काठमाडौं – पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ।
पत्रकार महासंघको आयोजनामा काठमाडौं माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो।
उनीहरुले हत्यारालाई पक्राउ गरी कडा भन्दा कडा कारबाहीकाे माग गरेका छन्।
एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको हिजो राजावादी समूहले गरेको आन्दोलनमा भिडिओ खिच्ने क्रममा घरभित्र जलेको अवस्थामा शव भेटिएको थियो।
कार्यकर्ताहरुले तिनकुनेको एक घरमा आगजनी गरेको थिए। सोही घरबाट भिडिओ खिचिरहेका रजकलाई गेटमा ताल्चा लगाइदिएर भित्रै थुनेका थिए। सोही क्रममा जलेर उनको मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।