रूपन्देही–रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले घुस प्रकरणमा पक्राउ गरेको छ।
प्रहरी चौकी दुर्गाैलिया रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)खड्का भन्सार चोरी तस्करी गर्न सहजीकरण गर्ने क्रममा रंगेहात अख्तियारको फन्दामा परेका हुन्।
३० हजार रुपियाँ नगद लिने क्रममा अख्तियारको टोलीले खड्कालाई पक्राउ गरेको हो। यस विषयमा थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ। खड्का प्रहरी चौकी दुर्गौलियाका इन्चार्ज समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।