दैलेख – दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका–६, का १८ वर्षीय गगन खड्का रहेका छन् ।
शनिबार साँझ गोठमा भैँसी बाँध्ने क्रममा नजिकै चट्याङ खसेर उनी घाइते भएका थिए । उपचारका क्रममा दुल्लु अस्पतालमा उनको मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ । उनी चैत्र १२ गते हुने विज्ञान विषयको मात्र एसइई ग्रेडबृद्धी परीक्षाको तयारी गरिरहेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।