काठमाडौं– कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा आज पनि काठमाडौंमा प्रदर्शन भएको छ।
महिला र पुरुषहरुको समूह नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि भेला भएर प्रदर्शन गरेको हो।
-1742977051.png)
-1742977054.png)
आज दिउँसो सरकारविरुद्ध नारा लगाउँदै एक टोली विद्युत् प्राधिकरणको कार्यालय अगाडि पुगेको थियो। सो टोलीका केही सदस्यहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रदर्शनका क्रममा केही बेर प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी नै परेको थियो।
विरोध प्रदर्शनलाई लक्षित गरी हिजोदेखि नै विद्युत् प्राधिकरण कार्यालय र काठमाडौंका विभिन्न चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ।
कुलमानलाई हटाउनु गलत भएको भन्दै सदन र सडकबाट सरकारको विरोध भइरहेको छ। आज प्रतिपक्षी दलहरुले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन्।
-1742977045.png)
-1742977045.png)
-1742977048.png)
सरकारले घिसिङको काम सन्तोषजनक नभएको ठहर गर्दै चैत ११ गते पदबाट हटाउने निर्णय गरेको थियो। घिसिङलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।