काठमाडौँ–प्रहरीले शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कासहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले उनलाई शनिबार साँझ राजधानीको बालुवाटार क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीले सन्तोष राजावादीलाई पनि पक्राउ गरेको छ। शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए। यसअघि प्रहरीले सोही घटनामा १११ जनालाई पक्राउ गरिसकेको छ।
शुक्रबार नै १०५ जना पक्राउ परेकामा शनिबार थप ८ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासमेत छन्। थप दुई जना पक्राउ परेसँगै तीनकुने घटनामा प्रहरी हिरातमा पुग्नेको कुल संख्या ११३ जना पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।