काठमाडौँ –जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन कोशी प्रदेशको हिमाली क्षेत्रमा हलुका हिमपातको सम्भावना रहेको जनाएको छ।
महाशाखाले आज (आइतवार) आगामी ३ दिनको मौसम पूर्वानुमान गर्दै आइतवार रातिदेखि कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली भई १/२ ठाउँमा हलुका हिउँ पर्नसक्ने जनाएको हो।
महाशाखाका अनुसार आगामी ३ दिन मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम खासगरी सफा रहनेछ।
कोशी प्रदेशको हिमाली क्षेत्रमा भने सोमवार र मङ्गलवार दिउँसो बदली भई १/२ ठाउँमा हलुका हिउँ पर्नसक्ने सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।