काठमाडौं– पूर्व मुख्यसचिव दामोदर गौतमको निधन भएको छ। उपचारको क्रममा मेडिसिटी अस्पतालमा गौतमको आज बिहान मृत्यु भएको हो।
८७ वर्षीय गौतमलाई कलेजोमा समस्या आएपछि अस्पतला भर्ना गरिएको थियो।
उनी २०४७ देखि २०४९ सालसम्म मुख्यसचिव भएका थिए। अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका गौतम अमेरिकाको राजदूतसमेत भएका थिए।
ललितपुरको लगनखेलमा बस्दै आएका गौतमले काठमाडौं विश्वविद्यालयको ऐन बनाउन भूमिका खेलेका थिए। रिटार्यड भएपछि उनले केयूमा विज्ञ प्राध्यापकको रुपमा दुई वर्ष पढाएका थिए।
उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।