काठमाडौँ – जापान विश्वकप फुटबल २०२६ मा छनोट हुने पहिलो राष्ट्र बनेको छ । साइतामामा भएको एसिया–विश्वकप छनोट खेलमा जापानले बहराइनलाई २–० ले पराजित गरेको हो । यससँगै जापानले समूह ‘सी’ बाट तीन खेल खेल्नु अगाडि नै यो उपलब्धि पाएको छ ।
६० हजार दर्शकका माझ टोलीका लागि क्रिस्टल प्यालेसका दाइची कामादा र रियल सोसिडाडका ताकेफुसा कुबोले एक–एक गोल गरे । समूह ‘सी’ बाट दोस्रो टोलीको विश्वकपमा पुग्ने सम्भावना अस्ट्रेलियाको छ । जापानभन्दा अस्ट्रेलिया ९ अंकले पछाडि छ ।
जापानको १९ र अस्ट्रेलियाको आयोजक देशका रूपमा क्यानडा, मेक्सिको र अमेरिकाले भने स्वतः विश्वकप खेल्नेछन् । एसियाबाट अबको विश्वकपमा ८ टिमले खेल्ने पाउनेछ । प्रतियोगितामा कुल ४८ टिमको सहभागिता रहनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।