काठमाडौँ – गोरखा भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्कीएका छन् । उनलाई काठमाडौँमा भव्य रुपमा स्वागत गरिएको छ ।
आइतबार साँझ सामाखुसी चोकमा उनको स्वागत गरिएको हो । गोरखाबाट फर्कँदा नुवाकोट शिवपुरी हुँदै काठमाडौँ फर्केका शाहलाई राजतन्त्रपक्षधर समूह शाही युवा शक्ति नेपालका कार्यकर्ताले स्वागत गरेका हुन् । गोरखामा पूर्वराजा शाहले गोरखकाली र गोरखनाथ तथा मनकामना मन्दिरमा पुजा गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।