काठमाडौं– सिरहाको औरही गाउँपालिका–५ मा दीपक मरिक डोमको घर भत्काएको अभियोगमा प्रहरीले गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवलाई पक्राउ गरेको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी लालमणि आचार्यका अनुसार उनीहरूलाई २ घण्टाअघि नियन्त्रणमा लिइएको हो ।
अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखिएको छ । पीडितबाट जाहेरी आए उनीहरूलाई सोही बमोजिम कारबाही प्रक्रिया अघि बढाइने डीआइजी आचार्यले जानकारी दिए ।
सोधपुछका लागि दुवैजनालाई सम्पर्क गरेर जिल्ला प्रहरी कार्यालयमा आउन भनिएको थियो । उनीहरू जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आएका छन् । उनीहरूलाई त्यहीँ नियन्त्रणमा राखिएको छ ।
पीडितले जाहेरी दिएको खण्डमा उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले बताएको छ । आगामी चैत १७ गतेबाट हुने विष्णु महायज्ञको लागि दीपक मरिक (डोम)को घर गत फागुन १० गते भत्काएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।