धनगढी – प्रहरीले चरेशसहित एक महिलालाई धनगढीबाट पक्राउ गरेको छ । कैलालीको गोदावरी नगरपालिका–९ बिजुलियाबाट उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बझाङको केदारस्यु गाउँपालिका घर भई हाल गोदावरी नगरपालिका–९ बिजुलिया बस्ने ४५ वर्षकी महिला गौरी गुरुधामी रहेकी छन् ।
गुरुधामीलाई २५० ग्राम चरेशसहित वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हाे । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।