काठमाडौं– राजावादी प्रदर्शनकारीले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा गरेको आगजनी दुई घन्टापछि नियन्त्रणमा आएको छ ।
महानगरका नगरप्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले चार वटा दमकल प्रयोग गरिएपछि उक्त आगो नियन्त्रणमा आएको बताए ।
‘झडप जारी छ । हामी भने आगो निभाउन दमकल परिचालन गरिरहेका छौं,’ उनले भने, ‘अहिले आगो लागेको ठाउँ भने नियन्त्रणमा आएको छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।