ ।
फ्रान्सेली स्ट्राइकर एम्बाप्पेले खेलको ३२ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई उपयोग गर्दै गोल गरेका हुन् । त्यसको एक मिनेटपछि नै डिएगो गार्सियाले रियलको रक्षापक्तिको कमजोरीको फाइदा उठाउँदै बराबरी गोल गरेका थिए ।
खेलको ४१ औँ मिनेटमा डानी रबाले लेगानेसलाई अग्रता दिलाएको खेलमा ४७ औँ मिनेटमा जुड बेलिङघमले बराबरी गोल गरेका थिए । खेल सकिन १५ मिनेट बाँकी रहँदा प्राप्त फ्रिकिकलाई एम्बाप्पले निर्णायक गोलमा परिणत गरे । एम्बाप्पेको यो गोलसँगै लेगानेसलाई म्याड्रिडले ३–२ गोल अन्तरले हराएको हो ।
स्पेनिस ला लिगाका शनिबार भएका अन्य खेलमा रायो भल्कानोले डेपोर्टिभो अल्भासलाई २–० ले तथा रियल सोसिडाडले रियल भालाडोलिडलाई २–१ ले हराए । इस्पानियोल र एट्लेटिको म्याड्रिडको खेलमा १–१ गोलको बराबरी भयो ।
तालिकामा रियल म्याड्रिड र बार्सिलोनाको समान ६३ तथा एट्लेटिको म्याड्रिडको ५७ अङ्क छ । एथलेटिक बिलबाओको ५२ अङ्क रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।