काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी जलेको छ।
शुक्रबार संसदको कामकारबाही सकेर घर फर्कने क्रममा बालकुमारीमा राजावादीहरुले गाडी जलाएका हुन।
भक्तपुरस्थित घर फर्किँदै गर्दा बालकुमारीस्थित सिसिआरसी कलेज अगाडि पुगेपछि राजावादी प्रदर्शनमा संलग्न भएका व्यक्तिहरूले रोकेर गाडी जलाइ दिएको परियारले जानकारी दिए।
उनले कफ्यु छली भित्री बाटो प्रयोग गरेर भक्तपुर जाँदै गर्दा आन्दोलनकारीहरुले गाडी रोकेर जलाएको बताए। परियार चढेको १३८२ नम्बरको गाडी जलाई दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।