काठमाडौँ –दक्षिण अमेरिकी विश्वकप छनोटमा कोलम्बियाविरुद्ध ब्राजिलले २–१ को रोमाञ्चक जित निकालेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलको जितमा राफिन्हा र भिनिसियस जुनियरले एक/एक गोल गरे ।
कोलम्बियाका लागि लुइस डियाजले एक गोल फर्काए । खेलमा राफिन्हाले छैटौँ मिनेटमार्फत ब्राजिललाई अग्रता दिलाए । यद्यपि ब्राजिलको अग्रता कोलम्बियाले पहिलो हाफमै तोड्यो ।
४१औँ मिनेटमा जेम्स रोड्रिगेजको पासमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई १–१ को बराबरीमा फर्काए । दोस्रो हाफको इन्जुरी समयको नवौँ मिनेटमा राफिन्हाको क्रसमा भिनिसियसले गोल गर्दै ब्राजिललाई २–१ को रोमाञ्चक जित दिलाए ।
जारी विश्वकप छनोटमा ब्राजिलको यो छैटौँ जित हो । उसले १३ म्याच खेल्दा ६ मा जित, तीनमा बराबरी तथा चार खेलमा हार बेहोरेको छ । ब्राजिल २१ अंकसहित दोस्रो स्थानमा छ । समान खेल खेलेको कोलम्बिया पाँचमा जित, चारमा बराबरी र तीनमा हारसहित १९ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।
अहिलेसम्म तालिकाको शीर्ष स्थानमा अर्जेन्टिना छ । उसको १२ खेलबाट २५ अंक छ । अर्जेन्टिनाले १३औँ खेलमा शनिबार बिहान उरुग्वेको सामना गर्नेछ । दक्षिण अमेरिकाबाट ६ टोलीले विश्वकपमा स्थान बनाउने छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।