काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह यसैसाता मनकामना दर्शनका लागि गोरखा जाने भएका छन् ।
शाहका संवाद सचिव डा. फणिराज पाठकले आज एक सूचना जारी गर्दै शाह यसैसाता गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजाअर्चनाका लागि जान लागेको जानकारी दिएका छन् ।
यसअघि पनि शाहले पूर्वी नेपालका विभिन्न शक्ति पीठहरूको दर्शन गरेका थिए । शाह पोखरामा एक महिना लामो बसाइ बसेर माघ २५ गते काठमाडौं फर्किँदा समर्थकहरुले भव्य रुपमा स्वागत गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।